बायाँ हाते स्पिनर ललित नारायण राजवंशीले एसियन गेम्स गुमाउने
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी ललित नारायण राजवंशीले एसियन गेम्स गुमाउने भएका छन् ।
बायाँ हाते स्पिनर ललितको आज बी एण्ड बी अस्पतालमा शल्यक्रिया गरीएको छ । अभ्यास खेलमा फिल्डङका क्रममा घाइते भएका उनको दाँयाँ क्लाभिकल फ्राक्चर (कलर बोन )को आज शल्यक्रिया गरिएको डा.अभिषेकराज सिंहले बताएका छन् । उनले भने, ‘उहाँको अप्रेसन भर्खरै सम्पन्न भएको हो । अहिले अवस्था सामान्य नै छ ।’
ललितले कम्तिमा पनि ४ हप्ता आराम गर्नुपर्ने चिकित्सकहरुले बताएका छन् । ‘हामीले उहाँलाई विश्वकप क्वालिफायर्समा खेलमा फर्काउने लक्ष्य सहित विशेष रिकोभरीको व्यवस्था गर्नेछौं । हेरौं उहाँको शरीरले कतिको छिटो रिकोभर गर्न सक्छ’, डाक्टर भने ।
ललितको बलिङ आर्म सुरक्षित भएका कारण दायाँ पट्टी लागेको चोट रिकोभर गरि उनलाई मैदान फर्काउन डाक्टरहरुको विशेष प्रयास हुने उनले जानकारी दिएका हुन् ।
ललित घाइते भए पछि उनको स्थानमा कसलाई प्रतिस्थापन गर्ने भन्ने निर्णय गरिनसकेको क्यानका कार्यवहाक सचिव दुर्गाराज पाठकले जानकारी दिए । ‘म्यानेजमेन्ट टिमले केही छलफल गर्दै छ । निष्कर्ष निस्किएपछि हामी निर्णय गरेर जानकारी दिन्छौं’, उनले भने ।
हालसम्म ललितले २३ ओडीआईमा २८ र १२ टि–२० आईमा १० विकेट लिएका छन् ।
Comments
अरु समाचार
-
सुदूरपश्चिम प्रदेश महिला क्रिकेटको फाइनलमा
काठमाडौं । सुदूरपश्चिम प्रदेश ललितपुर मेयर कप राष्ट्रिय महिला टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । सुदूरपश्चिमले बागमती...
-
आईपीएलमा आज मुम्बई इन्डियन्स र लखनउ सुपर भिड्दै
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मुम्बई इन्डियन्स र लखनउ सुपर जाएन्ट्स खेल्दैछन् । यी दुई देशको खेल...
-
बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ, विश्वकप खेल्न पठाउने क्यानको तयारी
काठमाडौं । क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले सफाइ दिएको छ । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासले...
-
क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले दियो सफाइ
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिएको छ । जिल्ला अदालत काठमाडौंले गरेको फैसला उल्टाउँदै...
-
अखिल नेपाल ब्याडमिन्टन संघ गठन: अध्यक्षमा तिलक, महासचिवमा बेनुप
काठमाडौं । नेपाल ब्याडमिन्टन संघका कोषाध्यक्ष तिलक पाण्डेको अध्यक्षतामा अखिल नेपाल ब्याडमिन्टन संघ गठन भएको छ। सत्तारुढ दल नेकपा माओवादी...
-
आईपीएल: मुम्बईलाई पराजित गरेसँगै कोलकाता शीर्ष स्थानमा
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा शीर्ष स्थानको कोलकाता नाइट राइडर्सले मुम्बई इन्डियन्सलाई १८ रनले पराजित...
-
युरोपेली च्याम्पियन्स लिगको फाइनलमा रियल मड्रिड
काठमाडाैँ । रियल मड्रिड युरोपेली च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । च्याम्पियन्स लिगअन्तर्गत गए रात भएको सेमिफाइनलको दोस्रो लेगमा...
-
आईपीएलः आज पञ्जाब किंग्स र रोयल च्यालेन्जर्सबीच भिडन्त हुँदै
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा सनराइजर्स हैदरावादले लखनउ सुपर जायन्ट्समाथि १० विकेटको ऐतिहासिक जित निकालेको...
-
इन्डियन प्रिमियर लिग: राजस्थान रोयल्यसमाथि दिल्ली क्यापिटल्सको जित
काठमाडाैँ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई पराजित गरेको छ । अरुण जेटली स्टेडियममा भएको खेलमा...