विद्यार्थी राजनीतिको औचित्य र स्ववियुको सन्दर्भ
यस भन्दा अगाडिका स्ववियु निर्वाचनको माहोललाई नियाल्ने हो भने आगामी फागुन १४ मा स्ववियु निर्वाचन हुने स्थिति देखिँदैन । पहिले–पहिले प्रायः तोकिएकै समयमा निर्वाचन हुने गथ्र्यो । तर, पछिल्लो पटक विभिन्न समयमा घोषणा हुँदै आएको स्ववियु निर्वाचन सर्दैसर्दै आएको हुँदा विद्यार्थीहरूमा फेरि पनि चुनाव हुन्छ कि हुन्न भन्ने दुविधा बढेको हुन सक्छ । जसले गर्दा उनीहरूमा उत्साह सेलाउदै गएको हुन सक्छ ।
विगतमा स्ववियु निर्वाचन आउनुभन्दा झण्डै ५/६ महिना अगाडिदेखि क्याम्पसहरूमा छुट्टै खालको चहलपहल हुने गथ्र्यो । तर, अहिले जम्मा एक महिना मात्र बाँकी रहँदासम्म पनि मुख्य मुख्य क्याम्पसहरू सुनसान नै देखिएका छन् । सम्बन्धित क्षेत्रका अधिकारीहरू क्याम्पसको अवस्था सुनसान हुनुमा सेमेस्टर प्रणालीलाई मुख्य कारक मान्छन् । सेमेस्टर प्रणालीमा अनिवार्य रुपमा उपस्थित भएर हाजिरी जनाउनु पर्ने हुँदा राजनीति गर्ने भन्दा पनि पढाइमा लगाब राख्ने विद्यार्थीहरू क्याम्पसमा उपस्थित हुने गर्छन् उनिहरुलाई राजनीतिमा खासै चासो हुँदैन । जसले गर्दा चुनावी माहोल नबन्नु स्वभाविकै हो ।
अहिले देशका सबै क्याम्पसहरूमा सेमेस्टर प्रणाली लागू भइसकेको छैन तर सेमेस्टर प्रणाली लागू नभएका क्याम्पसहरूमा पनि निर्वाचनको माहोल बनेको छैन अनि त्यहाँ पनि सेमेस्टरलाई दोष देखाउन पाइन्छ ? त्रिभुवन विश्वविद्यालयले निर्वान गराउने ज्ञारेन्टी लिन नसक्नु, निर्वानचन तालिका सार्वजनिक गर्नु नसक्नु, विद्यार्थी सङ्गठनमा उमेर हदबन्दी लागू हुनु जस्ता कारणले गर्दा अझै निर्वान हुन्छ कि हुन्न भन्ने दुविधा नै प्रमुख कारक हो । यता सरकारले स्थानीय तहको निर्वाचनको कुरा गरिरहँदा थोरै मात्रामा त्यसको प्रभाव पनि परेको हुन सक्छ किनकी माउ पार्टीका नेताहरूले भातृसङ्गठनलाई चुनावी माहोल बनाउन गाउँगाउँमा खटाएको पनि बुझ्न सकिन्छ ।
अर्कोतर्फ विद्यार्थी संगठनहरु क्याम्पसमा रमिते मात्र भएर बसेको जस्तो लाग्छ । कस्तो कहाली लाग्दोसम्मको अवस्था छ भने लेडिज ट्वाईलेटमा महिनावारी हुँदा प्रयोग गर्ने प्याड फाल्नका लागि डस्टविन छैन । क्यान्टिनमा स्वाच्छ खाने पानी वा तातो पानी किनेर खान पनि पाईंदैन । कुनै पनि विद्यार्थी संगठनका नेताले वर्ष भरी कक्षा कोठामा गएर तपाईंका समस्या के छन् भनेर विनम्र भएर साधेको सुनिएन । उनीहरु केटा छन् भने क्यान्टिनमा बसेर चुरोट उडाउँछन् । नेपालमा सार्वजानिक स्थलमा चुरोट पिउन नहुने कानुन छ, भन्ने हेक्का उनी हरुलाई हुँदैन । स्ववियुका महिला पदाधिकारीहरु कलेज नै आउँदैनन् । कलेजमा राम्ररी नपढाउने, समयमा नपढाउने प्राध्यापकको विरोध त उनीहरु गर्दैगर्दैनन् । किन कि राम्ररी नपढाउने प्राध्यापकहरु उनीहरु कै पार्टीका सदस्य हुन्छन् । नपढाउने प्राध्यापकले आफ्नै कलेज खोलेका छन् । जसले विद्यार्थी संगठनलाई चर्को चन्दा दिएका हुन्छन् । यसरी कुनै सकारात्मक कामको विषय नभए पछिवक्ताले आफ्नो सबै समय अर्को विधार्थी संगठनको विरोधमा विताउँछ ।
पछिल्ला वर्षहरुमा प्रमुख विधार्थी संगठनहरु ‘अनेरास्ववियु, नेविसंघ र क्रान्तिकारी’ आफ्नै आन्तरिक कलहमा छन् । हरेक संगठनको नेताको बरु प्रतिस्पर्धी संगठनको नेतासँग सौहार्द सम्बन्ध छ । तर, आफ्नै संगठनका साथीहरु उसका ज्यानी दुस्मन छन् । अर्को प्रतिस्पर्धी विद्यार्थी संगठन भन्दा आफ्नो संगठनले विगत तीन वर्षमा विद्यार्थीहरुको हक, सामाजिक आन्दोलनमा संगठनात्मक रुपमा गरेका रचनात्कम कार्यक्रमहरुको लिस्ट कुनै विद्यार्थी संगठनसँग पनि छैन । किन कि विगत तिन वर्षमा स्ववियुमा रहेका नेताले सामाजिक आन्दोलनमा कुनै योगदान नै गरेका छैनन् ।
आफ्नो पार्टी, त्यो भित्र पनि आफ्नो गुट र आफ्नो गुट भित्र पनि आफूलाई कतिनाफा घाटा हुन्छ भनेर मात्र विद्यार्थी संगठन र स्ववियुका नेताहरु लागेको अहिलेको हाम्रो समाजको नाङ्गो यथार्थ हो । स्ववियुका नेताहरु अपराधिक समुहहरुसँग नजिकको सम्बन्ध राख्ने अहिलेको आम फेशनको विषय बनेको छ । यस्तो लाग्छ कि अपराधिक क्रियाकलापमा संलग्नहरुसँग हिमचिम नबढाए, उनिहरु जेल परेको बेलामा नछुटाए कोही विद्यार्थी नेता नै हुन सकिँदैन ।
नेता भनेको योजना, नीति र आन्दोलनले स्थापित गर्ने हो । देशको अवस्था दिन दिन विग्रदै गईरहेको छ । सामाजिक आन्दोलनको वाहक यदि विद्यार्थी संगठनहरु हौं भनेर दावी गर्ने हो भने, के अहिलेको यो अन्योल कम गर्ने आन्दोलनको बाहक विद्यार्थी संगठन हुनु पर्दैन ? आफुले नेतृत्व गरेको वर्गको असफल असफलताले उनीहरुलाई छुँदैन ? यसरी कलिला दिमागहरुलाई तिमीहरु असफल हौ भनेर राज्यले नै घोषणा गरिदिने नीतिलाई परिवर्तन गर्ने आन्दोलनको नेतृत्व विद्यार्थी संगठनले गर्नु पर्दैन ? अहिलेको स्ववियु निर्वाचनको तयारी गर्दा देखाएको रवैया नै विद्यार्थी नेताहरुले फेरि दोहो¥याए भने उनीहरु कहिल्यै कुनै ठाउँमा नेतृत्व गर्न लायक रहने छैनन् । त्यसैले बेलैमा सच्चिने र सचेत हुनु जरुरी छ ।
Comments
अरु समाचार
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
खगेन्द्र सुनारको अभिव्यक्तिविरुद्ध राजावादी समूहले शुक्रबार प्रदर्शन गर्दै
काठमाडौं । राष्ट्रिय जनावर गाई काटेर खान पाउनु पर्छ भन्ने अभिव्यक्ति दिने राष्ट्रिय स्वतन्त्र पार्टीका नेता खगेन्द्र सुनारलाई पक्राउ गरी...
-
Nepali Consul General Niraula and Yunnan Normal University Professor Lu Hold Meeting
Lhasa, Magh 15 — A meeting was held on Thursday at the Consulate General office in Lhasa between Nepali Consul...
-
नेपाली महावाणिज्यदूत निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु बीच भेटघाट
ल्हासा । नेपाली महावाणिज्यदूतावास ल्हासाका महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु सुआङमेई बीच बिहिबार महावाणिज्यदूतावास कार्यालयमा भेटघाट...
-
‘निर्वाचनका लागि भयमुक्त वातावरण सरकारको उच्च प्राथमिकता’
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले निर्वाचन सुरक्षा मजबुत बनाई भयमुक्त वातावरण निर्माण गर्ने कार्यलाई उच्च प्राथमिकता दिई काम गरिरहेको...
-
अख्तियारले किन नियन्त्रणमा लियो यातायात प्रमुखसहित २७ जनाको मोबाइल ?
काठमाडौँ। यातायात व्यवस्था कार्यालय चाबहिलका कार्यालय प्रमुखसहित २७ जनाको मोबाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । सवारी लाइसेन्स...











