‘२१ बुँदे कार्ययोजना घोषणा गरेपछि शेयर बजारमा उत्साह’
काठमाण्डाै । शेयर बजार लगातार तेस्रो कारोबार दिन बढेको छ । शेयर बजार परिसूचक नेप्से आज (मंगलबार) ४८.५७ अङ्कले बढेर २ हजार ६३३.६२ विन्दुमा पुगेको छ । आज सबै समूहको उपसूचक बढेकोमा लगानी, बीमा समूह साढे २ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ । आज २६५ वटा कम्पनीको शेयर बढेकोमा १२ वटाको घटेको छ । यस्तै मोदी इनर्जीको शेयर भने घटबढ भएको छैन ।
आज धौलागिरि लघुवित्तको शेयर १५ प्रतिशतले बढेको छ । बजार उच्च अङ्कले उकालो लागेको दिन एभरेस्ट बैंकको डिबेन्चर साढे ५ प्रतिशतले घटेको छ । आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । हिजो ४ अर्ब ६८ करोडको कारोबार भएकोमा आज ३४७ वटा कम्पनीको २ करोड ३ लाख कित्ता शेयर ८ अर्ब २९ करोड रुपैयाँमा किनबेच भएको छ ।
यो कारोबार रकम २ महिनायताकै उच्च हो । यसअघि असार ३० गते ८ अर्ब ४१ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको थियो । अर्थ मन्त्रालयले पूँजीबजार सुधारका लागि २१ बुँदे कार्ययोजना घोषणा गरेपछि शेयर बजारमा उत्साह देखिएको हो । कार्ययोजनाले बजारको संरचनागत सुधार, लगानीकर्ताको हित संरक्षण तथा पूँजीबजारलाई थप व्यवस्थित र प्रभावकारी बनाउने विषय समेटेको छ ।
Comments
अरु समाचार
-
उपत्यकाबाहिर यात्रुवाहक साधनलाई विशेष प्राथमिकता, रोकिएको दर्ता खुला
काठमाडौं । यातायात व्यवस्था विभागले काठमाडौं उपत्यकाबाहिर सार्वजनिक यात्रुवाहक सवारी साधनको रोकिएको दर्ता खुला गरेको छ । असोज १ गतेदेखि...
-
वाणिज्य बैंकहरूले असोज महिनाका लागि घटाए मुद्दति निक्षेपको ब्याजदर, कुन बैंकको ब्याजदर कति ?
काठमाडौं। वाणिज्य बैंकहरूले असोज महिनाका लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका छन्। बैंकिङ प्रणालीमा अधिक तरलता र कर्जाको माग कमजोर रहँदा...
-
सरुवा भएका कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन निर्देशन
काठमाडौं। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन...
-
प्रधानमन्त्री उद्धार कोषमा अहिलेसम्म १४ अर्ब दुई करोड ७३ लाख रुपियाँ जम्मा
काठमाडौँ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्ब दुई करोड ७३ लाख २९ हजार ७७७ रुपियाँ जम्मा भएको छ ।...
-
आज न्याय सेवा आयोगको बैठकः सर्वोच्चका रजिष्ट्रार र न्याय परिषद्का सचिव सिफारिस गर्ने तयारी
काठमाडौं । न्याय सेवा आयोगको बैठक आज (मंगलबार) बस्दैछ । हाल सर्वोच्चका रजिष्ट्रार र न्याय परिषद्को सचिव पद तीन महिनादेखि...
-
बाढीमा ज्यान गुमाएका १३ सय ९५ को शव फेला, पाँच हजार अझै सम्पर्कविहीन
काठमाडौँ । भोटेकोशी बाढीमा परी हालसम्म एक हजार ३९५ जनाको शव फेलापरेको छ भने पाँच हजार १३० जना अझै सम्पर्कविहीन...
-
जलस्रोत तथा ऊर्जा विज्ञ बटु लामिछाने नेपाल उद्योग वाणिज्य महासंघको उर्जा समिति सभापतिमा मनोनीत
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को ऊर्जा समिति सभापतिमा जलस्रोत तथा ऊर्जा क्षेत्रका विज्ञ बटु लामिछाने मनोनीत भएका...
-
एआई जोखिमलाई ‘हौवा’ मान्छन् ट्रम्प
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कृत्रिम बौद्धिकता (एआई)बाट उत्पन्न हुन सक्ने जोखिमसम्बन्धी चेतावनीलाई अस्वीकार गर्दै त्यसलाई चीनसँगको प्राविधिक प्रतिस्पर्धाबीच...
-
आज हरितालिका तीज: पशुपतिनाथमा बिहानैदेखि व्रतालुको घुइँचो
काठमाडौँ । हिन्दुको महान् चाड हरितालिका तिज आइतबार दर खाएर सुरु भएको छ। महिला दिदीबहिनीले आइतबार दर खाने र सोमबार...












