गठबन्धन बैठक : ओलीसँग निर्णायक संवाद गर्न देउवालाई जिम्मा
काठमाडौं । सत्तारुढ गठबन्धनले संसदको अवरोध हटाउने विषयमा नेकपा एमालेका अध्यक्ष एवं प्रमुख प्रतिपक्षी नेता केपी शर्मा ओलीसँग निर्णायक संवाद गर्ने जिम्मा प्रधानमन्त्री शेरबहादुर देउवालाई दिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धन समन्वय समितिको बैठकले एमाले अध्यक्ष ओलीसँगै भेटेरै समस्या समाधान गर्न प्रधानमन्त्री देउवालाई सुझाएको हो । गठबन्धनका संयोजक एवं कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकलाई लामो समयसम्म अनिर्णयको बन्दी बनाउन नमिल्ने भएकोले संवादबाट समाधान खोज्न प्रयास गरिएको बताए ।
‘प्रधानमन्त्रीजीलाई प्रतिपक्षी दलको नेतालाई भेटेरै संसदको अवरोध हटाउने विषयमा संवाद गर्न भनेका छौं । संसद अवरोध भइरहँदा राष्ट्र नै असफल हुनसक्छ’, पौडेलले भने । बैठकमा प्रधानमन्त्री देउवा, संयोजक पौडेलसहित, माओवादी अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकाकी उपाध्यक्ष दुर्गा पौडेललगायत उपस्थित थिए ।
Comments
अरु समाचार
-
पाठ्यपुस्तक पुनः प्रयोगमा ध्यान दिन शिक्षामन्त्रीको आग्रह
काठमाडौं । विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विद्यालय तहका पाठ्यपुस्तक पुनः प्रयोगको सम्भावनालाई ध्यान दिन आग्रह गरेकी छिन् । सरकारले...
-
नीति तथा कार्यक्रमको तयारीबारे सभामुखले प्रमुख दलसँग छलफल गर्दै
काठमाडौं । सभामुख देवराज घिमिरेले सरकारको नीति तथा कार्यक्रमको तयारी लगायतका विषयमा छलफल गर्न कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीसहित...
-
राष्ट्रपतिका आर्थिक सल्लाहकार चिरञ्जीवी नेपालको राजीनामा स्वीकृत
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक सल्लाहकार चिरञ्जीवी नेपालले राजीनामा दिएका छन् । नेपालको राजीनामा आज राष्ट्रपतिले स्वीकृत गरेको शीतल...
-
गृहमन्त्रीमाथि संसदीय छानबिन समिति बनाउन प्रधानमन्त्री सकारात्मक : कांग्रेस
काठमाडौं । सदनको गतिरोध खुलाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भएको छलफल सकारात्मक भएको नेपाली कांग्रेसले जनाएको छ । छलफलमा...
-
अखिल नेपाल ब्याडमिन्टन संघ गठन: अध्यक्षमा तिलक, महासचिवमा बेनुप
काठमाडौं । नेपाल ब्याडमिन्टन संघका कोषाध्यक्ष तिलक पाण्डेको अध्यक्षतामा अखिल नेपाल ब्याडमिन्टन संघ गठन भएको छ। सत्तारुढ दल नेकपा माओवादी...
-
भाँगो र आलुसँग चामल साटेर गुजारा गर्दै बागलुङको रमुवाका बासिन्दा
काठमाडाैँ । बागलुङको उच्च पहाडी क्षेत्रमा पर्ने रमुवा गाउँ आलुखेतीका लागि प्रख्यात छ । गलकोट नगरपालिका–१० मा पर्ने यस गाउँमा...
-
कामिरिता शेर्पाले गरे २९औँ पटक सगरमाथा आरोहण
काठमाडौं । पर्वतारोही कामिरिता शेर्पाले २९औँ विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । आज बिहान ७ बजेर २५...
-
उपसभापति,महामन्त्रीसहित चार नेता लिएर बालुवाटार पुगे देउवा
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस नेताहरुलाई छलफलका लागि बालुवाटार बोलाएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेताहरु अहिले...
-
बत्तीसपुतलीमा सडकमै युवकको हत्या, ४ जना पक्राउ
काठमाडौं । काठमाडौंको बत्तीसपुतलीमा युवकको हत्या भएको छ । मोरङ घर भई काठमाडौं बस्दै आएका २४ वर्षीय शम्भु धिमालको शनिबार...