राजधानी र नाममा सहमति नजुट्दा हिअउँदे अधिवेशन अन्योल
पथरी । राजधानी र प्रदेशको नाममा सहमति नजुट्दा प्रदेश १ को हिउँदे अधिवेशन आह्वानबारे अझै टुङ्गो लाग्न सकेको छैन । पुसको पहिलो साताबाट हिउँदे अधिवेशन बस्ने सहमति गर्दै बर्खे अधिवेशन असोज २३ मा सकिएको थियो । साझा सूचीमा रहेका विधेयक अझै पारित गरिएको छैन ।
त्यसैगरी स्थायी राजधानी र नामाङ्कनका विषयमा सहमति जुट्न नसक्दा र प्रदेश सरकारले प्रदेशसभालाई छलफलका विषयवस्तु उपलव्ध गराउन नसक्दा समयमै प्रदेशसभाले हिउँदे अधिवेशन पर धकेलिएको हो । प्रदेश सरकारले बर्खे अधिवेशन अन्त्य गर्न लाग्दा आउँदो हिउँदे अधिवेशनमा प्रदेशको नामाङ्कन र स्थायी राजधानी टङ्गो लगाउने बताएको थियो तर सहमति हुन नसकेकैले हिउँदे अधिवेशन शुरु गर्न ढिलो भएको प्रदेश सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार स्थायी राजधानी र नाम सहमतिबाट टुङ्गो लगाउने प्रयास गर्दा गृहकार्य नपुगेको महसुस भयो”, उहाँले भन्नुभयो, “त्यसमा सहमति जुटाउन अझै गृहकार्य गर्नुपरेकाले अधिवेशन शुरु हुन नसकेको हो ।” प्रदेशको नाम र राजधानी सम्भवतः हिउँदे अधिवेशनमा टुङ्गिे सभामुख भण्डारीले बताउनुभयो ।
प्रदेश सरकार सञ्चालनका लागि आवश्यक कानून निर्माण भैसकेकाले पनि अधिवेशन ढिलो भएको भन्न नमिल्ने उहाँको भनाइ थियो । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सचेतक सूर्य राईले प्रदेश सरकारको निक्कमापनका कारण प्रदेशको नाम र राजधानी अन्योलमा परेको आरोप लागाउनुभयो ।
उक्त प्रदेशले अहिलेसम्म २३ वटा विधेयक पास गरिसकेको छ । नेपालको संविधानले सङ्घ र प्रदेशका साझा अधिकार सूचीमा २१ वटा विषय तोकेको छ । संविधानले २५ वटा विषयलाई प्रदेशको अधिकारको सूचीमा राखेको छ भने १५ वटा विषयलाई सङ्घ, प्रदेश र स्थानीय तहको साझा अधिकार सूचीमा राखेको छ । सङ्घको एकल अधिकार सूचीमा ३५ विषय समेटिएका छन् । रासस
Comments
अरु समाचार
-
आजको राशिफल: २०८१ वैशाख १८ गते मंगलवार
मेष: भूमि,वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। काम बन्नेछ र महत्त्वपूर्ण वस्तु लाभ हुनेछ। सहयोगीहरूले...
-
विराटनगरमा विद्युतीय गाडी उत्पादन गर्न कोशी एनके मोटर्स र चिनियाँ कम्पनीबीच सम्झौता
विराटनगर । विराटनगरमा कोशी एनके मोटर्सले विद्युतीय गाडी उत्पादन गर्ने भएको छ । चिनियाँ कम्पनीसँगको साझेदारीमा एनके मोटर्सले विद्युतीय गाडी...
-
इलाम २ मा एमालेका सुहाङ १६२३ मत अन्तरले अग्रस्थानमा
काठमाडौं । इलाम २ को प्रतिनिधिसभाको उपनिर्वाचनमा हालसम्म करिब १६ हजार मतगणना भइसकेको छ । हालसम्म १० वटा वडाको गणना...
-
उपनिर्वाचन शान्तिपूर्ण, सुहाङले भने- चुनाव जित्नेमा विश्वस्त छु
काठमाण्डौ । उपचुनाव भैरहेको इलाम र बझाङमा उत्साहजनक र शान्तिपूर्ण रूपमा मतदान जारी छ । इलामको प्रतिनिधिसभा क्षेत्र–२ तथा बझाङको...
-
धनकुटाको हिलेमा आजदेखि खाना महोत्सव
धनकुटा, ५ वैशाख: पर्यटन प्रवर्द्धनको माध्यमबाट आर्थिक गतिविधि बढाउन धनकुटाको व्यापारिक केन्द्र हिले बजारमा आजदेखि पाँच दिने तेस्रो खाना महोत्सव...
-
इलामको माइजोगमाईमा साना सिँचाइ कार्यक्रम सुरु
काठमाडौं । जिल्लाको माइजोगमाई गाउँपालिकामा खेतीयोग्य जमिनमा सिँचाइ पुयाउने उद्देश्यले सञ्चालित ‘साना सिँचाइ कार्यक्रम’ले पूर्वाधार निर्माणको कामलाई तीव्रता दिएको छ...
-
दमकस्थित लाइफलाइन अस्पतालको भवनमा आगलागी
२८ चैत, दमक । दमकस्थित लाइफलाइन अस्पताल नजिक मङ्गलबार राति आगलागी हुँदा दुई करोडभन्दा बढीको क्षति भएको छ । अस्पताल...
-
सुहाङले इलाम-२ मा ५ हजार मत अन्तरले जित्ने दावी
झापा । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री एवम् नेकपा एमालेका नेता हिक्मत कार्कीले इलाम–२ को उपनिर्वाचनमा सुहाङ नेम्बाङले करिव ४ देखि...
-
खोटाङमा सञ्चालित बृहत् स्वास्थ्य शिविरबाट छ हजार लाभान्वित
काठमाडौं । खोटाङ सेवा समाजले आयोजना गरेको बृहत् स्वास्थ्य शिविर शुक्रबार साँझ सम्पन्न भएको छ । ‘जन्मभूमिको सम्मान, स्वास्थ्य श्रमदान...