ताजा समाचार

प्रदेश ३ को प्रदेश खेलकुद परीषदको सदस्य सचिवमा भण्डारी नियुक्त

काठमाडाैँ । प्रदेश नं ३ को पहिलो प्रदेश खेलकुद परीषदको सदस्य सचिवमा सुर्य भण्डारी नियुक्त भएका छन ।

असार ९ गते बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले प्रदेश खेलकुद परिषदको सदस्य सचिवमा सुर्य भण्डारी लगाएत पाँच जना सदस्य नियुक्ति गरेको छ ।

नव नियुक्त सदस्य सचिव भण्डारी लामो समयदेखी खेलकुद क्षेत्रमा काम गरदै आएका छन् । उनी खेलकुद क्षेत्रमा एक अनुभवी र कुशल व्यक्तित्वका रुपमा चिनिन्छन् ।   सदस्य सचिव भण्डारी अहिले नेपाल विद्यालय खेलकुद महासंघको महासचिव समेत छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org