ताजा समाचार

प्रधानमन्त्री निकटका रमेश सिलवाल राखेपको सदस्य सचिव बन्ने

काठमाडौं । तत्कालीन युवा संघका उपाध्यक्ष समेत रहेका गोल्डेन गेट कलेजका संचालक रमेश सिलवालले राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्य सचिवमा नियुक्ति पाउने देखिएको छ ।

राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिव केशवकुमार विष्टको कार्यकाल आगामी असार ९ गते सकिने भएपछि उक्त पदमा पुग्न भलिबल संघका पूर्व अध्यक्ष दानबहादुर तामाङ, नेपाल तेक्वान्दो युनियनका अध्यक्ष शिव कोइराला समेत दाैडमा थिए ।

स्रोतका अनुसार प्रधानमन्त्री ओली निकट मानिने सिलवालले प्रधानमन्त्री ओलीलाई समेत भेटेको स्विकार गरेका छन् । संभवत मन्त्री परिषद् बैठकले भोली उनलाई नियुक्ति दिने निर्णय लिने जनाइएको छ ।

मदन भण्डारी स्पोर्ट्स एकेडेमीमा पूर्व अध्यक्ष समेत रहेका सिलवाललाई तदर्थ समिति मार्फत क्रिकेट संघ (क्यान)को अध्यक्षमा समेत स्थापित गर्न खोजिएको थियो ।

चीन भ्रमणमा रहेका सिलवाल राखेपमा नियुक्ति पाउने देखिएपछि भ्रमण छोट्याएर स्वदेश फर्किसकेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org