ताजा समाचार

एसीसी वुमन्स प्रिमियर कपः नेपाललाई भुटानले दियो ६६ रनको झिनो लक्ष्य

काठमाडाैँ । मलेसियामा आइतवार बिहानदेखि जारी एसीसी वुमन्स प्रिमियर कप क्रिकेटमा भुटानले नेपाललाई ६६ रनको झिनो लक्ष्य दिएको छ ।

बायोमास ओभलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भुटानले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै ६५ रनमात्र बनाउन सकेको छ । भुटानकी ओपनर न्गावांग चोडेनले ५० बलमा १ चौकासहित सर्वाधिक र्विाधिक २५ रन बनाइन् ।

नेपालकी कप्तान इन्दु बर्मा, कविता कुँवर, सीता रानामगर र कविता जोशीले समान १–१ विकेट लिए ।

समूह ‘डी’मा रहेको नेपालले पहिलो खेलमा हङकङलाई ८ विकेटले हराएको थियो । जारी खेलमा जीत हात पार्न सके नेपालको क्वार्टरफाइनल सम्भावना प्रबल हुनेछ ।

नेपालले अन्तिम खेल मंगलवार माल्दिभ्ससँग खेल्नेछ

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org