ताजा समाचार

गौतमबुद्ध कपको उपाधि नारायणीलाई

काठमाडाैँ ।चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सम्पन्न गौतमबुद्ध कपको उपाधि राप्ती टिमले जितेको छ ।

फाइनलमा नारायणीलाई १० रनले हराएर राप्तीले उपाधि जितेको हो । राप्तीले लगातार तेस्रो जित हासिल गर्दै उपाधि जित्न सफल भएको हो ।

फाइनलमा राप्तीले दिएको १ सय ४४ रनको लक्ष्य पछ्याएको नारायणीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ३४ रन मात्र बनाउन सक्यो ।

उसका लागि आरिफ शेखले ४८ रन बनाए पनि टिमलाई उपाधि दिलाउन सकेनन् । त्यस्तै, इशान पाण्डे, रित गौतमले २७/२७ रन बनाए । बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् ।

बलिङमा अविनाश बोहराले ३, भुवन कार्कीले २, जितेन्द्र मुखिया र कमलसिंह ऐरले एक–एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको मौका पाएको राप्तीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ४३ रन बनायो ।

उसका लागि कुसल भुर्तेलले ४२, अमित श्रेष्ठले १८, शरद भेषवाकरले १२, कप्तान विनोद भण्डारीले ३२, सुमित महर्जनले २२ रनको योगदान दिए । बलिङमा साहब आलमले ३, सुशान भारीले २ र करन केसीले एक विकेट लिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org