ताजा समाचार

एसएसपी सिंहको सरुवापछि गुण्डा नाइकेदेखि अपराधिक पृष्ठभुमिका डनहरु खुशीले गदगद

काठमाडाैं । महनगरीय प्रहरी अपराध महाशाखा काठमाडाैंमा कार्यरत एसएसपी धिरजप्रताप सिंह एक वर्षे कार्यकाल पुरा गरेर सरुवा भएका छन् ।

अपराध महाशाखामा कार्यरत हुदा सिंहले अपराध अनुसन्धानमा देखाएको सक्रियताका कारण उनी चर्चामा रहिरहने पात्रका रुपमा चिनिएका थिए । भने, सिंहको स्थानमा सहकुल थापा आएका छन् ।

अपराध महाशाखाका अनुसार सुरक्षा चुनाैती त अपराधीहरु सि कोसरुवापछि खुशियाली मनाउन थालेका छन् । सिहं निर्वाचन सकिएको र सुरक्षा चुनाैती थप बलियो भएका बेला अपराध महाशाखामा आएपनि उनले सहजै रुपमा कार्य सम्पादन गरेको जनाइन्छ । प्रहरी तालिम शाखामा सरुवा भएका सिंहले अपराध महाशाखामा कार्यरत रहँदा गुण्डा नाइके, मिटर ब्याजीवाला र विप्लव नेतृत्वको उच्च कमाण्ड नेतृत्वलाई पक्राउ गरेर साहसीपूर्ण काम गर्ने अधिकारीमध्येका एक कुशल प्रहरी अधिकृत रहेको स्रोतको दाबी छ ।

शान्ति सुरक्षा कायम गर्ने क्रममा सिंहले विभिन्न अपरेसन समेत चलाएका थिए । जसका कारण गुण्डागर्दी र अपराधिक घटना भएको धेरै कुरा सुनिएको थिएन ।

गुण्डागर्दी र राजनीतिक आवरणमा अपराधिक काम गर्दै आएका विभिन्न समूहका गुण्डाहरुलाई नियन्त्रण गरेर कारबाही अगाडी बढाएका सिंहको कार्यकाल सफल रहेको सत्तारुढ दल नेकपामा समेत चर्चा चल्ने गरेको छ ।

गृहमन्त्रालय स्रोतका अनुसार सिंह क्षमतावान र प्रतिाशाली प्रहरी अधिकृत भएकाले अपराध नियन्त्रणमा ठूलो सफलता हाँसिल गर्न सकिएको हो । बाहिर जनतामा भ्रम छर्ने र प्रहरी प्रशासनको मनोबल गिराउने थुप्रै सम्ुह सक्रिय भएपनि सिंह नेतृत्वको महाशाखाले शान्ति सुरक्षामा कुनै कसर बाँकी नराखेको जनाइन्छ । पछिल्लो समय वम विस्फोट तथा आगजनीका घटनामा समेत सिंहले विशेष योजना बनाएर गृह मन्त्रालयमा पेश गरेको गृह अधिकारीले जनाएका छन् ।

सिंहको सरुवा भएपछि राजधानीमा विभिन्न समूह बनाएर सक्रिय रहेका टोले गुण्डादेखि माथिल्लो तहसम्मका अपराधिहरु सलबलाउन थालेको र खुशियाली मनाउन थालेको प्रहरी स्रोत जनाउछ ।

तर, काठमाडाैं प्रहरी परिसर सम्हालेका वसन्त लामा भने ८ महिना मै सरुवा भएका छन् । सामान्यतया प्रहरीमा एक वर्षे कार्यकाल पुरा गरेर सरुवा गराउने प्रचलन रहेको पाइन्छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org