ताजा समाचार

विप्लवको नेतृत्वको पार्टी नेकपाले लगाएको धान प्रमुख जिल्ला अधिकारीले काटे

बुटवल । नेपाल कम्युनिस्ट पार्टी पूर्वी दाङले उत्पादन गरेको धान दाङका प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले काटेका छन् । पार्टीले घोराही– १६, करौंटी डाँडामा लगाएको धान खेतमा पुगेर प्रजिअ सुवेदीले बुधबार धान काटेका हुन् ।

खेतमा धान काट्दै प्रजिअ रामबन्दु सुवेदीले पार्टीले उत्पादन गरेको धान खेतमै आएर धान काट्न पाउँदा आफूलाई निकै खुसी लागेको बताए । उनले उत्पादन नै समृद्धिको अभियान भएको बताउँदै अब राजनीतिक दलहरूले हरेक ठाउँमा उत्पादन गर्नुपर्नेमा जोड दिए ।

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा पूर्वी दाङकी इञ्चार्ज सम्झना सीले सो अवसरमा आत्मनिर्भर नेता–कार्यकर्ता, आत्मनिर्भर जनता र आत्मनिर्भर देश बनाउने उद्देश्यका साथ पार्टीको केन्द्रीय योजना अन्तर्गत उत्पादनलाई अगाडि बढाएको बताइन् ।

पाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा पूर्वी दाङकी इञ्चार्ज सम्झना सीले सो अवसरमा आत्मनिर्भर नेता–कार्यकर्ता, आत्मनिर्भर जनता र आत्मनिर्भर देश बनाउने उद्देश्यका साथ पार्टीको केन्द्रीय योजना अन्तर्गत उत्पादनलाई अगाडि बढाएको बताइन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org