ताजा समाचार

एनसेलले ३९ अर्ब बढि लाभकर तिर्नुपर्ने

काठमाडाैं । एनसेलले ३९ अर्ब ६ करोड ८४ हजार ८ सय १५ रुपैया लाबकर तिर्नु पर्ने भएको छ ।

निजी दुरसञ्चार प्रदायक कम्पनी एनसेलले उक्त रकम तिर्नु पर्ने भन्दै ठुला करदाता कार्यालयले जनाएको छ । सर्वोच्च अदालतको फैसलासँगै एनसेलले तिर्न बाँकी नयाँ लाभकर निर्धारण भएको हो ।

कारोबारसँग सम्बन्धित कागजातहरु प्राप्त नभएको भन्दै ठूला करदाताले एक्जियटा वर्हाड मलेसियाले मलेसियन स्टक एक्सचेन्जमा देखाएको १ अर्ब ३६ करोड ५१ लाख अमेरिकी डलरलाई विवादित कारोबारमा भुक्तानी भएको मानी कर निर्धारण गर्न सर्वोच्चले भनेको छ। यो रकम १ खर्ब ४४ अर्ब ७८ करोड २५ लाख ६ हजार रुपैयाँ बराबर हो।

सर्वोच्चले गत माघ २३ गते एनसेलसँग लाभकर लिन जारी गरेको परमादेशको पूर्णपाठपछि ठूला करदाता कार्यालयले लाभकर निर्धारण गरेको हो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org