बाबा रामदेव र उनका सहयोगी बालकृष्णले अदालतसँग मागे माफी
नयाँ दिल्ली । योग गुरुको रुपमा चर्चित बाबा रामदेव र उनका सहयोगी आचार्य बालकृष्णले भ्रामक विज्ञापन गरेको विषयमा माफी मागेका छन् । आज नयाँ दिल्लीस्थित सर्वोच्च अदालतमा उभ्याइएका उनीहरुले इजलासमै माफी मागेका हुन् । रामदेव पतञ्जलीका संस्थापक हुन् भने आचार्य बालकृष्ण अहिले कम्पनीको म्यानेजिङ डाइरेक्टर र सिइओ छन् । कोराना महामारीका बेला पतञ्जलीले आफ्नो आयुर्वेदिक औषधीको प्रयोगले मात्रै कोभिड संक्रमणबाट बच्न सकिने भन्दै भ्यासिनेशन र एलोप्याथीविरुद्ध गलत प्रचार गरेको थियो ।
त्यसविरुद्ध सन् २०२२ अगस्ट १७ मा इन्डियन मेडिकल एसोसियशनले पतञ्जलीविरुद्ध सर्वोच्चमा रिट दायर गरेको थियो । उक्त रिटउपर बहसको लागि गत महिना पेशी तोकिएमा पतञ्जलीका संस्थापक रामदेवलाई इजलासमा अनिवार्य उपस्थित हुन अदालतले आदेश दिएको थियो । तर, अदालतको आदेश अटेर गर्दै उनले आफ्ना वकिल बलिविर सिंहलाई बहसमा पठाएका थिए ।
सर्वोच्चले वकिल सिंहमार्फत् रामदेवलाई अन्तिम पत्र पठाउदै अप्रिल २ (आज)को मिति तोकेर अदालतमा उपस्थित नभए कम्पनीमाथि नै कारवाही हुने चेतावनी दिएपछि आज आचार्य बालकृष्णसँगै उनी अदालतमा उपस्थित भए । न्यायाधिशद्वय हिमा कोहली र अमान तुल्लाहको संयुक्त इजलासले रामदेवलाई विभिन्न प्रश्नहरु गर्दै इजलासमा र्याखर्याख्ती पारेको थियो । ‘सर्वोच्च अदालतको मात्र होइन, देशको जुनसुकै अदालतको आदेश तपाईले मान्नुपर्छ । तर तपाईले त अदालतको आदेश नै उल्लंघन गरेर सीमा नाघिसक्नुभयो’ इजलासमा न्यायाधीशले चेतावनीको भाषामा सम्झाएका थिए ।
गत महिना सर्वोच्चले अनिवार्य उपस्थित हुन आदेश जारी गरेपछि रामदेवले अटेरी गर्दै उल्टै अदालतका न्यायाधिशविरुद्ध धावा बोलेका थिए । सोही प्रंसगमा संयुक्त इजलाशले थप भनेको छ, ‘अबको ७ दिनभित्र चित्त बुझ्दो जवाफ दिनुभएन भने हामीविरुद्ध झूठो बयानबावी गरेको केसमा हामी नै तपाईलाई हिरासतमा राख्न आदेश दिनेछौ । भ्रम फैलाउनुको पनि हद् हुन्छ, तपाईले हद नाघिसक्नु भयो ।’ जवाफमा रामदेवले माफी मागेको र सर्वोच्चले सुनाउने फैसला आफूलाई मान्न हुने बताएको दैनिक भाष्करले उल्लेख गरेको छ । मुद्धाको अन्तिम सुनुवाई आगामी १० अप्रिलमा हुनेगरी तोकिएको छ ।
Comments
अरु समाचार
-
सरकारले उत्पादन र रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेर बजेट निर्माण गर्दै छः प्रधानमन्त्री प्रचण्ड
काठमाडाैं । सरकारले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमा उत्पादकत्व वृद्धि र रोजगारी सृजनालाई उच्च प्राथमिकता दिने भएको छ...
-
श्रमिकको समस्या समाधान गर्न सरकारले सुरु गर्यो ‘श्रमाधान’ सेवा
काठमाडौं । श्रमिकका विभिन्न समस्या, गुनासो र जिज्ञासालाई समाधान र सुधार गर्ने उद्देश्यसहित सरकारले श्रमाधान सेवाको थालनी गरेको छ ।...
-
नेपाल र वेस्ट इन्डिज ‘ए’ बीच आज तेस्रो खेल हुँदै
काठमाडौं । नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको तेस्रो खेल आज (बुधबार) हुँदैछ। दुई खेल सकिँदा एकएक अंक बाँडेका नेपाल...
-
देशभर डढेलो र आगलागीका घटना बढे, तत्काल पानी नपर्ने
काठमाडौं। देशभर डढेलो र आगलागीका घटना बढेका छन् । सुख्खा बढेका कारण वनको डढेलो बस्तीमा पस्ने र क्षति गर्नेक्रम बढेको...
-
आजको राशिफल: २०८१ साल वैशाख १९ गते बुधवार
मेष राशि : अनावश्यक ठाउँमा धन खर्च होला । प्रेममा मनमुटाव रहला । मनमा निरासा र शरीरमा आलस्य आउला ।...
-
उपचुृनावको नतिजाले एमाले उत्साहित,नयाँ शक्तिको भविष्य अन्योल
काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा गरी दुई वटा सिटमा भएको उपचुनावमध्ये दुवै सिट नेकपा एमालेले जितेको छ ।...
-
विकासका उपलब्धि जोगाउन सार्थक सहयोगका लागि उपप्रधानमन्त्री यादवकाे जोड
काठमाडौँ, १८ वैशाखः उपप्रधानमन्त्री एवं स्वास्थ्य जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले स्वास्थ्य क्षेत्रमा नेपालले हासिल गरेका उपलब्धिलाई जोगाइराख्न संयुक्त राष्ट्रसङ्घलगायत अन्तर्राष्ट्रिय विकास...
-
अब मुलुकमा साढे ६ अर्ब स्वदेशी तथा विदेशी लगानी भित्रिने
काठमाडौँ । मुलुकमा साढे ६ अर्ब स्वदेशी तथा विदेशी लगानी भित्र्याउने सम्झौतासहित तेस्रो लगानी सम्मेलन सकिएको छ । सम्मेलनमा तीन परियोजनामा...
-
इलाममा घण्टी चिन्ह रास्वपाको जमानत जफत
विराटनगर । प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनअन्तर्गत इलाम २ को मतगणना सकिएको छ । १९ जना उम्मेदवार रहेको यस क्षेत्रमा एमालेका सुहाङ...