ताजा समाचार

नेपालसँग मैत्रीपूर्ण फुटबल खेल्न चिनियाँ टोली काठमाडाैँमा

काठमाडौँ- नेपाली युवा फुटबल टिमसँग मैत्रीपूर्ण फुटबल खेल्न चीनको युवा टिम नेपाल आइपुगेको छ ।

चीनको चाइना युशु युथ टिम बुधबार नेपाल आइपुगेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको हो ।

चाइना युशु युथले नेपाली युथ टिमसँग फेब्रुअरी १० तारिखमा मैत्रीपूर्ण फुटबल खेल्ने तालिका रहेको छ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org