रफाहमा इजराइली आक्रमणमा अधिकांश बालबालिकासहित १३ को मृत्यु
काठमाडौं । दक्षिणी गाजा सहर रफाहमा रातभर भएको इजराइली आक्रमणमा नौ बालबालिकासहित १३ जनाको मृत्यु भएको स्वास्थ्य अधिकारीहरूले आइतबार बताएका छन् ।
गाजाका २३ लाख जनसङ्ख्याको आधाभन्दा धेरैले शरण मागेको रफाहमा इजराइलले करिब दैनिक आक्रमण गरेको छ । अमेरिकासहित अन्तर्राष्ट्रिय स्तरले संयमता अपनाउन आग्रह गरे पनि इजराइलले इजिप्टको सिमानामा रहेको रफाहमा आफ्नो स्थल आक्रमण विस्तार गर्ने वाचा गरेको छ ।
कुवैती अस्पतालका अनुसार पहिलो आक्रमणमा एक पुरुष, उनकी पत्नी र उनीहरूको तीन वर्षीय बालकको मृत्यु भएको छ । अस्पतालले महिला गर्भवती रहेको र चिकित्सकहरू बच्चालाई बचाउन सफल रहेको बताएको छ ।
अस्पतालको रेकर्डअनुसार दोस्रो आक्रमणमा एउटै परिवारका आठ बालबालिका र दुई महिलाको मृत्यु भएको छ । अघिल्लो रात रफाहमा भएको हवाई आक्रमणमा छ बालबालिकासहित नौ जना मारिएका थिए ।
स्थानीय स्वास्थ्य अधिकारीहरूका अनुसार इजराइल–हमास युद्धमा ३४ हजारभन्दा बढी प्यालेस्टिनी मारिएका छन् भने गाजाका दुई सबैभन्दा ठूला सहर ध्वस्त भएका छन् र सम्पूर्ण क्षेत्रमा विनाश भएको छ । करिब ८० प्रतशित जनसङ्ख्या आफ्नो घरबाट भागेर घेरिएको तटीय क्षेत्रका अन्य भागमा गएका छन् । विशेषज्ञहरूले ती क्षेत्र भोकमरीको सङ्घारमा रहेको बताएका छन् ।
सातौँ महिनामा चलिरहेको युद्धले क्षेत्रीय अशान्ति फैलाएको छ । यसबाट इजराइल र अमेरिका सम्पूर्ण मध्यपूर्वमा इरान र सम्बद्ध लडाकू समूहहरूविरुद्ध खडा भएका छन् । यसै महिनाको प्रारम्भमा इजराइल र इरानबीच प्रत्यक्ष गोलीबारी हुँदा लामो समयदेखिको उनीहरूको शत्रुताले युद्धको डर बढाएको छ ।
इजराइलले कब्जा गरेको वेस्ट बैंकमा पनि तनाव बढेको छ । इजराइली सेनाका अनुसार सैनिकहरूले आइतबार बिहानै दक्षिणी वेस्ट बैंक सहर हेब्रोन नजिकै एक जाँच चौकीमा चक्कु र बन्दुकले आक्रमण गर्ने दुई प्यालेस्टिनीलाई ‘निष्क्रिय’ बनाएको बताएको छ ।
प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयका अनुसार गाजामा युद्ध सुरु भएपछि वेस्ट बैंकमा इजराइली सैनिक र बसोबास गर्नेहरूबाट कम्तीमा चार सय ६९ प्यालेस्टिनी मारिएका छन् । अधिकांश मानिस इजराइली सैन्य गिरफ्तारी छापा मार्ने क्रममा मारिएका छन् ।
Comments
अरु समाचार
-
गाजामा भएको इजरायली हमलामा चार जनाको मृत्यु
काठमाडौं । गाजा सहरको पूर्वमा रहेको तुफाहमा मङ्गलबार भएको इजरायली हमलामा चार जना प्यालेस्टिनीको मृत्यु हुनुका साथै अन्य धेरै जना...
-
गोप्य सूचना मिडियालाई दिएको आरोपमा नेतान्याहुका सहयोगी पक्राउ
काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको एक शीर्ष तहका सहयोगीले विदेशी सञ्चार माध्यमलाई समाचार उपलब्ध गराएको आरोपमा प्रहरीले गिरफ्तार गरेको...
-
आज अमेरिकी राष्ट्रपतिको निर्वाचन
काठमाडौं । विश्वभर निकै प्रतिक्षा गरिएको अमेरिकाको राष्ट्रपतीय निर्वाचनको मतदात आज हुन गइरहेको छ । अमेरिकी जनताले मतदान गर्न अब...
-
भारतमा बस दुर्घटना : २२ जनाको मृत्यु
काठमाडौं । भारतको उत्तरी राज्य उत्तराखण्डमा सोमबार बस गहिरो खोलामा खसी दुर्घटना हुँदा २२ जनाभन्दा बढीको मृत्यु हुनुका साथै अन्य...
-
इन्डोनेसियामा ज्वालामुखी विस्फोट हुँदा दश जनाको मृत्यु
काठमाडौं । पूर्वी इन्डोनेसियामा ज्वालामुखी विस्फोट हुँदा दश जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । अधिकारीहरूका अनुसार प्रभावित क्षेत्रमा उच्च...
-
भारतको अडानी समूहद्वारा बङ्गलादेशतर्फ आपूर्ति भएको बिजुलीमा कटौती
काठमाडौं । भारतीय अडानी समूहले बङ्गलादेशमा करिब ८५ करोड अमेरिकी डलर को बक्यौता बिल तिर्न बाँकी रहेको भन्दै सीमापार विद्युत...
-
युक्रेनमा ’विजय’ नभएसम्म रूसको साथमा रहने उत्तर कोरियाको घोषणा
मस्को । युक्रेनमा रूसको विजय नभएसम्म उत्तर कोरिया रुसको साथमा रहने विदेश मन्त्री चो सोन हुईले शुक्रबार मस्कोमा घोषण गर्नु...
-
उत्तर कोरियाद्वारा क्षेप्यास्त्र प्रक्षेपण
काठमाडौं । उत्तर कोरियाले बिहीबार आफ्नो परमाणु निवारण बढाउन सबैभन्दा नयाँ र शक्तिशाली क्षेप्यास्त्रहरू मध्ये एकको परीक्षण गरेको बताएको छ...
-
“इजरायल–हिजबुल्लाह युद्धबाट भागेका सिरियालीहरू आफ्नै घरमा दुर्ब्यवहारको जोखिममा”
बेरुत । लेबनानमाथि इजरायलको आक्रमणबाट भागेका सिरियालीहरूले स्वदेशमा दमनको सामना गर्ने देखिएको ह्युमन राइट्स वाचले बुधबार जनाएको छ। युद्धका कारण...