ताजा समाचार

भारतमा नाइट क्लबमा आगलागी ४ नेपालीसहित २५ जनाको मृत्यु !

काठमाडौं । भारतको गोवास्थित नाइट क्लबमा भएको आगलागीमा परी चार नेपाली नागरिकको समेत मृत्यु भएको छ । आइतबार बिहान भएको आगलागीमा कुल २५ जनाको मृत्यु भएकोमा तीमध्ये चार जना नेपाली रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

मृतक २५ मध्ये ५ जना पर्यटक र २० जना नाइट क्लबकै स्टाफ रहेको बताइएको छ । मृत्यु हुने ५ पर्यटकमध्ये ४ जना दिल्लीका रहेको जनाइएको छ । दिल्लीका सरोज जोशी, अनिता जोशी, कमला जोशी र विनोद कुमारको मृत्यु भएको हो । मृत्यु भएका अर्का एक पर्यटक भारतकै कर्नाटकका इशाक रहेको जनाइएको छ ।

आगलागीमा परेर मृत्यु भएका २० स्टाफमध्ये उत्तराखण्डका पाँच जना छन् । त्यस्तै नेपालका चार जनाको मृत्यु भएको जनाइएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार क्लबमा काम गर्दै आएका नेपाली नागरिक चुर्णबहादुर पुन, विवेक कटुवाल, सबिन र सुदीपको मृत्यु भएको हो । मृतक चार नेपाली नागरिकको ठेगाना भने खुलाइएको छैन ।

यस्तै, महाराष्ट्रका दुई, उत्तर प्रदेशका दुई, झारखण्डका तीन, असमका तीन र पश्चिम बंगालका एक जनाको मृत्यु भएको छ । उनीहरू पनि सोही क्लबका स्टाफ रहेको बताइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org