मूल्य अभिवृद्धि कर बढेपछि श्रीलंकाको राजस्व २५ प्रतिशतले बढ्यो
कोलम्बो । मूल्य अभिवृद्धि कर (भ्याट) बढेपछि जनवरीमा श्रीलङ्काको राजस्व २५ प्रतिशतले बढेको अर्थ राज्यमन्त्री रञ्जित सियाम्बलापिटियाले बिहीबार जानकारी दिनु भएको छ । संसदलाई सम्बोधन गर्दै सियामबालापिटियाले जनवरीमा प्रदेशको राजस्व २ खर्ब १९ अर्ब रुपैयाँ अनुमान गरे पनि सरकारले २०२४ माघमा २७४ अर्ब रुपैयाँ राजस्व सङ्कलन गरेको बताउनु भएको छ ।
श्रीलङ्का सरकारले भन्सार विभाग, अन्तःशुल्क विभाग र आन्तरिक राजस्व विभागमार्फत राजस्व सङ्कलन गर्ने गरेको सियाम्बलापिटियाले जानकारी दिनु भएको छ। २०२४ माघमा भन्सार विभागले १२१ अर्ब, अन्तःशुल्क विभागले ३९ अर्ब र आन्तरिक राजस्व विभागले एक खर्ब १४ अर्ब रुपैयाँ राजस्व सङ्कलन गरेको पनि उहाँले बताउनु भएको छ ।
राज्यमन्त्रीले राजस्व वृद्धिले अन्ततः देशका सबै जनतालाई फाइदा पुग्ने धारणा राख्नु भएको छ । उहाँले संसद्मा जनवरीमा मुद्रास्फीति ६.४ प्रतिशत रहेको र खाद्य मुद्रास्फीति ३.३ प्रतिशत मात्रै रहेको पनि जानकरी दिनु भएको छ । आर्थिक रूपमा टाँट पल्टिन लागेको श्रीलङ्काले पछिल्लो समयमा आर्थिक सुधार गरेको छ ।
Comments
अरु समाचार
-
किसानलाई उद्यमशीलतासँग जोड्न मौरी घार वितरण
काठमाडौं । किसानलाई उद्यमशीलतासँग जोड्न स्याङ्जाको भिरकोट नगरपालिकाले गोलासहितका मौरी घार वितरण गरेको छ । गरिबी निवारणका लागि लघुउद्यम विकास...
-
दश महिनामा करिब एक्काइस अर्ब राजस्व सङ्कलन
काठमाडौं । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा चालु आर्थिक वर्षको १० महिनामा करिब रु २१ अर्ब राजस्व सङ्कलन भएको छ । कोष तथा...
-
नेप्से परिसूचकमा झिनो अङ्कको बृद्धि
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार,...
-
वीरगञ्ज सुक्खा बन्दरगाहबाट ४० अर्ब ८३ लाख राजस्व सङ्कलन
काठमाडौं । सुक्खा बन्दरगाह भन्सार कार्यालय वीरगञ्जले चालु आर्थिक वर्षको १० महिनामा रु ४० अर्ब तीन करोड ८३ लाख ३८...
-
‘सरकारमा रहँदा कांग्रेसले टी-स्टेटको जग्गा बेचेर कमिसन खायो, छानबिन हुनुपर्छ’
काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन कांग्रेस नेतृत्वको सरकारले गिरीबन्धु टी-स्टेटको...
-
आगामी ५ वर्षमा आर्थिक वृद्धिदर ७.३ प्रतिशत पुर्याउने लक्ष्य
काठमाडौं । आगामी पाँच वर्षमा मुलुकको आर्थिक वृद्धिदर ७.३ प्रतिशत पु¥याउने लक्ष्य राखिएको छ । राष्ट्रिय योजना आयोगले आज यहाँ...
-
सोह्रौँ योजना कार्यान्वयन गर्न अनुमानित लागत रु एक सय ११ खर्ब
काठमाडौं । सोह्रौँ योजना कार्यान्वयनका लागि करिब रु एक सय ११ खर्ब लागत अनुमान गरिएको छ । राष्ट्रिय योजना आयोगले...
-
नेप्से परिसूचक नौ दशमलव ५४ अङ्कले घट्यो
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा नौ दशमलव ५४ अङ्कको गिरावट देखिएको छ । आज परिसूचक शून्य दशमलव ४७...
-
प्रतितोला एक हजार रुपैयाँले बढ्यो सुनको मूल्य
काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १...