८५ वर्षीया नवनीतम नावी पिल्लेलाई नोबेल शान्ति पुरस्कार, मानवअधिकार र न्यायका लागि जीवनभरको संघर्षको सम्मान
काठमाडौं । यस वर्षको नोबेल शान्ति पुरस्कार नवनीतम नावी पिल्लेलाई पुरस्कृत गर्ने निर्णय गरेको छ। उनलाई शान्ति र अन्तर्राष्ट्रिय कानुन प्रवर्धन गर्ने प्रयासका लागि सम्मानित गर्न लागिएको नोबेल पुरस्कार समितिले जनाएको छ।
उनको जन्म भारतीय मूलको तमिल परिवारमा दक्षिण अफ्रिकामा भएको थियो। उनी उक्त पुरस्कारबाट सम्मानित हुने एक्काइसौँ महिला हुन्। अहिलेसम्म ११३ व्यक्ति र ३१ वटा संस्था नोबेल शान्ति पुरस्कारबाट पुरस्कृत भएका छन्। सन् १९०१ देखि अहिलेसम्म १०७ पटक यो पुरस्कार घोषणा भएको छ।
नोबेल पुरस्कार समितिका अनुसार पिल्लेले अन्तर्राष्ट्रिय कानुनको दायरा र प्रभावलाई उल्लेखनीय रूपमा विस्तार गरेकी छन्। उनले दक्षिण अफ्रिकाको उच्च अदालत, रुवान्डाका लागि अन्तर्राष्ट्रिय आपराधिक न्यायाधिकरण र अन्तर्राष्ट्रिय आपराधिक अदालत ९आईसीसी० मा न्यायाधीशका रूपमा सेवा गरिसकेकी छन्।
उनी संयुक्त राष्ट्रसङ्घीय मानवाधिकार उच्चायुक्त थिइन्। केही समयअघिसम्म उनी कब्जा गरिएको प्यालेस्टिनी भूभागसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय स्वतन्त्र अन्तर्राष्ट्रिय छानबिन आयोगको अध्यक्ष थिइन्। अहिले उनी म्यान्मारमाथि नरसंहारको आरोप लागेको मुद्दामा अन्तर्राष्ट्रिय न्याय अदालत ९आईसीजी० मा न्यायाधीशको रूपमा कार्यरत छिन्।
राष्ट्रसङ्घीय मानवाधिकार उच्चायुक्त हुँदा पिल्लेले सन् २००९ मा नेपालको पनि भ्रमण गरेकी थिइन्।
नेपालमा उनले तात्कालिक राष्ट्रपति रामवरण यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, नागरिक समाजका अगुवाहरू र सशस्त्र द्वन्द्वका क्रममा मारिएका केही मानिसका परिवारसँग भेटघाट गरेकी थिइन्।
त्यसपछि उनले सशस्त्र द्वन्द्वका बेला र त्यसपछि पनि नेपालमा मानवाधिकारको गम्भीर उल्लङ्घन भएको भन्दै अन्तर्राष्ट्रिय कानुनअनुसार पीडित परिवारहरूलाई सत्य र न्याय दिनुपर्ने जिम्मेवारी राज्यको भएको औँल्याएकी थिइन्।
पिल्ले अहिले उनी ८५ वर्षकी भइन्। उनी सन् १९६७ मा दक्षिण अफ्रिकाको नट्याल प्रान्तमा कानुन व्यवसाय सुरु गर्ने प्रथम महिला हुन्। दक्षिण अफ्रिकाको डर्बनमा बसोबास गर्ने बस चालककी छोरी पिल्ले रङ्गभेदको युगमा हुर्किन्। उनी त्यही बेलादेखि मानवाधिकारको क्षेत्रमा सक्रिय भइन्।
उनी दक्षिण अफ्रिकामा आफ्नै कानुन व्यवसाय सञ्चालन गर्ने उच्च अदालतको न्यायाधीश नियुक्त हुने प्रथम गैरश्वेत महिला हुन्। रङ्गभेदका धेरै विरोधीहरूको पक्षमा वकालत गरेपछि पिल्लेलाई संयुक्त राष्ट्रसङ्घीय महासभाले रुवान्डाका लागि अन्तर्राष्ट्रिय आपराधिक न्यायाधिकरणको न्यायाधीशमा निर्वाचित गरेको थियो।
उनले अध्यक्षका रूपमा चार वर्षसहित उक्त न्यायाधिकरणमा कुल आठ वर्ष काम गरिन्। पिल्लेलाई नोबेल शान्ति पुरस्कार जितेकोमा बधाई दिँदै युरोपेली आयोगकी अध्यक्ष उर्सुला फोन डेर लेयेनले पिल्लेले ‘अन्यायको क्रूरतालाई प्रत्यक्ष सामना गरेको तर कहिल्यै पछि नहटेकोू’बताएकी छन्।
सामाजिक सञ्जाल ुएक्सुमा लेख्दै उनले पिल्लेले जस्तै ‘न्याय, शान्ति र मानवीय मर्यादा’ का लागि जीवन समर्पित गर्ने मानिसहरू विरलै हुने जनाएकी छन्। ‘अहिलेको विश्वलाई न्यायको झन् बढी आवश्यकता परेको बेलामा उनको साहस र नैतिक स्पष्टता एउटा अमूल्य मार्गदर्शन हो’, उनले भनेकी छन्।
news source: bbc.com/nepali
Comments
अरु समाचार
-
एमाले बैठकका सात निर्णय, मङ्सिरको पहिलो साता राष्ट्रिय भेला
काठमाडौं । नेकपा एमालेले आगामी मङ्सिर पहिलो साता राष्ट्रिय भेला गर्नेसहित सात वटा निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा...
-
परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता, नेपालको जलवायु संवेदनशीलतालाई अन्तर्राष्ट्रियकरण
काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनाल फिजी र टुभालुमा आयोजित जलवायु परिवर्तनसम्बन्धी उच्चस्तरीय ‘प्रि–कोप लिडर्स इभेन्ट’ मा सहभागी हुनुका साथै अस्ट्रेलियाको औपचारिक...
-
ट्रम्प-पुटिन डिजेल सम्झौताको भोलिपल्टै रुसले युक्रेनमा किन गर्यो आक्रमण ?
किएभ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच डिजेल सम्झौताको भोलिपल्टै रुसले युक्रेनमा आक्रमण गरेको छ । अमेरिकी...
-
कांग्रेस सभापतिमा निर्वाचित गगन थापाले कति ल्याए भोट ?
काठमाडौं, असोज २४ गते । नेपाली कांग्रेसको केन्द्रीय सभापतिमा गगनकुमार थापा निर्वाचित भएका छन् । नेपाली कांग्रेसको विधान, २०१७ (एघारौँ...
-
दशैंमा घर जानेहरुका लागि आजदेखि अग्रिम टिकट बुकिङ खुला
काठमाडौं । दशैंमा घर जानेहरुका लागि सरकारले आजदेखि अग्रिम टिकट बुकिङ खुला गरेको छ । टिकट छिटो पाइने आशमा युवाहरु...
-
आजका लागि विदेशी मुद्राको विनिमयदर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
कांग्रेस इतर समूहको पनि सक्रियता बढ्यो, दशैंअघिसम्म क्षेत्रीय अधिवेशन सकिने
काठमाडौं। संस्थापन पक्ष १५ औं महाधिवेशनमा जुटिरहेका बेला नेपाली कांग्रेसको इतर समूहले पनि अलग्गै महाधिवेशनको प्रक्रिया तीव्र पारेको छ। पूर्वसभापति...
-
‘थुनामा रहेका व्यक्तिहरुको अधिकार र कानूनले गरेको व्यवस्थाहरु’
अधिवक्ता यामु रामदाम\ कानुनी शब्दकोश र कारागार ऐन,२०७९ अनुसार , थुनुवा भन्नाले कुनै कसूरको अनुसन्धानको सिलसिलामा वा पुर्पक्षका लागि न्यायिक...
-
मन्त्रिपरिषद् बैठक: विभिन्न अध्यादेश ल्याउन राष्ट्रपतिसमक्ष सिफारिस गर्नेदेखि उच्च तहका कर्मचारीको पदस्थापनसम्मका निर्णय
काठमाडौं । मन्त्रिपरिषद्को बैठकले विभिन्न अध्यादेश ल्याउन राष्ट्रपतिसमक्ष सिफारिस गर्नेदेखि उच्च तहका कर्मचारीको पदस्थापनसम्मका निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...












