पश्चिम सेतीबाट हात झिक्यो चिनियाँ कम्पनी थ्री–गर्जेजले
काठमाडाैँ ४,असोज । बहुचर्चित ७ सय ५० मेगावाट क्षमताको पश्चिम सेती आयोजनाबाट चिनियाँ कम्पनी बाहिरिएको छ । १७ वर्षसम्म अस्ट्रेलियन कम्पनी स्मेकले ओगटेको पश्चिम सेतीबाट ७ वर्षअघि सम्झौता गरेको चिनियाँ कम्पनी पनि बाहिरिएको हो ।
सन् १९८० अर्थात् ४० वर्षअघि अध्ययन भए पनि हालसम्म विदेशी कम्पनीबाटै ओगेटेको आयोजना निर्माणको ढाँचा तयार गर्न ऊर्जा, जलस्रोत र सिँचाइमन्त्री वर्षमान पुन, अर्थमन्त्री डा. युवराज खतिवडा र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी भएको उच्चस्तरीय समिति गठन गरिएको छ । मंगलबार प्रधानमन्त्री एवम् बोर्ड अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले पश्चिम सेतीलाई नयाँ ढाँचामा अघि बढाउन समिति गठन गरेको बोर्डका सहसचिव एवं प्रवक्ता उत्तम वाग्लेले जानकारी दिए । हालै लगानी बोर्ड र चिनियाँ कम्पनी चाइना थ्री–गर्जेज इन्टरननेसनल कर्पोरेसन (सिटीजीआई) बीचको वार्तामा चिनियाँ कम्पनीले आयोजनाबाट हात झिक्ने संकेत दिएपछि बोर्डले कम्पनीसँगको सम्झौता तोडेर नयाँ ढाँचामा अघि बढ्ने निर्णय गरेको हो ।
बोर्डको ३२ औं बैठकले चिनियाँ कम्पनीले अनिच्छा देखाएकाले उपयुक्त ढाँचा सिफारिस गर्न उच्चस्तरीय समिति गठन गरेको जनाएको छ । लगानी बोर्डले पश्चिम सेतीलाई प्रतिस्पर्धाका आधारमा अघि बढाउने तयारी गरे पनि यसबारे भने समितिले टुंगो लगाउनेछ ।१७ फागुन २०६८ सालमा चिनियाँ कम्पनीलाई विना प्रतिस्पर्धा दिएपछि तत्कालीन संसद्को प्राकृतिक स्रोत साधन समितिले छानबिन गरी रद्द गर्न निर्देशन दिए पनि पछि लामो विवादपछि खुला गरेको थियो ।
२०६८ साल फागुनमा ऊर्जा मन्त्रालय र कर्पोरेसनबीच भएको सम्झौतामा ६ महिनाभित्र अध्ययन सकेर एक वर्षभित्र संयुक्त उपक्रम (जेभीए) गर्ने उल्लेख रहेकोमा २०७३ साल माघ ३ मा मात्र प्रारम्भिक जेभीए भने गत साउनको पहिलो साता मात्र जेभीए भएको थियो ।
जेभीए गरिसकेपछि चिनियाँ कम्पनीले आफूहरू बोर्डको सर्तअनुसार बनाउन नसक्ने भन्दै हात झिक्ने इच्छा देखाएको थियो । त्यसैगरी लगानी बोर्डको बैठकले बोर्डले सहजीकरण गरिरहेका पूर्वाधार परियोजनाका लागि आवश्यक पहुँचमार्ग, पुल, सञ्चार, प्रसारण लाइनलगायतका अन्य पूर्वाधार निर्माणसम्बन्धी कार्य सम्पन्न गर्न सम्बन्धित विकासकर्ताले नै निर्माण गर्ने र त्यस वापतको खर्च सरकारले पछि मिलान गर्ने अवधारण सम्बन्धमा कार्यविधि बनाउने निर्णय गरेको छ ।
त्यसैगरी आगामी सन् २०१९ को मार्चमा लगानी सम्मेलन गर्ने निर्णय गर्दै बोर्डका सदस्यहरूमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा, नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्मा, चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ र व्यवसायी वालकृष्ण सिवाकोटीलाई नियुक्त गर्ने निर्णय गरेको छ । त्यसैगरी बैठकले सोलार इनर्जी, रिभर पोर्ट तथा म्याग्नेसिट इनर्जी सम्बन्धमा सम्भाव्यता अध्ययन विषयमा लगानी बोर्डलाई तोक्ने प्रयोजनका लागि मन्त्रिपरिषद्मा सिफारिस गर्ने निर्णय गरेको छ । त्यसैगरी काठमाडौंको दहचोक, भक्तपुर र पोखरामा अन्तर्राष्ट्रियस्तरको होटल निर्माण गर्न विकासकर्ता कम्पनी जापान क्लब इन्टरनेसनलले दिएको निवेदन अनुसार १३ करोड ९८ लाख अमेरिकी डलर बराबरको विदेशी लगानी स्वीकृत गर्ने निर्णय गरेको छ ।
Comments
अरु समाचार
-
किसानलाई उद्यमशीलतासँग जोड्न मौरी घार वितरण
काठमाडौं । किसानलाई उद्यमशीलतासँग जोड्न स्याङ्जाको भिरकोट नगरपालिकाले गोलासहितका मौरी घार वितरण गरेको छ । गरिबी निवारणका लागि लघुउद्यम विकास...
-
दश महिनामा करिब एक्काइस अर्ब राजस्व सङ्कलन
काठमाडौं । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा चालु आर्थिक वर्षको १० महिनामा करिब रु २१ अर्ब राजस्व सङ्कलन भएको छ । कोष तथा...
-
नेप्से परिसूचकमा झिनो अङ्कको बृद्धि
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार,...
-
वीरगञ्ज सुक्खा बन्दरगाहबाट ४० अर्ब ८३ लाख राजस्व सङ्कलन
काठमाडौं । सुक्खा बन्दरगाह भन्सार कार्यालय वीरगञ्जले चालु आर्थिक वर्षको १० महिनामा रु ४० अर्ब तीन करोड ८३ लाख ३८...
-
‘सरकारमा रहँदा कांग्रेसले टी-स्टेटको जग्गा बेचेर कमिसन खायो, छानबिन हुनुपर्छ’
काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन कांग्रेस नेतृत्वको सरकारले गिरीबन्धु टी-स्टेटको...
-
आगामी ५ वर्षमा आर्थिक वृद्धिदर ७.३ प्रतिशत पुर्याउने लक्ष्य
काठमाडौं । आगामी पाँच वर्षमा मुलुकको आर्थिक वृद्धिदर ७.३ प्रतिशत पु¥याउने लक्ष्य राखिएको छ । राष्ट्रिय योजना आयोगले आज यहाँ...
-
सोह्रौँ योजना कार्यान्वयन गर्न अनुमानित लागत रु एक सय ११ खर्ब
काठमाडौं । सोह्रौँ योजना कार्यान्वयनका लागि करिब रु एक सय ११ खर्ब लागत अनुमान गरिएको छ । राष्ट्रिय योजना आयोगले...
-
नेप्से परिसूचक नौ दशमलव ५४ अङ्कले घट्यो
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा नौ दशमलव ५४ अङ्कको गिरावट देखिएको छ । आज परिसूचक शून्य दशमलव ४७...
-
प्रतितोला एक हजार रुपैयाँले बढ्यो सुनको मूल्य
काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १...