ताजा समाचार

पेट्रोल डिजेलको मूल्य बढ्यो, खाना पकाउने ग्यासको घट्यो

स्वचालित मूल्य लागु हुदैँ जाँदा पेट्रोल डिजेलमा झण्डै १५ रुपैयाँ सस्तो पर्ने !

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ ।

पेट्रोलको मूल्यमा १ रुपैयाँ बढेर १०९ रुपैयाँ पुगेको छ भने डिजेल मट्टितेलमा ५० पैसा बढेर ९७ रुपैयाँ पुगेको छ ।

तर खाना पकाउने एलपी ग्यास भने २५ रुपैयाँ घटेर १ हजार ३ सय ७५ रुपैयाँ कयम भएको आयल निगमले जनाएको छ ।

हवाई ईन्धनको हकमा खुद्रा विक्री मूल्य यथावत राखिएको छ ।

निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार निगमले गत वर्ष ग्यासना करिब ६ अर्ब घाटा ब्यहोरेके थियो । यसैको कारण स्वचालित मूल्य अनुसार मूल्य समायोजन हुन सकेको थिएन् । गोइतले भने, ‘मूल्य समायोजन गरेपछि पनि वीरगञ्ज नाकामा नेपालतर्फको मूल्य रक्सौलको मूल्यको तुलनामा पेट्रोल र डिजलमा प्रतिलिटर क्रमशः १४.३७ र १५.४७ रुपैयाँ सस्तो हुने अवस्था रहन्छ ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org