प्रदेश ७ को नाम सुदूरपश्चिम राख्नु दुर्भाग्यपूर्ण : पूर्वमन्त्री बलायर
डडेल्धुरा १८, असोज। नेपाली कांग्रेसका केन्द्रीय सदस्य वीरबहादुर बलायरले प्रदेश ७ को नाम सुदूरपश्चिम राख्नु दुर्भाग्यपूर्ण भएको टिप्पणी गरेका छन् । सुदूरपश्चिम नाम राख्ने निर्णय राष्ट्रघाती भएको उनको तर्क छ ।
नेपाल प्रेस युनियन डडेल्धुरा शाखाको चौथो जिल्ला अधिवेशनमा बोल्दै मन्त्री बलायरले राजधानीमा सुदूर भन्ने शब्दले नै हेपिने गरेको सुनाए । पञ्चायतले राखेको सुदूरपश्चिम नामलाई अहिलेको सरकारले पनि निरन्तरता दिनु दुर्भाग्य भएको उनको भनाइ छ । ‘प्रदेशसभाले हाम्रो इतिहास मेट्ने गरी प्रदेशको नाम सुदूरपश्चिम राखेको छ’ उनले भने, ‘हाम्रा सांस्कृतिक धरोहर, सम्पदाहरु सबैको अवमूल्यन भएको छ ।’ उग्रतारा, शैलेश्वरी गोदावरी, खप्तड, सेतीकाली नामहरु राख्न सकिने भन्दै उनले किन सुदूरपश्चिम राखियो भन्ने प्रश्न गरे ।
प्रदेशको स्थायी मुकाम धनगढी तोकिँदा मन्त्री रहेका बलायरले प्रदेश राजधानी कैलालीको गोदावरी भएकोमा आपत्ति जनाएका छन् । साथै उनले स्थानीय सरकार सञ्चालनमा तीव्र भ्रष्टाचार भइरहेको बताएका छन् ।
निर्मलाको हत्यारा बम दिदी-बहिनीबाट मात्रै पत्ता लाग्छ
अर्को प्रसंगमा बोल्दै काँग्रेस केन्दीय सदस्य वीरबहादुर बलायरले कञ्चनपुरकी १३ वर्षिया निर्मला पन्तको हत्यारा बम दिदी(बहिनीका माध्यमबाट मात्रै पत्ता लाग्ने दाबी गरेका छन् ।
पन्तको हत्यारा पत्ता लगाउन नसकेको भन्दै सरकार र प्रहरी संगठनकै आलोचना भइरहेका बेला पूर्व भौतिक पूर्वाधार तथा यातायात मन्त्रीसमेत रहेका बलायरले बम दिदी-बहिनीबाट घटनाको सबै पोल खुल्ने दाबी गरेका हुन् । ‘हत्यारा पत्ता लगाउनका लागि कहीँ पनि जानु पर्दैन, बम दिदी-बहिनीहरूका माध्यमबाट हत्यारा पत्ता लाग्छ’ उनले भने, ‘उनीहरूले हत्यारा देखेका छन्, उनले बलात्कारी देखेका छन्, उनकै माध्यम बाहेक अर्को माध्यमबाट हत्यारा पत्ता लाग्न सक्दैन ।’
निर्मला पन्तको हत्या प्रकरणबारे अध्ययन गर्न कांग्रेसले खटाएको टोलीमा समेत रहेका बलायरले निर्मलाका हत्यारा बम दिदी-बहिनीबाहेक अरूलाई थाहा नभएको ठोकुवा गरे ।
प्रेस युनियन डडेल्धुरा शाखा अध्यक्षमा भण्डारी चयन
नेपाल प्रेस युनियन डडेल्धुरा शाखाको चौथो जिल्ला अविधेशनबाट अध्यक्षमा धनबहादुर भण्डारी सर्वसम्मत चयन भएका छन । युनियनको जिल्ला सम्मेलनबाट भण्डारीको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति चयन भएको छ ।
समितिमा उपाध्यक्ष खुल्लामा योगेन्द्र रावल, उपाध्यक्ष समावेशीमा भानबहादुर बिक, सचिवमा पुष्कर भण्डारी, सह-सचिव कञ्चन थापा मगर, कोषाध्यक्षमा राम बहादुर खत्री, त्यस्तै सदस्यहरुमा आशिष मल्ल, गणेशबहादुर थापा मगर, पदम जोरा, गजेऽ ऐर, कलावती देउवा, प्रमिता ऐरी, र रविना आले चयन भएका छन् ।
Comments
अरु समाचार
-
सर्वोच्च बारले कानून व्यवसायीसँग माग्यो दश वर्षयताका महत्त्वपूर्ण फैसला
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले पछिल्लो दश वर्षयताका प्रकाशित तथा अप्रकाशित महत्त्वपूर्ण फैसला उपलब्ध गराउन कानून व्यवसायीहरूलाई आग्रह गरेको...
-
प्रधानमन्त्री बालेन र सांसदबीच बुधबार प्रश्नोत्तर, नाम टिपाउने ११ सांसद को-को हुन् ?
काठमाडौं । प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा प्रधानमन्त्री बालेन शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रममा विभिन्न दलका...
-
राष्ट्रियसभाको बैठकः प्रधानमन्त्री शाहले आज विधेयक पेस गर्दै
काठमाडौँ- राष्ट्रियसभाको बैठक मंगलबार बिहान १०:१५ बजे बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकका लागि सम्भावित कार्यसूची तय गरिएको छ।...
-
आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै, विभिन्न विधेयकमाथि छलफल गरिँदै
काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ । मंगलबार अपराह्न १ बजे सिंहदबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा...
-
युवापुस्ताको मनोविज्ञान बुझेर पार्टीका नीति र कार्यक्रम परिमार्जन गरिनुपर्छ: शंकर पोखरेल
काठमाडौँ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले प्रविधिसँगै हुर्किएको युवापुस्ताको मनोविज्ञान बुझेर राजनीतिक दलहरूले आफ्ना नीति, कार्यक्रम र कार्ययोजना...
-
प्रतिनिधिसभाको बैठक: दफावार छलफलका लागि आज विभिन्न विधेयक समितिमा पठाइँदै
काठमाडौँ। सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक सोमबार बस्दैछ । अपराह्न १ बजे बस्ने बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको...
-
पदीय मर्यादाविपरित उपसभामुख रुवी पत्रकार श्रेष्ठविरुद्ध आक्रोशित
काठमाडौं । उपसभामुख रुबी कुमारी ठाकुरले आफूविरुद्ध समाचार प्रकाशित भएपछि पदीय मर्यादाविपरीतको अभिव्यक्ति दिँदै जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार...
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...












