ताजा समाचार

साग फुटबलः भुटानलाई पराजित गर्दै नेपालले जित्यो स्वर्ण

काठमाडाैं । जारी १३ औं सागको पुरुषतर्फको फुटबलमा नेपालले भुटानलाई पराजित गर्दै स्वर्ण जितेको छ ।

राजधानीको दशरथ रंगशालामा नेपालले भुटानलाई २-१ गोल अन्तरले पराजित गर्दै स्वर्ण जितेको हो । भने, भुटानले रजत पदकमा चित्त बुझाउनु परेको हो ।

पहिलो हापमा नेपालकालागि अभिषेक रिजालले १७ औं मिनेटमा पहिलो गोल गरेका थिए र भुटानका कप्तान चेन्चो ग्याल्सेनले गोल गर्दै बराबरी गरेका थिए ।

तर दोश्रो हापमा नेपालकालागि सुनिल बलले दोश्रो गोल गर्दै नेपाललाई जित दिलाएका हुन् । निर्धारित समयभन्दा थप भएको ६ मिनेटमा भने दुबै टिमले आकर्षक अवसर गुमाएका थिए ।

नेपाल साग फुटबलको साबिक विजेता हो। भारतमा सन् २०१६ मा भएको १२औं संस्करणको फाइनलमा नेपालले आयोजक भारतलाई हराउँदै उपाधि जितेको थियो। मंगलबारको विजयसँगै नेपालले फुटबलमा लगातार सागमा दुई सिजन स्वर्ण जितेको छ ।

यद्यपी भुटान भने पहिलो पटक साग संस्करणमा फुटबल फाइनल प्रवेश गरेको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org