आईपिएल :चेन्नईको लगातार दोस्रो जित, गुजरात ६३ रनले पराजित
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल)मा चेन्नई सुपर किंगले दोस्रो जित दर्ता गरेको छ। गएराति भएको खेलमा गुजरात टाइटनलाई ६३ रनले पराजित गर्दै चेन्नईले लगातार दोस्रो जित निकालेको हो। उद्घाटन खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरमाथि चेन्नईले ६ विकेटको जित निकालेको थियो।
मंगलबार राति दोस्रो खेलमा गुजरातले टस जितेर फिल्ड रोजेपछि चेन्नईले सुरुमा ब्याटिङ गरेको थियो। ६ विकेटको क्षतिमा चेन्नईले गुजरातलाई २०७ रनको विशाल लक्ष्य दियो। चेन्नईका लागि शिवम दुबेले अर्धशतक बनाए। उनले २३ बलमा ५ छक्काको मद्तमा ५१ रन जोडे। कप्तान रुतुराज गायकवाड र रचिन रविन्द्रको समान ४६–४६ रनको मद्दतमा चेन्नईले २०६ रन बनाएको हो। गुजरातका लागि रासिद खानले दुई विकेट लिए भने साई किशोर, स्पेन्सर जानसन र मोहित शर्माले समान एकएक विकेट हात पारे।
चेन्नईले दिएको २०७ रनको लक्ष्य पछ्याएको गुजरातका लागि साई सुदर्शनले सर्वाधिक ३७ रन बनाए। ऋद्धिमान साह र डेभिड मिलरले समान २१–२१ रन बनाए। गुजरातका कप्तान शुभमन गिल ५ बलमा ८ रन बनाएर आउट भएपछि उसको ब्याटिङ लाइन धरापमा परेको थियो।
गुजरातलाई सस्तैमा समेट्न चेन्नइका लागि दिपक चाहर, मुस्ताफिजुर रहमान र तुषार देशपाण्डेले समान दुईदुई विकेट लिए भने डेरिल मिचेल र माथीशा पाथिरानाले एक–एक विकेट हात पारे। दोस्रो खेलमा गुजरातलाई ६३ रनले पराजित गर्दै चेन्नई आईपिएलको अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ। उद्घाटन खेलमा चेन्नईले रोयल च्यालेन्जर्स बैंग्लोरमाथि चेन्नईले ६ विकेटको जित निकालेको थियो।
पञ्जाव किंग्सले दिल्ली क्यापिटल्सलाई ४ विकेटले पराजित दुई अंक जोडेको छ भने कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदरवादमाथि चार रनको रोमाञ्चक जित निकालेर दुई अंक जोडेको छ। आइतबारको पहिलो खेलमा राजस्थान रोयल्सले लखनउ सुपर जाइन्टसमाथि २० रनको जित निकालेको थियो। आइतबारको दोस्रो खेलमा मुम्बइलाई ६ रनले हराउँदै गुजरातको विजयी सुरुवात गरेको थियो। सोमबारको खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरले पञ्जाब किंग्समाथि ४ विकेटको जित निकाल्दै दुई अंक जोडेको छ।
Comments
अरु समाचार
-
अखिल नेपाल ब्याडमिन्टन संघ गठन: अध्यक्षमा तिलक, महासचिवमा बेनुप
काठमाडौं । नेपाल ब्याडमिन्टन संघका कोषाध्यक्ष तिलक पाण्डेको अध्यक्षतामा अखिल नेपाल ब्याडमिन्टन संघ गठन भएको छ। सत्तारुढ दल नेकपा माओवादी...
-
आईपीएल: मुम्बईलाई पराजित गरेसँगै कोलकाता शीर्ष स्थानमा
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा शीर्ष स्थानको कोलकाता नाइट राइडर्सले मुम्बई इन्डियन्सलाई १८ रनले पराजित...
-
युरोपेली च्याम्पियन्स लिगको फाइनलमा रियल मड्रिड
काठमाडाैँ । रियल मड्रिड युरोपेली च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । च्याम्पियन्स लिगअन्तर्गत गए रात भएको सेमिफाइनलको दोस्रो लेगमा...
-
आईपीएलः आज पञ्जाब किंग्स र रोयल च्यालेन्जर्सबीच भिडन्त हुँदै
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा सनराइजर्स हैदरावादले लखनउ सुपर जायन्ट्समाथि १० विकेटको ऐतिहासिक जित निकालेको...
-
इन्डियन प्रिमियर लिग: राजस्थान रोयल्यसमाथि दिल्ली क्यापिटल्सको जित
काठमाडाैँ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई पराजित गरेको छ । अरुण जेटली स्टेडियममा भएको खेलमा...
-
ला लिगाको उपाधि रियल मड्रिडको पोल्टामा
काठमाडौं । रियल मड्रिडले ३६औं पटक स्पानिस ला लिगाको उपाधि जितेको छ । ला लिगामा दोस्रो स्थानको बार्सिलोना शनिबार राति...
-
वेस्ट इन्डिज ‘ए’ माथि नेपालको ६ विकेटको जीत
काठमाडौं । ओपनर आसिफ शेख र अनिल साहको अर्धशतकप्रेरित नेपालले ट्वान्टी–२० शृंखलाको अन्तिम खेलमा वेस्ट इन्डिज ‘ए’विरुद्ध ६ विकेटको सहज...
-
आईपीएल: शीर्ष स्थानको राजस्थानमाथि हैदरावादको १ रनको सनसनीपूर्ण जित
काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा शीर्ष स्थानको राजस्थान रोयर्ल्समाथि सनराइजर्स हैदरावादले १ रनको सनसनीपूर्ण जित निकालेको...
-
वेस्टइन्डिज ‘ए’ले जित्यो टस, नेपालले पायो फिल्डिङको निम्तो
काठमाडौं । वेस्ट इन्डिज ‘ए’ सँगको चौथो खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा...