विद्यार्थी राजनीतिको औचित्य र स्ववियुको सन्दर्भ
यस भन्दा अगाडिका स्ववियु निर्वाचनको माहोललाई नियाल्ने हो भने आगामी फागुन १४ मा स्ववियु निर्वाचन हुने स्थिति देखिँदैन । पहिले–पहिले प्रायः तोकिएकै समयमा निर्वाचन हुने गथ्र्यो । तर, पछिल्लो पटक विभिन्न समयमा घोषणा हुँदै आएको स्ववियु निर्वाचन सर्दैसर्दै आएको हुँदा विद्यार्थीहरूमा फेरि पनि चुनाव हुन्छ कि हुन्न भन्ने दुविधा बढेको हुन सक्छ । जसले गर्दा उनीहरूमा उत्साह सेलाउदै गएको हुन सक्छ ।
विगतमा स्ववियु निर्वाचन आउनुभन्दा झण्डै ५/६ महिना अगाडिदेखि क्याम्पसहरूमा छुट्टै खालको चहलपहल हुने गथ्र्यो । तर, अहिले जम्मा एक महिना मात्र बाँकी रहँदासम्म पनि मुख्य मुख्य क्याम्पसहरू सुनसान नै देखिएका छन् । सम्बन्धित क्षेत्रका अधिकारीहरू क्याम्पसको अवस्था सुनसान हुनुमा सेमेस्टर प्रणालीलाई मुख्य कारक मान्छन् । सेमेस्टर प्रणालीमा अनिवार्य रुपमा उपस्थित भएर हाजिरी जनाउनु पर्ने हुँदा राजनीति गर्ने भन्दा पनि पढाइमा लगाब राख्ने विद्यार्थीहरू क्याम्पसमा उपस्थित हुने गर्छन् उनिहरुलाई राजनीतिमा खासै चासो हुँदैन । जसले गर्दा चुनावी माहोल नबन्नु स्वभाविकै हो ।
अहिले देशका सबै क्याम्पसहरूमा सेमेस्टर प्रणाली लागू भइसकेको छैन तर सेमेस्टर प्रणाली लागू नभएका क्याम्पसहरूमा पनि निर्वाचनको माहोल बनेको छैन अनि त्यहाँ पनि सेमेस्टरलाई दोष देखाउन पाइन्छ ? त्रिभुवन विश्वविद्यालयले निर्वान गराउने ज्ञारेन्टी लिन नसक्नु, निर्वानचन तालिका सार्वजनिक गर्नु नसक्नु, विद्यार्थी सङ्गठनमा उमेर हदबन्दी लागू हुनु जस्ता कारणले गर्दा अझै निर्वान हुन्छ कि हुन्न भन्ने दुविधा नै प्रमुख कारक हो । यता सरकारले स्थानीय तहको निर्वाचनको कुरा गरिरहँदा थोरै मात्रामा त्यसको प्रभाव पनि परेको हुन सक्छ किनकी माउ पार्टीका नेताहरूले भातृसङ्गठनलाई चुनावी माहोल बनाउन गाउँगाउँमा खटाएको पनि बुझ्न सकिन्छ ।
अर्कोतर्फ विद्यार्थी संगठनहरु क्याम्पसमा रमिते मात्र भएर बसेको जस्तो लाग्छ । कस्तो कहाली लाग्दोसम्मको अवस्था छ भने लेडिज ट्वाईलेटमा महिनावारी हुँदा प्रयोग गर्ने प्याड फाल्नका लागि डस्टविन छैन । क्यान्टिनमा स्वाच्छ खाने पानी वा तातो पानी किनेर खान पनि पाईंदैन । कुनै पनि विद्यार्थी संगठनका नेताले वर्ष भरी कक्षा कोठामा गएर तपाईंका समस्या के छन् भनेर विनम्र भएर साधेको सुनिएन । उनीहरु केटा छन् भने क्यान्टिनमा बसेर चुरोट उडाउँछन् । नेपालमा सार्वजानिक स्थलमा चुरोट पिउन नहुने कानुन छ, भन्ने हेक्का उनी हरुलाई हुँदैन । स्ववियुका महिला पदाधिकारीहरु कलेज नै आउँदैनन् । कलेजमा राम्ररी नपढाउने, समयमा नपढाउने प्राध्यापकको विरोध त उनीहरु गर्दैगर्दैनन् । किन कि राम्ररी नपढाउने प्राध्यापकहरु उनीहरु कै पार्टीका सदस्य हुन्छन् । नपढाउने प्राध्यापकले आफ्नै कलेज खोलेका छन् । जसले विद्यार्थी संगठनलाई चर्को चन्दा दिएका हुन्छन् । यसरी कुनै सकारात्मक कामको विषय नभए पछिवक्ताले आफ्नो सबै समय अर्को विधार्थी संगठनको विरोधमा विताउँछ ।
पछिल्ला वर्षहरुमा प्रमुख विधार्थी संगठनहरु ‘अनेरास्ववियु, नेविसंघ र क्रान्तिकारी’ आफ्नै आन्तरिक कलहमा छन् । हरेक संगठनको नेताको बरु प्रतिस्पर्धी संगठनको नेतासँग सौहार्द सम्बन्ध छ । तर, आफ्नै संगठनका साथीहरु उसका ज्यानी दुस्मन छन् । अर्को प्रतिस्पर्धी विद्यार्थी संगठन भन्दा आफ्नो संगठनले विगत तीन वर्षमा विद्यार्थीहरुको हक, सामाजिक आन्दोलनमा संगठनात्मक रुपमा गरेका रचनात्कम कार्यक्रमहरुको लिस्ट कुनै विद्यार्थी संगठनसँग पनि छैन । किन कि विगत तिन वर्षमा स्ववियुमा रहेका नेताले सामाजिक आन्दोलनमा कुनै योगदान नै गरेका छैनन् ।
आफ्नो पार्टी, त्यो भित्र पनि आफ्नो गुट र आफ्नो गुट भित्र पनि आफूलाई कतिनाफा घाटा हुन्छ भनेर मात्र विद्यार्थी संगठन र स्ववियुका नेताहरु लागेको अहिलेको हाम्रो समाजको नाङ्गो यथार्थ हो । स्ववियुका नेताहरु अपराधिक समुहहरुसँग नजिकको सम्बन्ध राख्ने अहिलेको आम फेशनको विषय बनेको छ । यस्तो लाग्छ कि अपराधिक क्रियाकलापमा संलग्नहरुसँग हिमचिम नबढाए, उनिहरु जेल परेको बेलामा नछुटाए कोही विद्यार्थी नेता नै हुन सकिँदैन ।
नेता भनेको योजना, नीति र आन्दोलनले स्थापित गर्ने हो । देशको अवस्था दिन दिन विग्रदै गईरहेको छ । सामाजिक आन्दोलनको वाहक यदि विद्यार्थी संगठनहरु हौं भनेर दावी गर्ने हो भने, के अहिलेको यो अन्योल कम गर्ने आन्दोलनको बाहक विद्यार्थी संगठन हुनु पर्दैन ? आफुले नेतृत्व गरेको वर्गको असफल असफलताले उनीहरुलाई छुँदैन ? यसरी कलिला दिमागहरुलाई तिमीहरु असफल हौ भनेर राज्यले नै घोषणा गरिदिने नीतिलाई परिवर्तन गर्ने आन्दोलनको नेतृत्व विद्यार्थी संगठनले गर्नु पर्दैन ? अहिलेको स्ववियु निर्वाचनको तयारी गर्दा देखाएको रवैया नै विद्यार्थी नेताहरुले फेरि दोहो¥याए भने उनीहरु कहिल्यै कुनै ठाउँमा नेतृत्व गर्न लायक रहने छैनन् । त्यसैले बेलैमा सच्चिने र सचेत हुनु जरुरी छ ।
Comments
अरु समाचार
-
निर्वाचन आयोगले निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन राष्ट्रपतिलाई बुझाउँदै
काठमाडौँ । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन निर्वाचन आयोगले आज राष्ट्रपति रामचन्द्र...
-
कांग्रेस सभापति गगन थापाले दिए राजीनामा, शुक्रबार बोलाइयो केन्द्रीय कार्यसमिति बैठक
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राजीनामा दिएका छन् । गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका...
-
प्रधानमन्त्री कार्कीले पशुपतिनाथमा गरिन् ‘धन्यवाद पूजा’
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज बिहान पशुपतिनाथको दर्शन गरी रुद्राभिषेक पूजा गरेकी छन् । निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएपछि...
-
पार्टीका नवनिर्वाचित सांसदहरुलाई आज सभापति रवि लामिछानेले सम्बोधन गर्ने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सांसदहरुका लागि जारी आवासीय अभिमुखीकरणमा आज सभापति रवि लामिछानेले सम्बोधन गर्ने भएका छन्...
-
समानुपातिकतर्फका उम्मेदवारलाई भाेलि प्रमाणपत्र दिइने
काठमाडौं । निर्वाचन आयोगले यही चैत ५ गते समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएका उम्मेदवारलाई प्रमाणपत्र वितरण गर्ने भएको छ ।...
-
राष्ट्रिय सभा अध्यक्ष दाहालसँग नवनियुक्त चिनियाँ राजदूत चाङको शिष्टाचार भेट
काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चाङ माओमिङले शिष्टाचार भेट गर्नुभएको छ । सिंहदरबारस्थित...
-
कांग्रेस विशेष महाधिवेशनबाट निर्वाचित समितिको विवरण संविधान एवं कानुनअनुसार अद्यावधिक गरिएको हो : निर्वाचन आयोग
काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिका पदाधिकारी एवं सदस्यहरूको विवरण आयोगको अभिलेखमा अद्यावधिक गर्दा नेपालको...
-
निर्वाचन आयोगले सार्वजनिक गर्यो समानुपातिकतर्फ निर्वाचित ११० सांसदको नामावली (सूचीसहित)
काठमाडौं । निर्वाचन आयोगले समानुपातिकतर्फका ११० सांसद निर्वाचित भएको घोषणा गरेको छ। प्रतिनिधि सभाको निर्वाचनमा पाएको मतका आधारमा दलहरूले समानुपातिक...
-
न्यायाधीश पाखरेलले स्वार्थ बाझिने रवि लामिछानेको मुद्धा हेर्न किन गरे जोड ?
काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीश सुनिल पोखरेलले स्वार्थ बाझिने रवि लामिछानेको मुद्धा हेर्न जोड दिएका छन् । न्यायाधीश पाखरेलले स्वार्थ...












