गुणस्तर सुधारका लागि शैक्षिक बहस
बाजुरा । बडिमालिका नगरपालिकाले शैक्षिक गुणस्तर सुधारका लागि विद्यालयस्तरीय शैक्षिक बहस सञ्चालन गरेको छ । शिक्षक, अभिभावक, विद्यार्थी र सरोकारवाला निकायलाई सँगै राखेर समस्याको उठान, सवाल पहिचान र समाधानको विकल्पसहितको संवादका लागि शैक्षिक बहस सञ्चालन गरेको हो ।
पहिलो चरणमा नगरक्षेत्रभित्रका आठ विद्यालयमा शैक्षिक बहस सञ्चालन गर्ने भएको छ । शिक्षासँग सरोकार राख्ने निकाय र स्थानीय सञ्चारमाध्यमसँगको सहकार्यमा सार्थक छलफलका लागि शैक्षिक बहस सञ्चालन गरिएको सहास नेपाल सिफल्स परियोजनाका जिल्ला संयोजक रामबहादुर खत्रीले बताए ।
पहिलो चरणमा लक्ष्मी मावि जिल्ली, ज्ञानुदय मावि रजातोली, नेरा मावि जडागा, जाल्पा मावि पिनालेख, सत्यवादी मावि भौनेरामा शैक्षिक बहस कार्यक्रम सञ्चालन गरिएको छ भने अब मालिका मावि मार्तडी, कैलाश मावि मना र चोयाकोट माविमा यो बहस सञ्चालन गरिने नगरपालिकाले जनाएको छ ।
बहस कार्यक्रममा शिक्षक नियमित उपस्थित नभएको, भौतिक अवस्था दयनीय रहेको, अभिभावकको सहयोगी भूमिका नरहेको, छात्रामैत्री शौचालय नभएको जस्ता समस्या देखिएको नगरपालिकाका उपप्रमख कविता विष्टले बताए । नगरप्रमुख पदम बडुवालले जिल्लाको शैक्षिक गुणस्तर सुधारका लागि नगरपालिकाले आवश्यक सहयोग प्रदान गर्ने बताए ।
Comments
अरु समाचार
-
व्यवहारिक ज्ञान दिन एभरेष्ट स्कुल सक्रिय, वालवालिकाको सीप देख्दा अभिभावक दंग
विराटनगर । आ–आफ्ना स–साना नानीबाबूहरुको परियोजना कार्य हेर्ने र उनीहरुले परियोजनाका विषयमा बुझाएका तर्क सुन्ने अधिकांश अभिभावकहरु दङ्ग परेका छन्...
-
नोबेल पुरस्कार विजेताको समुपस्थितिमा त्रिविको दीक्षान्त समाराेह
काठमाडाैं । नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिताको प्रमुख आतिथ्यतामा त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोह हुने भएको छ ।...
-
त्रिविकाे नीति तथा कार्यक्रम पारित !
काठमाडौं । त्रिभुवन विश्वविद्यालय सभा–सिनेट बैठकले आर्थिक वर्ष २०८२/२०८३ को नीति तथा कार्यक्रम पारित गरेको छ । प्रधानमन्त्री तथा कुलपति...
-
त्रिवि केन्द्रीय क्याम्पसका विद्यार्थीलाई एनपीएलमा विशेष छुट !
काठमाडौं । क्यानले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका खेलहरू हेर्न त्रिवि केन्द्रीय क्याम्पस, कीर्तिपुरका विद्यार्थीहरूका लागि विशेष छुटको घोषणा...
-
काठमाडाैंमा तेस्रो ट्रान्स–हिमालय सञ्चार र सामाजिक विकास सम्मेलन सुरु
काठमाडाैं । काठमाडाैंको बल्खुस्थित पत्रकारिता र आमसञ्चार विभागको क्यामेरा बिल्डिङमा तेस्रो ट्रान्स–हिमालय सञ्चार र सामाजिक विकास सम्मेलन शुक्रबारबाट सुरु भएको...
-
अध्ययन बिदा उपभोग गरी सेवामा नफर्केका शिक्षकलाई सम्पर्कमा आउन त्रिविको आग्रह
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा उपभोग गरी सेवामा नफर्केका शिक्षक र कर्मचारीलाई सम्पर्क गर्न आग्रह गरेको छ । त्रिविको...
-
सञ्चार मन्त्री खरेललाई १ लाख नगद सहित सम्मान वितरण !
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेललाई नगद रु. १ लाख राशीको पुरस्कार सहित सम्मान गरिएको छ ।...
-
त्रिविको जग्गा खोजबिन समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)
काठमाडाैं । सरकारले त्रिभुवन विश्वविद्यालयको जग्गा तथा सम्पत्ति खोजबिन समितिको प्रतिवेदन सार्वजनिक गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आइतबार...
-
हिमालय इङ्ग्लिस स्कूलका प्रिन्सिपल खनाल ‘इन्टरनेशनल एक्सिलेन्स अवार्ड’ बाट सम्मानित हुँदै
विराटचोक । मोरङको सुन्दरहरैंचा नगरपालिका–१० स्थित हिमालय इङ्ग्लिस स्कूलका संस्थापक प्रिन्सिपल कमल खनालले इन्टरनेशनल एक्सिलेन्स अवार्ड २०२५ प्राप्त गर्ने भएका...











