ताजा समाचार

जनताको चाहना पूरा गर्न प्रतिबद्ध छौँ : अध्यक्ष ओली

काठमाडाैं। नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरू मुलुकलाई संवृद्ध बनाउने अभियानमा जुटिरहेकाले जनताको चाहना पूरा हुने बताएका छन् ।

उनले जनताको विकासप्रतिको चाहना पूरा गर्न सधैँ प्रतिबद्ध रहेको जनाउँदै यस्तो बताएका हुन् । बिहीबार झापाको गौरादहमा भएको कार्यक्रममा अध्यक्ष ओलीले वर्तमान सरकार तथा समीकरण जनहितका लागि बनेकाले जनताको अपेक्षाअनुसार काम गर्ने चर्चा गरे ।

विकासका कामहरू अधुरा नै रहेको जनाउँदै उनले त्यस्ता अधुरा विकासका कामहरू अब पूरा हुँदै जाने बताए । मूलकको विकास नचाहने शक्तिहरू अहिले पनि एमाले र वर्तमान समीकरणविरुद्धमा लागिरहेको पनि उनले बताए । “हामी काममा विश्वास गर्छौँ, जनताको अपेक्षाअनुसार अघि बढ्छौँ” उनले भने । एमालेले कसरी काम गर्छ भन्ने सबै जनताले महसुस गरेको उनले बताए ।

आफ्नो निर्वाचन क्षेत्र झापा क्षेत्र नं. ५ का सबै अधुरा कामलाई पूरा गर्न आफू लाग्ने प्रतिबद्धता उनले जनाए । ओली प्रधानमन्त्री हुँदा निर्वाचन क्षेत्रमा ल्याइएका विभिन्न योजना अलपत्र छन् । स्थानीयले विकास योजनाको विषयमा जिज्ञासा राखेका थिए ।

उपनिर्वाचनमा लाग्न आग्रह

इलाममा हुन लागेको उपनिर्वाचनमा सूक्ष्म तवरले एकताबद्ध भएर लाग्न अध्यक्ष ओलीले निर्देशन दिए । इलाम क्षेत्र नं. २ को निर्वाचन परिचालन समितिका पदाधिकारी तथा सदस्यहरू र पार्टीका स्थानीय अगुवा नेतालाई सो निर्देशन दिए ।

एमाले उपाध्यक्ष, यस क्षेत्रका सांसद सुवासचन्द्र नेम्वाङको निधन भएपछि वैशाख १५ गते इलाम क्षेत्र नं. २ मा उपनिर्वाचन हुँदैछ । नेम्वाङका छोरा सुहाङलाई एमालेले प्रतिनिधि सभा सदस्यमा उम्मेदवार बनाएको छ । स्व. नेम्वाङको सपना पूरा गर्न सुहाङलाई जिताउन लाग्न उनले निर्देशन दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org