दूरसञ्चार कम्पनीको मापदण्ड बिपरित ब्याट्री टेण्डरमा यस्तो चलखेल
मापदण्ड मिचेर करोडौंको टेण्डर सेटिङ
काठमाडौं २१,असोज । नेपाल दूरसञ्चार कम्पनीले आफैले निर्धारण गरेको मापदण्ड मिचेर करोडौं रुपैयाँको एउटा टेण्डर सेटिङ मिलाइएको कम्पनीलाई दिने तयारी गरेको छ ।
दूरसञ्चार कम्पनीसम्बद्ध स्रोतले दिएको जानकारीअनुसार पुराना तथा बिग्रिएका ब्याट्रीहरुको लिलामका लागि आह्वान गरिएको टेण्डरमा आन्तरिक मिलेमतो हुन थालेको खबर बाहिरिएपछि टेण्डर प्रक्रिया नै अवरुद्ध हुने सम्भावना बढेको छ ।
कम्पनीले भदौ १४ मा पुराना र बिग्रिएका ब्याट्री बिक्रीका लागि बोलपत्र आह्वान गरेको थियो । ‘बोलपत्र आह्वान गर्दै चाहिँदो नचाहिँदो शर्त र मापदण्ड तयार पारिएको थियो’–
स्रोत भन्छ, ‘आफूले चाहेका कम्पनीले मात्रै ती शर्तहरु पूरा गर्न सक्छन् । दूरसञ्चारका केही व्यक्तिहरुले आफ्नालाई नै टेण्डर पार्न त्यस्ता शर्त राखे । अहिले मापदण्डसमेत पूरा नगरेकाहरुले टेण्डर पाउने सम्भावना बढेर गयो ।’
नेपाल दूरसञ्चार कम्पनी लिमिटेड वायरलाइन तथा ग्राहक सेवा निर्देशनालयले निकालेको टेण्डर नचाहिँदो शर्तकै कारण धेरै बिक्रि हुन सकेन । बिक्री भएका २३ वटा फर्म मध्ये पनि ९ वटाले मात्रै आवेदन दिए । नौ मध्ये एउटा खाली आवदेन भएका कारण प्रतिस्पर्धामा ८ वटा मात्रै छन् । आठै प्रतिस्पर्धी कम्पनीहरुमा कसैको पनि तोकिएको मापदण्ड पूरा हुँदैन । जानकार स्रोत भन्छ्, ‘भन्नका लागि गोप्य टेण्डर भनिएको छ । तर सबै कुरा छताछुल्ल भइसकेका छन् । खै कस्तो टेण्डर हो यो ।’
पुराना र बिग्रेका ब्याट्रीहरु खरिद गर्नेहरुले बढाबढमा कबोल गर्नु पर्छ । जसले बढी मूल्य हाल्छ, टेण्डर उसैले पाउछ । तर कसले कति मूल्य कबोल ग¥यो भन्ने कुरा गोप्य राखिनु पर्छ । स्रोत भन्छ्, ‘नियम त गोप्य नै राख्नु पर्छ भन्ने हो । तर सबैलाई कसले कति कबोल गरेको छ भन्ने थाहा भइसक्यो । यस्तो गोप्य सूचना दूरसञ्चार कम्पनीबाटै चुहावट भएको शंका छ ।’
कम्पनीले आफैले तोकेको मापदण्डविपरीत टेण्डर दिन खोजेपछि यो कामकारबाहीविरुद्ध एक व्यवसायी अख्तियार र प्रधानमन्त्री कार्यालयसम्म पुगेका छन् । गोपाल नेपाल ती व्यवसायीले टेण्डर प्रक्रियामा अनियमितता भएको भन्ने दावी गर्दै प्रधानमन्त्रीको कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सूचना तथा सञ्चार मन्त्रालय, वायरलाइन तथा ग्राहक सेवा केन्द्रमा उजुरी दिएका छन् । उजुरीमा टेण्डर प्रक्रिया विधिसम्मत गराउन माग गरेका छन् ।
उजुरीमा उद्योग मन्त्रालयबाट रिसाइक्लिन सम्बन्धी कार्य गर्ने इजाजत नलिएका, वातावरण मन्त्रालयबाट कुनै पनि वातावरण सम्बन्धी कार्य गर्ने स्वीकृत नलिएका, रिसाइक्लिनसम्बन्धी पूर्वाधार नभएका, आन्तरिक राजस्वबाट इजाजत नलिएका कम्पनीहरुसमेत प्रतिस्पर्धामा रहेको दावी गरिएको छ ।
व्यवसायी गोपाल नेपालले दायर गरेको यो उजुरीको वेवास्ता गर्दै कम्पनीले यो टेण्डर दिन लागेको हो । पछिल्लो समय भने कम्पनीले उक्त मापदण्डहरु पूरा गर्नु आवश्यक पनि नरहेको कारण टेण्डर दिइन लागेको तर्क गर्न थालेको छ ।
प्रतिस्पर्धामा आउन रोक्ने मनसायका साथ बोलपत्र आह्वान गर्दा एउटा मापदण्ड बनाउने र पछि त्यसलाई खुकुलो पार्ने निर्णय गरिनुले आफूहरु अन्यायमा परेको मापदण्ड नपुगेको कारण आवेदन नदिएका व्यावसायीको गुनासो छ ।
छाउनीस्थित नेपाल टेलिकम परिसरमा रहेका ती कवाडी उपकरणहरु सबैभन्दा सात कररोड रुपैयाँमा कबोल गर्ने कम्पनी श्री स्क्रेप बाइ एन्ड सेल हो । दोस्रो नम्बरमा कुलायन ब्याट्री उद्योग लिमिटेड हो । यसले ६ करोड ११ लाख रुपैयाँ कबोलेको छ । तेस्रो नम्बरमा ५ करोड ७१ लाख रुपैयाँ देपुता इञ्जिनियरिङ कम्पनीले कबोल गरेको छ ।
यो कम्पनीका मालिक राजकुमार अग्रवाल हुन् । टेण्डर उनैलाई दिन टेण्डरको शर्तपछि थप गरिएको स्रोतको दावी छ । जसअनुसार रिसाइकल गर्ने कम्पनी आफ्नै हुनुपर्ने, ३ वर्षमा सात करोडको कारोबार भएको हुनु पर्ने जस्ता नयाँ शर्त थपिएको छ । टेण्डर प्रक्रिया शुरु भइसकेपछि बीचमा यसरी शर्त थपिएपछि टेण्डर प्रक्रियामा मिलेमतोको शंका गरिएको हो ।
Comments
अरु समाचार
-
भारतमा नाइट क्लबमा आगलागी ४ नेपालीसहित २५ जनाको मृत्यु !
काठमाडौं । भारतको गोवास्थित नाइट क्लबमा भएको आगलागीमा परी चार नेपाली नागरिकको समेत मृत्यु भएको छ । आइतबार बिहान भएको...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...
-
एनपिएलः आज खेल नहुने
काठमाडाैं । काठमाडाैंकाे कीतिर्पुर अवस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज कुनै खेल...
-
बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु, ससुरा गम्भीर
काठमाडौं । भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने...
-
थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप !
काठमाडौं । थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप भएको छ। गत जुलाईमा दुई देशका सेनाबीच सिमानामा ५ दिनसम्म आक्रमण प्रत्याक्रमण...
-
ढुङ्गाले लाग्दा स्काभेटर सहचालकको मृत्यु
काठमाडाैं । बागलुङको ताराखोला गाउँपालिका–५ मराममा आइतबार स्काभेटर चलाइरहेको बेला सडक माथिदेखि खसेको ढुङ्गाले लाग्दा सहचालक रोल्पाका १९ वर्षीय विशाल...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...
-
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
काठमाडाैं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...












