प्रहरी दिवस रनिङ पुरुष भलिबल कप सम्पन, लुम्बिनी प्रदेश प्रथम
काठमाडौं । राष्ट्रिय प्रहरी प्रतिष्ठान महाराजगंजद्वारा आयोजित प्रहरी दिवस रनिङ पुरुष भलिबल कप सम्पन भएको छ । ६८ औं प्रहरी दिवसको अवसरमा आयोजित उक्त प्रतियोगिताको उद्घाटन नेपाल प्रहरीका महानिरीक्षक बसन्त कुँवरले रेफ्रिलाई भलिबल दिएर गरेका थिए ।
प्रतियोगितामा नेपाल प्रहरी खेलकुद समितिका अध्यक्ष समेत रहेका प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रथम हुने लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङलाई रनिङ कप, नगद पुरस्कार,पदक र प्रमाणपत्र प्रदान गर्नुका साथै, प्रतियोगितामा सहभागि टिमलाई मायाको चिनो हस्तान्तरण गरेका थिए ।प्रतियोगिताको फाइनल खेलमा गण्डकी प्रदेश पोखरालाई लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले ३–२ मा पराजित गर्दै प्रथम भएको थियो ।
कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले विजेता टिमलाई बधाई दिँदै यस प्रतियोगिताले समग्र नेपाल प्रहरीको भलिबल खेलको स्तरलाई सुदृढिकरण गर्न योगदान पुर्याउने विश्वास व्यक्त गरेका थिए। राष्ट्रियता र देशप्रेमको भावनालाई उजार गर्ने विधाको रूपमा रहेको खेलकुदको विकास र प्रवर्धनका लागि सबै एकवद्धता हुनुपर्ने उनको भनाई छ ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपाल प्रहरी संगठनमा आबद्ध खेलाडीहरूको सहभागिता र योगदानका कारण खलेकुद, प्रहरी र नागरिकबिचको सम्बन्ध सुदृढ गर्ने माध्यम भएको चर्चा गर्दै आगामी दिनमा समेत नेपाल प्रहरीका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरी संगठन र राष्ट्रलाई गौरवान्वित बनाउने अपेक्षा रहेको कुवँरको भनाई छ ।
उक्त अवसरमा प्रतिष्ठानका कार्यकारी निर्देशक एवं नेपाल प्रहरी खेलकूद समितिका सदस्यसचिव प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीले फाइनल खेलका म्यान अफ दि म्याचलाई पुरस्कार तथा द्वितीय हुने टिमका खेलाडीहरुलाई पदक, प्रमाणपत्र, ट्रफि र नगद पुरस्कार प्रदान गरे। भण्डारीले कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै खेलकुदलाई अझै सुदृढ गर्न प्रहरीले विभिन्न प्रतियोगिता गर्दै आएको बताए ।
नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्द तथा महासचिव रोशन श्रेष्ठले प्रतियोगिताका वेष्ट ब्लकर, वेष्ट स्पाइकरको पुरस्कार प्रदान गरे । राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य प्रकाश कुसारीले प्रतियोगिताका वेष्ट सर्भर र वेष्ट सेटरलाई पुरस्कार प्रदान गरे ।
सो प्रतियोगितामा प्रथम र द्वितीय हुने टीमले क्रमशः नगद ५० हजार ५ सय ५५ रुपैयाँ, ३५ हजार ५ सय ५५ रुपैयाँ एवम् शील्ड, पदक तथा प्रमाणपत्र प्राप्त गरे । सर्वोत्कृष्ट हुने खेलाडीलाई १० हजार ५ सय ५५ रुपैयाँ र विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीलाई जनही ७ हजार ५ सय ५५ रुपैयाँ प्रदान गरिएको थियो ।
कार्यक्रमको अवसरमा खेलकूद कार्यक्रम व्यवस्थापन उपसमितिका संयोजक प्रहरी नायव महानिरीक्षक रबिन्द्र केसीले प्रतियोगितासम्बन्धी प्रतिवेदन पेस गरेका थिए ।असोज २१ गतेदेखि शुरु भएको प्रतियोगितामा १० टीमको सहभागिता रहेको थियो ।
Comments
अरु समाचार
-
सुदूरपश्चिम प्रदेश महिला क्रिकेटको फाइनलमा
काठमाडौं । सुदूरपश्चिम प्रदेश ललितपुर मेयर कप राष्ट्रिय महिला टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । सुदूरपश्चिमले बागमती...
-
आईपीएलमा आज मुम्बई इन्डियन्स र लखनउ सुपर भिड्दै
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मुम्बई इन्डियन्स र लखनउ सुपर जाएन्ट्स खेल्दैछन् । यी दुई देशको खेल...
-
बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ, विश्वकप खेल्न पठाउने क्यानको तयारी
काठमाडौं । क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले सफाइ दिएको छ । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासले...
-
क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले दियो सफाइ
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिएको छ । जिल्ला अदालत काठमाडौंले गरेको फैसला उल्टाउँदै...
-
अखिल नेपाल ब्याडमिन्टन संघ गठन: अध्यक्षमा तिलक, महासचिवमा बेनुप
काठमाडौं । नेपाल ब्याडमिन्टन संघका कोषाध्यक्ष तिलक पाण्डेको अध्यक्षतामा अखिल नेपाल ब्याडमिन्टन संघ गठन भएको छ। सत्तारुढ दल नेकपा माओवादी...
-
आईपीएल: मुम्बईलाई पराजित गरेसँगै कोलकाता शीर्ष स्थानमा
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा शीर्ष स्थानको कोलकाता नाइट राइडर्सले मुम्बई इन्डियन्सलाई १८ रनले पराजित...
-
युरोपेली च्याम्पियन्स लिगको फाइनलमा रियल मड्रिड
काठमाडाैँ । रियल मड्रिड युरोपेली च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । च्याम्पियन्स लिगअन्तर्गत गए रात भएको सेमिफाइनलको दोस्रो लेगमा...
-
आईपीएलः आज पञ्जाब किंग्स र रोयल च्यालेन्जर्सबीच भिडन्त हुँदै
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा सनराइजर्स हैदरावादले लखनउ सुपर जायन्ट्समाथि १० विकेटको ऐतिहासिक जित निकालेको...
-
इन्डियन प्रिमियर लिग: राजस्थान रोयल्यसमाथि दिल्ली क्यापिटल्सको जित
काठमाडाैँ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई पराजित गरेको छ । अरुण जेटली स्टेडियममा भएको खेलमा...