वीरेन्द्रनगरको मुटुमा फोहोर थुफ्रियो,स्थानीयलाई वास्तै छैन,नगरपालिका रमिते ! [फोटोफिचरसहित]
सुर्खेत । वीरेन्द्रनगरको मुटुमा रहेको बजार बाटामा हिडने बटुवाहरुले छिछि र दुरदुर गदै हिड्ने गरेको छन् । प्रदेश न ६ को प्रस्तावित राजधानी सुर्खेत वीरेन्द्रनगरलाई नयाँ अवधारणा अनुसार सुन्दर शान्त गर्ने भनिएको छ । बजारका नालाहरुमा फोहोरै फोहोर माात्र भरिएको पाइन्छ ।
फोहोर व्यवस्थित गर्न नगपरपालिकाले ध्यान नदिदा बजार दुर्गन्धीत भएको छ । नालाहरु घरायसी फोहोर,तरकारीका पात, प्लास्ष्टिका टुक्राहरु जताततै फालिएको छ । बजार व्यवस्था पन गर्ने नगर पालिका मौन अवस्थामा बसिरहे्को छ । यो फोहोर व्यवस्थापनमा चासो नदिर्ने हो भने महामारी फैलने सक्ने सम्भावना रहेको छ ।
बजारका व्यवसायिहले आफ्नो पसल अगाडीको फोहोर महिनाको ५० रुपैयाँ तिरेर फोहोर उठाउने सहमति गरेपनि व्यवथापन हुन सकेको छैन । अधिकंश व्यवसायिहरुले नगरपालिका कार्यालयले वार्षिक रुपमा ५ सय देखि व्यवसायको पहिचान गरि १५ सयसम्म नगरपालिकामा कर लिने गरेको व्यापारीहरुको गुनासो गदै आएका छन् ।
बजारमा नगरपालिकाले अहिलेसम्म फोहोर नउठाएको र नालाहरु सफा नगर्दा समस्या दिनप्रति दिन बढदै गरेको स्थानीहरु र व्यवसायीहरु बताउँदै आएका छन् । वीरेन्द्रनगरमा व्यवसाय गदै आएका व्यवसायी भुपेन्द्र थापा मगरले गुनासो गरेका छन् ।
उनले भने, ‘कहिले काही आफनो पसल अगाडीको फोहोर आफै सफा गर्छु नाला भरिएर महामारी फैलन सक्ने सम्भावना छ ।’
सबै भन्दा बढि फोहोर घरायसी फोहोर भात, तरकारी फलफुलका फोहोर बालुवा गिटीहरुले गर्दा नालाहहरु बन्द हुने गरेको छ । आफूहरुले नगरपालिकाले कर तिर्ने गरेको छौं, फोहोर व्यवस्थापनमा नगरपालिकाले चासो नदिएको थापाले बताए ।
यस्तै अर्को व्यवसायी गोपाल बुढा भन्छन्,’आफ्नो पसलको अगाडी फोहोर मासिक ५० रुपैयामा उठाउने गरेको छौ । नगरपालिकामा हामीले व्यवसाय सञ्चालन गरेको भन्दै आफुले ८ सय तिर्ने गरेको बताए । पहिलाका वर्षहरुमा प्रत्येक शनिवार फोहोर सफ गर्ने गरेका थिए । आजभोली कहिले आए सासु कहिले आए आँसु जस्तै गरि सफा गर्न आउने गरेको छ ।’
यस्तै अर्को व्यवसायी डिल बहादुर आर्चायले भने, ‘कहिले खेलाडीहरु सफा गर्ने गरेको छन । कहिले प्रहरी सेना, कहिले उद्योग वाणिज्य संघले सफा गर्ने गरेको छ ।’
नगरपालिका कार्यालय सुर्खेतकी सरफाई वरिष्ठ सहायक टिकाकुमारी थानीका अनुसार नगरपालिका कार्यालय सुर्खेतले ग्रिन सिटी सेवा नेपाललाई २०७० सालमा सम्झौता गरिएको भनाई छ । मुख्य सडकहरुमा महिलाको २ पटक सरफाई गर्ने र सहायक सडक खण्डमा महिलाको १ पटक सरफाई गर्ने भनेर सम्झौता भएको उनले वताएकी छन् ।
मुख्य समस्या भनेको व्यवसायीहरु ऋाफनो पसल अगाडी तिरको फोहोरलाई नालामा फाल्ने भएपछि समस्या भएको बताइन उनले भनिन ग्रिनसिटीले नगरपालिका सँग ५ वर्ष सम्मको सम्झौता रहको उनले बताइन ।
उता ग्रिन सिटी सेवा नेपालका संयोजक शशी केसीका अनुसार घरको फोहोरले यस्तो समस्या भएको बताएका छन । अबको एक हप्ता भित्रै नालाहरुको सरफाई गर्ने बताएका छन । महिाना १५ दिनको सरफाई गर्ने हो ।
अहिले घरायासी फोहोर र घरनिमार्णले गर्दा धेरै फोहोर हुने गरेको बताए । अब व्यापारीहरुलाई अनुरोध गरेर आफनो अगाडीको फोहोर व्यवस्थापनको लागि अनुुरोध गर्ने केसीको भनाई रहेको छ ।
Comments
अरु समाचार
-
बाटो काटिरहेको कुकुरसँग मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु
काठमाडौं । झापाको कमल गाउँपालिकामा कुकुरसँग ठोक्किएर मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय झापाका...
-
लालीगुराँस सहकारीका अध्यक्षसहित ४ जना पक्राउ
काठमाडौं । ललितपुरको लालीगुराँस सहकारी संस्थाका अध्यक्ष अमरदास श्रेष्ठसहित ४ जना पक्राउ परेका छन् । सहकारीको रकम हिनामिनाको आरोपमा प्रहरीले...
-
पहिरोले गाईघाट–दिक्तेल सडक अवरुद्ध
काठमाडौं । उदयपुरको त्रियुगा नगरपालिका–१४ स्थित साउनेको हाडेथुम्कास्थित गाईघाट–दिक्तेल सडक गएराति खसेको पहिरोका कारण बिहानैदेखि अवरुद्ध भएको छ । त्रियुगा–१४...
-
बुहारीले लगाइदिइन् ससुराको गोठमा आगो
काठमाडौं । दाङमा आफ्नै ससुराको गोठमा आगो लगाएको अभियोगमा एकजना महिला पक्राउ परेकी छन् । बङलाचुली गाउँपालिका-५ साकिने निवासी ७३...
-
राजस्व अनुसन्धान विभागलाई बदनाम गर्न तस्कर सक्रिय
काठमाडौं । राजस्व चुहावट र छलीका घटना नियन्त्रण गरि कानुनी कारवाही गर्न राजस्व अनुसन्धान विभागमा अघिल्ला महानिर्देशक नवराज ढुंगाना आएदेखि...
-
माईक्रोबस दुर्घटना हुँदा सात जना घाइते
काठमाडौं । चितवनमा माईक्रोबस दुर्घटना हुँदा एकै परिवारका पाँच सहित सात जना घाइते भएका छन्। भरतपुर महानगरपालिका–१ पानी ट्याङ्की ओरालोस्थित...
-
युथ रेडक्रस पब्लिक युथ क्याम्पसको आयोजनामा क्याम्पस परिसरमा सरसफाइ कार्यक्रम सम्पन्न
काठमाडौं । युथ रेडक्रस पब्लिक युथ क्याम्पस र पब्लिक युथ क्याम्पस कर्मचारी संघको संयुक्त आयोजनामा पब्लिक युथ क्याम्पस परिसरमा सरसफाइ...
-
गुल्मीमा पहिरोले घर पुरिँदा एकै परिवारका ५ जनाको मृत्यु
काठमाडौं। गुल्मीमा गए राति पहिरोले घर पुरिँदा एकै परिवारका ५ जनाको मृत्यु भएको छ । मालिका गाउँपालिका–६ अर्जेको कँडेलपाटामा भेषबहादुर...
-
राजस्व अनुसन्धान विभागकाे टाेली भैरहवा र नेपालगन्जमा, स्थानीय उद्यमी–व्यवसायीहरूसँग अन्तरकिया सम्पन्न
काठमाडौं । राजस्व अनुसन्धान विभागका महानिर्देशक चक्रबहादुर बुढा भैरहवा,बुटवल,कपिलवस्तु,बाँके र वर्दिया लगायतका जिल्लाको राजस्व चुहावट,राजस्व अनुसन्धान कार्यालय बुटवल, कोहलपुरको अनुगमन...