फिल्मी शैलीमा २५ फुट लामो सुरुङ खनेर बैंकमा चोरी
मुम्बई, २९ कात्तिक । फिल्मी शैलीमा सुरुङ खनेर बैंकबाट चोरी भएको छ । भारतको मुम्बईमा २५ फुट लामो सुरुङ खनेर बैंकमा चोरी भएको हो । मुम्बईको बैंक अफ बडौदामा चोरहरुले चार महिना लगाएर २५ फुट लामो सुरुङ खने र शनिबार नगद तथा गरगहना चोरेर फरार भए ।
प्रहरीका अनुसार चोरहरुले बैंक अफ बडौदा नजिकै एक ठाउँ भाडामा लिएका थिए र त्यहीँबाट सुरुङ खने । जाँच एजेन्सीका अधिकारीहरु भन्छन्, चोरहरुले भाडामा लिएको ठाउँमा किराना पसल खोलेका थिए जुन देखाउनका लागि मात्रै थियो ।’ २५ फुट लामो सुरुङ बैंक लकर भएको कोठामा पुगेर अन्त्य भएको छ जहाँ ३० वटा लकर खुल्लै देखिने बीबीसीले जनाएको छ ।
चोरहरुले खोलेको पसल:

आश्चर्यको कुरा त के छ भने चोरहरुले कसैले पनि थाहा नपाउने गरी चार/चार महिनासम्म सुरुङ खन्न कसरी सफल भए होलान् रु र, उनीहरुप्रति कसैको शंका पनि भएन । बैंकका कर्मचारीहरुले सोमबार बिहान बैंक खोल्दा मात्रै चोरी भएको थाहा पाएका थिए । त्यसपछि प्रहरीलाई खबर गरिएको थियो ।
सो बैंकमा खाता र लकर खोलेका व्यक्तिहरुलाई मिडियाहरुले कुराकानी पनि गरेका छन् । डाग्डु गवानीले अंग्रेजी अखबार मुम्बई मिररसँग भनेका छन्, ‘जिन्दगी भरको मेरो कमाइ बैंकको लकरमा थियो । पुस्तौंदेखि मेरो परिवारमा रहेका गरगहनाहरु थिए । सबै चोरी भयो ।
२२५ थान डिपोजिट बाकसहरुमध्ये चोरहरुले ३० वटा चोरेका प्रहरीले जनाएको छ । यद्यपि चोरी भएको हिसाब किताब सार्वजनिक भइसकेको छैन । चोरहरुको बारेमा पनि अझै पत्ता लागेको छैन ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












