टी-२० क्रिकेटमा नेपाली खेलाडीको विश्व कीर्तिमानको ओइरो, मंगोलियालाई २७३ रनले हरायो
काठमाडौं । चीनको हान्झाउमा जारी १९ औं एसियाली खेलकुद अन्तर्गत टी–ट्वान्टी क्रिकेटमा नेपालले मंगोलियालाई २७३ रनले हराउँदै कीर्तिमानी जित निकालेको छ । बुधवार बिहान पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३१५ रनको लक्ष्य प्रस्तुुत गरेको थियो । जवाफी ब्याटिङमा उत्रिएको मंगोलिया नेपाली बलरसामु टिक्न सकेन । मंगोलिया १३ दशमलव १ ओभरमा सवै विकेट गुमाएर ४१ रनमात्रै बनाउन सकेपछि नेपालले कीर्तिमानी जित निकालेको हो ।
भारत, श्रीलंका, अष्ट्रेलियाका चर्चित क्रिकेट खेलाडीले कायम गरेको विश्व रेकर्ड नेपाली खेलाडीले चीनमा भएको १९ औं एसियाड अन्तर्गतको पुरुष टी–२० आई क्रिकेट प्रतिस्पर्धामा तोडिदिएका छन् । नेपाली खेलाडी कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले कीर्तिमानी तोडिदिएका छन् । बुधबार मंगोलियाविरुद्धको खेलमा कुशल मल्लले ८ चौका र १२ छक्का प्रहार गरे । २० ओभरको खेलमा एक्लैले उनले १३७ रन बनाइदिए ।
मंगोलियाविरुद्ध पहिले ब्याटिङ भएको नेपालका मल्लले ३४ बलमा शतक पूरा गर्दै विश्व कीर्तिमान बनाइदिए । मल्लले ५० बलमा १३७ रन बनाए । यसअघि टी –२० आईमा सर्वाधिक छिटो शतक ३५ बलमा थियो । भारतका रोहित शर्मा, दक्षिण अफ्रिकाका डेविड मिलर र चेक रिपब्लिकनका सुदेश विक्रमशेखरले समान ३५ बलमा शतक हानेका थिए । यसअघि नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान पारस खड्काले २०१९ मा सिंगापुरविरुद्ध ४९ बलमा शतक बनाएका थिए । पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेट खेलेको नेपाल मंगोलियाविरुद्ध आक्रामकरुपमा प्रस्तुत भएको हो ।
यस्तै दीपेन्द्रसिंह ऐरीले अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक छिटो अर्धशतकको विश्व कीर्तिमान बनाएका छन् । अविश्वसनीय हिटिङ गर्दै उनले आफूले सामना गरेको पहिलो ६ बलमा ६ छक्का प्रहार गरेका थिए । १० बलको सामना गर्दा उनले ८ छक्का हिर्काए । दीपेन्द्रसिंह ऐरीले ९ बलमा अर्धशकतक प्रहार गर्दै अर्को विश्वकीर्तिमान बनाए । एसियन गेम्समा कमजोर मंगोलियाविरूद्ध उनले १० बलमै अर्धशतक पूरा गरे ।
भारतका युवराज सिंहले १२ बलमा अर्धसतक बनाएर राखेको कीर्तिमान दीपेन्द्रले तोडेका हुन् । ऐरीले १२ बलको विश्वकीर्तिमान पनि भंग गरिदिएका छन् । यो कीर्तिमान भारतका युवराज सिंहको नाममा थियो । दीपेन्द्रले १९औं ओभरका पछिल्ला पाँच बलमा ५ छक्का हिर्काएका थिए । अर्को ओभरको दोस्रो बलमा पनि छक्का हिर्काएपछि उनले ६ बलमा ६ छक्का प्रहार गर्ने अर्को विश्वकीर्तिमान बनाए ।
खेलमा कुशल मल्लले ५० बलमा नटआउट १३७ रन, दीपेन्द्रसिंह ऐरीले १० बलमा नटआउट ५२ रन, कप्तान रोहित पौडेलले २७ बलमा ६१ रन, कुशल भुर्तेल २३ बलमा १९ रन र आसिफ शेख १७ बलमा १६ रन जोडेर आउट भएका थिए । मंगोलियाविरुद्धको खेलमा नेपालले २६ छक्का र ११ चौका प्रहार गरेर विश्वलाई नै अचम्बित बनाइ दिएको छ । नेपालले मंगोलियाविरुद्ध प्रस्तुत गरेको लक्ष्य विश्वमै अहिलेसम्मको सर्वाधिक हो । योभन्दा पहिले अफगानिस्तानले आयरल्यान्डलाई २७८ रनको लक्ष्य दिएको थियो । यो विश्व कीर्तिमान थियो । उक्त कीर्तिमान नेपालले तोडेको छ ।
Comments
अरु समाचार
-
सुदूरपश्चिम प्रदेश महिला क्रिकेटको फाइनलमा
काठमाडौं । सुदूरपश्चिम प्रदेश ललितपुर मेयर कप राष्ट्रिय महिला टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । सुदूरपश्चिमले बागमती...
-
आईपीएलमा आज मुम्बई इन्डियन्स र लखनउ सुपर भिड्दै
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मुम्बई इन्डियन्स र लखनउ सुपर जाएन्ट्स खेल्दैछन् । यी दुई देशको खेल...
-
बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ, विश्वकप खेल्न पठाउने क्यानको तयारी
काठमाडौं । क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले सफाइ दिएको छ । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासले...
-
क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले दियो सफाइ
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिएको छ । जिल्ला अदालत काठमाडौंले गरेको फैसला उल्टाउँदै...
-
अखिल नेपाल ब्याडमिन्टन संघ गठन: अध्यक्षमा तिलक, महासचिवमा बेनुप
काठमाडौं । नेपाल ब्याडमिन्टन संघका कोषाध्यक्ष तिलक पाण्डेको अध्यक्षतामा अखिल नेपाल ब्याडमिन्टन संघ गठन भएको छ। सत्तारुढ दल नेकपा माओवादी...
-
आईपीएल: मुम्बईलाई पराजित गरेसँगै कोलकाता शीर्ष स्थानमा
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा शीर्ष स्थानको कोलकाता नाइट राइडर्सले मुम्बई इन्डियन्सलाई १८ रनले पराजित...
-
युरोपेली च्याम्पियन्स लिगको फाइनलमा रियल मड्रिड
काठमाडाैँ । रियल मड्रिड युरोपेली च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । च्याम्पियन्स लिगअन्तर्गत गए रात भएको सेमिफाइनलको दोस्रो लेगमा...
-
आईपीएलः आज पञ्जाब किंग्स र रोयल च्यालेन्जर्सबीच भिडन्त हुँदै
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा सनराइजर्स हैदरावादले लखनउ सुपर जायन्ट्समाथि १० विकेटको ऐतिहासिक जित निकालेको...
-
इन्डियन प्रिमियर लिग: राजस्थान रोयल्यसमाथि दिल्ली क्यापिटल्सको जित
काठमाडाैँ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई पराजित गरेको छ । अरुण जेटली स्टेडियममा भएको खेलमा...