एसीसी यू-१६ इस्ट जोन कपः सिंगापुरलाई हराउँदै नेपाल फाइनल प्रवेश
काठमाडौं । नेपाल मलेसियामा चलिरहेको एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा पुगेको छ ।
बायोमास ओभल क्रिकेट मैदानमा सिंगापुरलाई ९७ रनले हराउँदै नेपाल फाइनलमा पुगेको हो ।
जितका लागि १८५ रनको लक्ष्य पछ्याएको सिंगापुरका ब्याटर नेपाली बलर सामु निरीह भए । सिंगापुर ३१.३ ओभरमा ८७ रनमा अलआउट भयो । नेपालका कात्तिक कामतले ३ विकेट लिए ।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ९ विकेट गुमाउँदै १८४ रन बनाएको थियो।
नेपालका लागि ओपनरद्वय सूर्यांशु कोइराला र निरजकुमार यादवले पहिलो विकेटका लागि ६३ रनको साझेदारी गरेका थिए ।
कोइरालाले ४३ रन बनाए भने निरजकुमार यादव चौथो विकेटका रुपमा ४२ रनमा आउट भए । कप्तान अभिषेक तिवारी २५ रनमा आउट भए ।
सिंगापुरका हरिहरणले ३ विकेट लिए ।
नेपालले अब फाइनलमा भोलि मंगलबार घरेलु टोली मलेसियासँग खेल्ने छ । अर्को सेमिफाइनलमा हङकङलाई हराउँदै मलेसियाले नेपालसँगको फाइनल भेट पक्का गरेको हो ।
Comments
अरु समाचार
-
सुदूरपश्चिम प्रदेश महिला क्रिकेटको फाइनलमा
काठमाडौं । सुदूरपश्चिम प्रदेश ललितपुर मेयर कप राष्ट्रिय महिला टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । सुदूरपश्चिमले बागमती...
-
आईपीएलमा आज मुम्बई इन्डियन्स र लखनउ सुपर भिड्दै
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मुम्बई इन्डियन्स र लखनउ सुपर जाएन्ट्स खेल्दैछन् । यी दुई देशको खेल...
-
बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ, विश्वकप खेल्न पठाउने क्यानको तयारी
काठमाडौं । क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले सफाइ दिएको छ । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासले...
-
क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले दियो सफाइ
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिएको छ । जिल्ला अदालत काठमाडौंले गरेको फैसला उल्टाउँदै...
-
अखिल नेपाल ब्याडमिन्टन संघ गठन: अध्यक्षमा तिलक, महासचिवमा बेनुप
काठमाडौं । नेपाल ब्याडमिन्टन संघका कोषाध्यक्ष तिलक पाण्डेको अध्यक्षतामा अखिल नेपाल ब्याडमिन्टन संघ गठन भएको छ। सत्तारुढ दल नेकपा माओवादी...
-
आईपीएल: मुम्बईलाई पराजित गरेसँगै कोलकाता शीर्ष स्थानमा
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा शीर्ष स्थानको कोलकाता नाइट राइडर्सले मुम्बई इन्डियन्सलाई १८ रनले पराजित...
-
युरोपेली च्याम्पियन्स लिगको फाइनलमा रियल मड्रिड
काठमाडाैँ । रियल मड्रिड युरोपेली च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । च्याम्पियन्स लिगअन्तर्गत गए रात भएको सेमिफाइनलको दोस्रो लेगमा...
-
आईपीएलः आज पञ्जाब किंग्स र रोयल च्यालेन्जर्सबीच भिडन्त हुँदै
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा सनराइजर्स हैदरावादले लखनउ सुपर जायन्ट्समाथि १० विकेटको ऐतिहासिक जित निकालेको...
-
इन्डियन प्रिमियर लिग: राजस्थान रोयल्यसमाथि दिल्ली क्यापिटल्सको जित
काठमाडाैँ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई पराजित गरेको छ । अरुण जेटली स्टेडियममा भएको खेलमा...