सल्यानको स्कुलमा अमेरिका र क्यानडादेखि इन्टरनेटबाट पढाइ
काठमाडौं। एक विद्यालयमा अमेरिका र क्यानडाबाट पढाइ हुन थालेको छ । शारदा नगरपालिका–२ मा रहेको शिवजन माविमा आइएसिएजी दोस्रो वर्षका विद्यार्थीलाई इन्टरनेटको माध्यमबाट पढाइ हुन थालेको हो । अमेरिकाबाट डा प्रेम भण्डारीले तथ्याङ्कशास्त्र र क्यानडाबाट कृष्ण श्रेष्ठले कृषि विषय पढाइरहेको प्रअ हिरालाल नेपालीले बताउनुभयो । उहाँले भन्नुभयो – “प्रविधिको उच्चतम प्रयोग गरी विदेशबाट पनि विद्यालयमा सहज ढङ्गले पढाइ सञ्चालन गराउन सकिँदो रहेछ । आइएसिएजी दोस्रो वर्षका विद्यार्थीलाई पहिलो चरणमा इन्टरनेटको माध्यमबाट पढाइ सुरु गरेका छौँ ।”
कक्षाकोठामै आएर शिक्षकले पढाउनुपर्छ भन्ने पुरानो मान्यतालाई तोड्न समेत सो प्रविधि सफल भएको माविका संयोजक विजय केसीले जानकारी दिनुभयो । विदेशबाट प्रविधिको प्रयोग गरी पढाउन थालेपछि विद्यार्थीमा पनि आकर्षण बढेको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो – पहिले पहिले कक्षामा खासै विद्यार्थीको सहभागिता हुँदैनथ्यो तर इन्टरनेटको माध्यमबाट विदेशबाट पढाइ हुन थालेपछि पूरै विद्यार्थी नियमित आउन थालेका छन् । शिक्षकले कक्षामा आएर पढाउनेभन्दा श्रव्यदृश्यबाट पढाउँदा बढी प्रभावकारी र सहज भएको केसीले बताउनुभयो ।
पूर्व सांसद् तथा खलङ्गा निवासी नेत्रलाल श्रेष्ठले विद्यालयमा इन्टरनेट सेवा उपलब्ध गराएपछि पढाउन सम्भव भएको विद्यालयको भनाइ छ ।
Comments
अरु समाचार
-
त्रिपुरेश्वर आत्मदाह मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग
काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ निवासी अर्जुन दोङको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
किन छ विश्वकर्मा पूजाको महत्व ?
काठमाडौं । आज विश्वकर्मा पूजा मनाइँदैछ । हरेक वर्ष कन्या संक्रान्तिको दिन विश्वकर्मा पूजा गरिन्छ । यो दिन भगवान विश्वकर्माको...
-
धादिङको कृष्णभीरमा दुईतर्फी चल्न थाले गाडी
काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा दुईतर्फी गाडी चल्न थालेका छन् । जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार भदौ १० र...
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
मुगु केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प
काठमाडौँ । मुगु केन्द्रबिन्दु भएर आज (बुधबार) बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार...












