गणेशमान पुन र दलबहादुर राना नेकपाको प्रदेश ५ को अध्यक्षमा सिफारिस
काठमाडाैँ ३१, साउन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रदेश ५ कमिटीको अध्यक्षमा दलबहादुर राना मगर र गणेशमान पुन मगरको नाम सिफारिस भएको छ ।
प्रदेश र जिल्ला कमिटी एकीकरण गर्न गठित कार्यदलले विहीबार महासचिव विष्णु पौडेललाई अध्यक्षहरुको नाम सिफारिस सहितको प्रतिवेदन बुझाएको हो ।
प्रदेश अध्यक्षमा सिफारिस भएका दलबहादुर रानामगर पाल्पा १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा तत्कालिन एमालेका प्रदेश ५ सहसंयोजक हुन् । त्यस्तै गणेशमान पुन तत्कालिन माओवादी जनमुक्ति सेनाका डिभिजन कमाण्डर तथा पूर्वमन्त्री हुन् ।
कार्यदलले सर्वसम्मत रुपमा प्रतिवेदन तयार पारेर बुझाएको नेकपा स्थायी कमिटी सदस्य तथा कार्यदल सदस्य मणि थापाले बताए । प्रदेश कमिटीको अध्यक्ष पूर्वएमालेको भागमा परे दलबहादुर रानाले नेतृत्व गर्नेछन् भने पूर्व माओवादीको भागमा परे गणेशमानले नेतृत्व गर्नेछन् ।
कार्यदलले प्रदेश ५ का जिल्ला नेतृत्व पनि सर्वसम्मत रुपमा सिफारिस गरेको छ । प्रदेश ५ का १२ जिल्लामध्ये तत्कालिन एमालेले ७ र माओवादीले ५ जिल्लाको नेतृत्व पाउनेछन् ।
जसअनुसार पूर्वएमालेबाट दाङमा शिव आचार्य, प्युठानमा तुलसीराम शर्मा, अर्घाखाँचीमा पिताम्बर आचार्य, कपिलबस्तुमा छबिलाल पोखरेल र रुपन्देहीमा गोपाल भट्टराई अध्यक्ष सिफारिस भएका छन् ।
त्यस्तै पूर्व एमालेले अध्यक्ष पाएको गुल्मीमा बालसिंह काउछा मगर र पाल्पामा राधाकृष्ण कँडेल सिफारिस भएका छन् । पूर्व माओवादीले जिल्ला अध्यक्ष पाएको बर्दियमा भुवन थारु, नवलपरासीमा घनश्याम यादव, बाँकेमा अक्कलबहादुर बम, पूर्वी रुकुममा होमप्रकाश श्रेष्ठ र रोल्पामा सुरेन्द्र घर्ती मगर अध्यक्षमा सिफारिस भएका छन् ।
कार्यदलमा पूर्व एमालेबाट शंकर पोखरेल, दलबहादुर राना र भूमिश्वर ढकाल र पूर्व माओवादीबाट मणि थापा र गणेशमान पुन थिए । यो प्रदेशबाट नेकपाका धेरै प्रभावशाली नेताहरु प्रतिनिधित्व गर्छन् ।
वरिष्ठ नेता बामदेव गौतम, महासचिव विष्णु पौडेल,शंकर पोखरेल, प्रदीप ज्ञवाली, घनश्याम भुसाल, वर्षमान पुन, गोकर्ण विष्ट, छविलाल विश्वकर्मा, मणि थापा, टोपबहादुर रायमाझी, सभामुख कृष्णबहादुर महरालगायतका नेता यही प्रदेशबाट प्रतिनिधित्व गर्छन् ।
अन्य प्रदेशमा पनि सहमति हुँदै
सातै प्रदेशको एकीकरण प्रक्रिया टुंगोमा पुगेको नेकपा स्रोतले जनाएको छ । सबै प्रदेशका संयुक्त कार्यदलले एकीकरणको टुंगो लगाएर सिफारिस सहितको प्रतिवेदन आजै साँझसम्म महासचिव विष्णु पौडेल समक्ष पेश गर्दैछन् ।
प्रदेश कमिटीमा रहने सदस्यहरुको संख्या, जिल्ला कमिटी बाँडफाँटलगायतका मुख्य काम अन्तिम चरणमा पुगेको र प्रदेश अध्यक्ष तथा सचिवको नामसमेत कतिपय प्रदेशले सर्वसम्मत रुपमा सिफारिस गर्न खोजेका छन् ।
प्रदेश कार्यदलको सिफारिस अनुसार जिल्ला र प्रदेश कमिटीहरुको गठन गरिने र भदौ ८ गते बस्ने स्थायी कमिटी बैठकले एकीकरणलाई अन्तिम रुपम दिने नेकपा केन्द्रीय सदस्य विष्णु रिजालले बताए । कार्यदलको सिफारिसका आधारमा केन्द्रीय सचिवालयले स्थायी कमिटीमा प्रस्ताव लैजाने उनले जानकारी दिए ।
नेकपा स्रोतका अनुसार केही प्रदेशका कार्यदलले सहमति जुटाउन नसकेकाले प्रतिवेदन बुझाउने साउन मसान्तको म्याद थप्न आग्रह गरेका छन् । विहीबार विहानैदेखि सातै प्रदेशका कार्यदलका बैठक बसिरहेका छन् ।
प्रदेश १ को कार्यदलका सदस्य तथा मुख्यमन्त्री शेरधन राईले अबेरसम्म कार्यदलले आफ्नो सिफारिस सहितको प्रतिवेदन बुझाउने बताए । उनले सर्वसम्मत रुपमा जिल्ला र प्रदेशको एकीकरण हुने दावी गरे ।
स्रोतका अनुसार प्रदेश १ को कमिटीमा पूर्व एमालेबाट १२२ र पूर्व माओवादीबाट ८५ सदस्य रहने सहमति भइसकेको छ । प्रदेशको नेतृत्व पूर्व एमालेले गर्नेछ । प्रदेश अध्यक्षका लागि जगन्नाथ खतिवडा, राजेन्द्र राई, घनेन्द्र बस्नेत, देवराज घिमिरे, राजेन्द्र गौतम र गुरु बरालको दाबी रहेको छ ।
यसैबीच जिल्ला कमिटी तलबाटै सर्वसम्मत भएर आएपछि प्रदेश कार्यदलले जस्ताको तस्तै केन्द्रीय सचिवालयलाई पेश गर्ने भएका छन् । पहिलो बैठक बस्ने भदौ १५ गते अगाडि प्रायः सबै जिल्ला कमिटी सर्वसम्मत चयन हुने सम्भावना रहेको स्रोतले जनाएको छ ।
प्रदेश २ को कार्यदलले प्रतिवेदन तयार गर्न सकेको छैन । जिल्ला चार चारवटा बाँड्ने सहमति भए पनि कुन जिल्ला पूर्वएमालेले र कुन पूर्वमाओवादीले लिने भन्ने अझै टुंगो नलागेको स्रोतले जनाएको छ । प्रदेश अध्यक्षमा पूर्वमाओवादी नेताहरु विश्वनाथ साह र प्रभु साहमध्ये एकको सम्भावना छ ।
प्रदेश ३ को कार्यदलले सबै टुंगो लगाएर प्रस्ताव पेश गर्ने तयारी रहेको कार्यदल सदस्य अष्टलक्ष्मी शाक्यले जानकारी दिइन् । प्रदेश अध्यक्षमा निवर्तमान कानुनमन्त्री शेरबहादुर तामाङ र पूर्वपर्यटनमन्त्री आनन्द पोखरेलको दावी छ ।
प्रदेश ३ का १४ जिल्लामध्ये पूर्वमाओवादीले ५ र पूर्वएमालेले ९ जिल्लाको नेतृत्व गर्ने सम्भावना छ । पूर्वमाओवादीले चितवन, सिन्धुली, रामेछाप र रसुवाको अध्यक्ष पाउने स्रोतले जनाएको छ । यद्यपि सिन्धुपाल्चोकको दावी पूर्वमाओवादीले छाडेको छैन ।
पूर्वएमालेबाट अध्यक्ष पाउने सहमति भएकामध्ये ललितपुरमा हरिकृष्ण ब्यञ्जनकार र दोलखामा भीम दाहाल सर्वसम्मत सिफारिस भएका छन् । सिन्धुपाल्चोकमा झम्क नेपालको सिफारिस भए पनि दुवैतिरबाट विवाद आएकाले अन्तिम टुंगो नलागेको स्रोतले जनाएको छ ।
प्रदेश ४ को कार्यदलले टुंगो लगाउन बाँकी रहेको कास्की र मनाङमध्ये कास्की पूर्वएमालेले पाउने भएको छ । यसअघिनै नवलपुर, तनहु, लम्जुङ, बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङको अध्यक्ष पूर्वएमालेले पाउने सहमति भएको स्रोतले जनाएको छ ।
प्रदेश अध्यक्षमा पूर्वमाओवादीबाट हरि अधिकारी र पूर्वएमालेबाट तुलबहादुर गुरुङको दावी रहेको छ । प्रदेश ६ को कार्यदलले आफ्नो प्रतिवेदन गत सातानै बुझाइसकेको छ ।
प्रदेश ७ को कमिटीले नेतृत्वको नामबाहेक अरु टुंगो लगाएको कार्यदल सदस्य कर्णबहादुर थापाले बताए । जस अनुसार कञ्चनपुर, दार्चुला, बझाङ र डडेलधुराको नेतृत्व पूर्वमाओवादीले पाएको छ । पूर्वएमालेले कैलाली, वैतडी, डोटी, अछाम र बाजुराको नेतृत्व पाएको छ ।
अध्यक्षमा पूर्वएमालेबाट कर्णवहादुर थापाको सम्भावना छ । पूर्वमाओवादीले अध्यक्ष लिने अवस्थामा लेखराज भट्ट अध्यक्ष र भीम रावल इन्चार्ज बन्ने विकल्पमा पनि छलफल भइरहेको छ ।
Comments
अरु समाचार
-
प्रधानमन्त्री बालेन र सांसदबीच बुधबार प्रश्नोत्तर, नाम टिपाउने ११ सांसद को-को हुन् ?
काठमाडौं । प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा प्रधानमन्त्री बालेन शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रममा विभिन्न दलका...
-
राष्ट्रियसभाको बैठकः प्रधानमन्त्री शाहले आज विधेयक पेस गर्दै
काठमाडौँ- राष्ट्रियसभाको बैठक मंगलबार बिहान १०:१५ बजे बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकका लागि सम्भावित कार्यसूची तय गरिएको छ।...
-
आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै, विभिन्न विधेयकमाथि छलफल गरिँदै
काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ । मंगलबार अपराह्न १ बजे सिंहदबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा...
-
युवापुस्ताको मनोविज्ञान बुझेर पार्टीका नीति र कार्यक्रम परिमार्जन गरिनुपर्छ: शंकर पोखरेल
काठमाडौँ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले प्रविधिसँगै हुर्किएको युवापुस्ताको मनोविज्ञान बुझेर राजनीतिक दलहरूले आफ्ना नीति, कार्यक्रम र कार्ययोजना...
-
प्रतिनिधिसभाको बैठक: दफावार छलफलका लागि आज विभिन्न विधेयक समितिमा पठाइँदै
काठमाडौँ। सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक सोमबार बस्दैछ । अपराह्न १ बजे बस्ने बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको...
-
पदीय मर्यादाविपरित उपसभामुख रुवी पत्रकार श्रेष्ठविरुद्ध आक्रोशित
काठमाडौं । उपसभामुख रुबी कुमारी ठाकुरले आफूविरुद्ध समाचार प्रकाशित भएपछि पदीय मर्यादाविपरीतको अभिव्यक्ति दिँदै जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार...
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...












