ताजा समाचार

१ अर्ब चन्दा मागेसंगै बिथोलियो परिस्थिति, विप्लवका नेता भन्छन- जनताको अधिकारमाथि खेलवाड गर्दा बम बर्षियो !

काठमाडाैं । नख्खुमा एनसेलमाथि भएको बिस्फोटको जिम्मा विप्लव नेतृत्वको नेकपाले लिएपछि अनेक तर्कहरुले बजारमा प्रवेश पाएका छन् ।

कसैले चन्दा नदिएको झोकमा बम हानेको भनेका छन भने कसैले राजनीतिक शक्ति देखाएर सरकारलाई आफू भएको देखाउन यसो गरेको आशंका व्यक्त भएका छन् ।

यसबारे बुझ्न न्युज-नेपालको समाचार टिमले विप्लव नेतृत्वको एक नेतालाई सम्पर्क गर्दा उनले भने, हामीले कारवाही गरेको कुरा साँचो हो । तर, कारवाहीको उद्धेश्य भने मानविय क्षति गराउनु थिएन् । हामीले एनसेललाई पटक पटक चेतावनी दिदै आएका थियाैं । राज्यलाई कर तिर्नु पर्छ । नेपालीको पैसा नेपालमै लगानी हुनु पर्छ भनेर भनेपनि अटेर गर्दै आएकाले हाम्रो पार्टीले तार्किक हमलाको तयारी थालेको हो ।

सरकारले गर्ला भनेर बस्दा जनताले राजस्व मात्रै नभएर हर्बाैं रकम गुमाउने डर पैदा भएकाले हामीले यसबारे गम्भिर हमलाको तयारी स्वरुप सानो कारवाही गरेका हाैं । ती नेताले नाम उल्लेख नगर्ने सर्तमा भने ।

तर, एनसेलका कर्मचारीलाई यसबारे सोध्दा नाम उल्लेख नगर्ने सर्तमा उनले भने, १ अर्ब चन्दा माग गरिएको थियो । एनसेलले किस्ता किस्ता गरेर उचित चन्दा दिन्छ भनेर भन्दा एकमुष्ठ पैसा नदिए गम्भिर परिणाम भोग्नु पर्ने भन्दै भनेर गएका थिए । नभन्दै यस्तो भयो ।

एनसेलको माथिल्लो स्तरमा चन्दाबारे बहस चर्चा भइरहेकै थियो । चन्दा यो भन्दा पहिले पनि दिएकै हो । अहिले एक्कासी ठूलो मात्रामा रकम माग गरिएपछि दिन सकस परेको हो । ३० करोडसम्म दिने गरेर कुरा राख्दा समेत उनीहरुले आफ्नो कुराबाट टसकोमस हुन नमानेपछि एनसेल गम्भिर मोडमा पुगेको हो ।

तर, यता नेकपाका ती नेताले भने, पार्टीलाई बदनाम गराउन विभिन्न षडयन्त्र रचिएको छ । चन्दासँग सम्झाैता गरेको भए सरकारले समेत चन्दा दिन्छ होला तर जनताको हक हितका लागि लड्ने हामीहरु पैसाको कुनै खेलमा लाग्दैनाैं । यदि यस्तो प्रमाण भेटाएमा भन्नूस्, म मात्रै होइन हजाराैं नेता कार्यकर्ताले आजै पार्टी परित्यागको घोषणा गर्छन । हामी जनताको अधिकारका निम्ति ज्यानको बलिदान दिन पनि तयार छाैं र आइपरे लिन पनि ती नेताले भने । उनले मानविय क्षति गर्ने उद्ैश्य नभएपनि यस्तो हुन गएकोमा भने जनतासँग क्षमा मागेका छन् ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org