प्रदेश ७ को नाम सुदूरपश्चिम राख्नु दुर्भाग्यपूर्ण : पूर्वमन्त्री बलायर
डडेल्धुरा १८, असोज। नेपाली कांग्रेसका केन्द्रीय सदस्य वीरबहादुर बलायरले प्रदेश ७ को नाम सुदूरपश्चिम राख्नु दुर्भाग्यपूर्ण भएको टिप्पणी गरेका छन् । सुदूरपश्चिम नाम राख्ने निर्णय राष्ट्रघाती भएको उनको तर्क छ ।
नेपाल प्रेस युनियन डडेल्धुरा शाखाको चौथो जिल्ला अधिवेशनमा बोल्दै मन्त्री बलायरले राजधानीमा सुदूर भन्ने शब्दले नै हेपिने गरेको सुनाए । पञ्चायतले राखेको सुदूरपश्चिम नामलाई अहिलेको सरकारले पनि निरन्तरता दिनु दुर्भाग्य भएको उनको भनाइ छ । ‘प्रदेशसभाले हाम्रो इतिहास मेट्ने गरी प्रदेशको नाम सुदूरपश्चिम राखेको छ’ उनले भने, ‘हाम्रा सांस्कृतिक धरोहर, सम्पदाहरु सबैको अवमूल्यन भएको छ ।’ उग्रतारा, शैलेश्वरी गोदावरी, खप्तड, सेतीकाली नामहरु राख्न सकिने भन्दै उनले किन सुदूरपश्चिम राखियो भन्ने प्रश्न गरे ।
प्रदेशको स्थायी मुकाम धनगढी तोकिँदा मन्त्री रहेका बलायरले प्रदेश राजधानी कैलालीको गोदावरी भएकोमा आपत्ति जनाएका छन् । साथै उनले स्थानीय सरकार सञ्चालनमा तीव्र भ्रष्टाचार भइरहेको बताएका छन् ।
निर्मलाको हत्यारा बम दिदी-बहिनीबाट मात्रै पत्ता लाग्छ
अर्को प्रसंगमा बोल्दै काँग्रेस केन्दीय सदस्य वीरबहादुर बलायरले कञ्चनपुरकी १३ वर्षिया निर्मला पन्तको हत्यारा बम दिदी(बहिनीका माध्यमबाट मात्रै पत्ता लाग्ने दाबी गरेका छन् ।
पन्तको हत्यारा पत्ता लगाउन नसकेको भन्दै सरकार र प्रहरी संगठनकै आलोचना भइरहेका बेला पूर्व भौतिक पूर्वाधार तथा यातायात मन्त्रीसमेत रहेका बलायरले बम दिदी-बहिनीबाट घटनाको सबै पोल खुल्ने दाबी गरेका हुन् । ‘हत्यारा पत्ता लगाउनका लागि कहीँ पनि जानु पर्दैन, बम दिदी-बहिनीहरूका माध्यमबाट हत्यारा पत्ता लाग्छ’ उनले भने, ‘उनीहरूले हत्यारा देखेका छन्, उनले बलात्कारी देखेका छन्, उनकै माध्यम बाहेक अर्को माध्यमबाट हत्यारा पत्ता लाग्न सक्दैन ।’
निर्मला पन्तको हत्या प्रकरणबारे अध्ययन गर्न कांग्रेसले खटाएको टोलीमा समेत रहेका बलायरले निर्मलाका हत्यारा बम दिदी-बहिनीबाहेक अरूलाई थाहा नभएको ठोकुवा गरे ।
प्रेस युनियन डडेल्धुरा शाखा अध्यक्षमा भण्डारी चयन
नेपाल प्रेस युनियन डडेल्धुरा शाखाको चौथो जिल्ला अविधेशनबाट अध्यक्षमा धनबहादुर भण्डारी सर्वसम्मत चयन भएका छन । युनियनको जिल्ला सम्मेलनबाट भण्डारीको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति चयन भएको छ ।
समितिमा उपाध्यक्ष खुल्लामा योगेन्द्र रावल, उपाध्यक्ष समावेशीमा भानबहादुर बिक, सचिवमा पुष्कर भण्डारी, सह-सचिव कञ्चन थापा मगर, कोषाध्यक्षमा राम बहादुर खत्री, त्यस्तै सदस्यहरुमा आशिष मल्ल, गणेशबहादुर थापा मगर, पदम जोरा, गजेऽ ऐर, कलावती देउवा, प्रमिता ऐरी, र रविना आले चयन भएका छन् ।
Comments
अरु समाचार
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
खगेन्द्र सुनारको अभिव्यक्तिविरुद्ध राजावादी समूहले शुक्रबार प्रदर्शन गर्दै
काठमाडौं । राष्ट्रिय जनावर गाई काटेर खान पाउनु पर्छ भन्ने अभिव्यक्ति दिने राष्ट्रिय स्वतन्त्र पार्टीका नेता खगेन्द्र सुनारलाई पक्राउ गरी...
-
Nepali Consul General Niraula and Yunnan Normal University Professor Lu Hold Meeting
Lhasa, Magh 15 — A meeting was held on Thursday at the Consulate General office in Lhasa between Nepali Consul...
-
नेपाली महावाणिज्यदूत निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु बीच भेटघाट
ल्हासा । नेपाली महावाणिज्यदूतावास ल्हासाका महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु सुआङमेई बीच बिहिबार महावाणिज्यदूतावास कार्यालयमा भेटघाट...
-
‘निर्वाचनका लागि भयमुक्त वातावरण सरकारको उच्च प्राथमिकता’
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले निर्वाचन सुरक्षा मजबुत बनाई भयमुक्त वातावरण निर्माण गर्ने कार्यलाई उच्च प्राथमिकता दिई काम गरिरहेको...
-
अख्तियारले किन नियन्त्रणमा लियो यातायात प्रमुखसहित २७ जनाको मोबाइल ?
काठमाडौँ। यातायात व्यवस्था कार्यालय चाबहिलका कार्यालय प्रमुखसहित २७ जनाको मोबाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । सवारी लाइसेन्स...











