कालिमाटीका व्यापारीको बर्गिकरण, रातो स्टीकर पाएका व्यवसायीलाई होला त कारवाही ?
काठमाडौं २५, जेष्ठ । काठमाडौंको कालिमाटीस्थित कालिमाटी फलफूल तथा तरकारी बजारका व्यवसायीलाई रातो, निलो, पहेलो र सेतो गरेर चार भागमा बर्गीकरण गरिएको छ ।
कालिमाटीमा विचाैलियाको विगविगि बढेसंगै सरकारले यसको नियन्त्रण गर्नका लागि गरेका प्रयासहरु खासै प्रभावकारि नभएको गुनासोका वावजुत यसरी व्यापारीको बर्गिकरण गरिएको जनाइएको छ ।
किसान, व्यापारी र कृषि बजार निर्देशनालयको बोर्ड बैठकले व्यवसायीहरुलाई चार भागमा बर्गीकरण गर्दै चित्तबुझ्दो जवाफ नआए सम्झौता रद्द समेत गर्ने निर्णय गरेको हो ।
बजारमा नियमित नआउने, कारोवारमा संलग्न नहुने, विदेशमा बसेर अरुलाई नै व्यवसाय गर्न लगाउने वा भाडामा पसल दिने व्यवसायीले रातो स्टिकर पाएका छन् ।
त्यस्तै, बजारमा कहिलेकाँही उपस्थित हुने र आफन्तबाट बजार सञ्चालन गर्ने व्यवसायी निलो बर्गमा परेका छन् भने व्यवसायी आफै उपस्थित भएर पनि अरुसहित राखेर कारोवार गर्ने व्यवसायीले पहेँलो स्टिकर पाएका छन् ।
बजारमा राम्रो काम गर्ने व्यवसायीले भने सेतो स्टिकर पाएका छन् । रातो पाउनेमा ९९, निलो पाउनेमा १३१, पहेँलो २०९ र सेतो १५९ व्यवसायी छन् ।
केहि दिन पहिले कृषिमन्त्री चक्रपाणि खनाल बलदेवले कालिमाटी बजारको अवलोकन गर्दै त्यहाको व्याप्त समस्यालाई निराकरण गर्ने भन्दै एक्न लिएका थिए ।
कालिमाटिमा कहिले केहि त कहिले कहि बहानामा तरकारीको मूल्य बढाउने, बजारमा कृतिम अभाव सिर्जना गर्ने लगायतका विभिन्न कार्य समेत हुने गरेको पाइन्छ । सरकारले दशै तिहार जस्ता ठूला चाडपर्वमा अनुगमन गर्ने त्यो पछि वर्षै भरि कसैको आँखा नजानाले यस्तो हुन पुगेको त्यहाका व्यापारी आफै बताउने गर्दछन् ।
यसअघि बजार व्यवस्थापन समितिले गठन गरेको उपसमितिले ३ सय ३८ व्यवसायीलाई कार्वाहीका लागि सिफारिस गरेको थियो । यसरी कारबाहीको सूचीमा पर्नेमा बहुउद्देश्यीय भवन र टहराभित्र रहेका व्यवसायी छन् ।
Comments
अरु समाचार
-
मेची भन्सारद्वारा रु एघार अर्ब ५९ करोड राजस्व सङ्कलन
काठमाडौं । मेची भन्सार कार्यालय काँकडभिट्टाले चालु आर्थिक वर्षको दश महिनामा रु एघार अर्ब ५९ करोड ३७ लाख ३४ हजार...
-
सुनको मूल्य तोलामा रु एक हजार छ सयले वृद्धि
काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा रु एक हजार छ सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी...
-
किसानलाई उद्यमशीलतासँग जोड्न मौरी घार वितरण
काठमाडौं । किसानलाई उद्यमशीलतासँग जोड्न स्याङ्जाको भिरकोट नगरपालिकाले गोलासहितका मौरी घार वितरण गरेको छ । गरिबी निवारणका लागि लघुउद्यम विकास...
-
दश महिनामा करिब एक्काइस अर्ब राजस्व सङ्कलन
काठमाडौं । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा चालु आर्थिक वर्षको १० महिनामा करिब रु २१ अर्ब राजस्व सङ्कलन भएको छ । कोष तथा...
-
नेप्से परिसूचकमा झिनो अङ्कको बृद्धि
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार,...
-
वीरगञ्ज सुक्खा बन्दरगाहबाट ४० अर्ब ८३ लाख राजस्व सङ्कलन
काठमाडौं । सुक्खा बन्दरगाह भन्सार कार्यालय वीरगञ्जले चालु आर्थिक वर्षको १० महिनामा रु ४० अर्ब तीन करोड ८३ लाख ३८...
-
‘सरकारमा रहँदा कांग्रेसले टी-स्टेटको जग्गा बेचेर कमिसन खायो, छानबिन हुनुपर्छ’
काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन कांग्रेस नेतृत्वको सरकारले गिरीबन्धु टी-स्टेटको...
-
आगामी ५ वर्षमा आर्थिक वृद्धिदर ७.३ प्रतिशत पुर्याउने लक्ष्य
काठमाडौं । आगामी पाँच वर्षमा मुलुकको आर्थिक वृद्धिदर ७.३ प्रतिशत पु¥याउने लक्ष्य राखिएको छ । राष्ट्रिय योजना आयोगले आज यहाँ...
-
सोह्रौँ योजना कार्यान्वयन गर्न अनुमानित लागत रु एक सय ११ खर्ब
काठमाडौं । सोह्रौँ योजना कार्यान्वयनका लागि करिब रु एक सय ११ खर्ब लागत अनुमान गरिएको छ । राष्ट्रिय योजना आयोगले...