सम्पत्ति शुद्धिकरण विभाग रेकर्ड ब्रेकको योजनामा, तथ्याङ्कले के देखाउँछ ?
काठमाडाैं । सम्पत्ति शुद्धिकरण विभागको स्थापनाकालदेखि अहिलेसम्म ४ हजार ३३ उजुरी दर्ता भएका छन् । विभागमा दर्जा उजुरीमध्ये ८० प्रतिशत उजुरी व्यक्तिगत र बाँकी सरकारी निकायहरुले दर्ता गरेको तथ्याङ्क पाइन्छ ।
विभागमा अख्तियार, नेपाल प्रहरी, राजस्व अनुसन्धान विभाग, नेपाल राष्ट्र बैंक लगायतका निकायबाट २० प्रतिशत शंकास्पद उजुरी आएका छन् । जसमध्ये १ सय २२ वटा मुद्दा अदालतमा दायर भएका छन् ।
यसरी दर्ता भएका उजुरीमध्ये तीन हजार १४ वटा उजुरी फर्छ्याैट भइसकेका छन भने ९ सय उजुरी अनुसन्धानको प्रक्रियामै रहेका छन् । जुन उजुरीहरुमा विभाले आगामी वर्ष फर्छ्याैट गरिसक्ने गरि छानविन अनुसन्धान तीब्र पार्ने महानिर्देशक सुमन दाहालको दाबी छ ।
यो पनिः सम्पत्ति शुद्विकरण अनुसन्धान विभाग युद्धस्तरमा, नौ महिनामा ८० अर्ब बिगो दाबीका १८ मुद्दा दर्ता
कुन वर्षमा कति उजुरी दर्ता र कति मुद्दा दायर भए ?
आर्थिक वर्ष २०६६÷६७ मा उजुरी दर्ता ३३ वटा भएकोमा मुद्दा दर्ता एउटा मात्र भएको थियो। आर्थिक वर्ष २०६७÷६८ मा ४२ वटा उजुरी दर्ता भएकोमा विभागले २ वटा मुद्दा दायर गरेको र अन्य निकायले ६ वटा उजुरी फर्छ्याैट गरेको थियो । आर्थिक वर्ष २०६८÷६९ मा ६५ वटा उजुरी परेकोमा विभागले ८ वटा मुद्दा दायर गरेको र अन्य निकायले १९ वटा उजुरी फर्छ्याैट गरेको थियो। यसैगरि आर्थिक वर्ष २०६९÷७० मा ११२ वटा उजुरी परेकोमा १३ वटा मुद्दा विभागले दर्ता गरेको र अन्य निकायले ३३ वटा उजुरीहरू फर्छ्याैट गरेका थिए। आर्थिक वर्ष २०७०÷७१ मा २५३ वटा उजुरी परेकोमा विभागले ३ वटा मुद्दा दायर गरेको र अन्य निकायले १०४ उजुरी फर्छ्याैट गरेका थिए। आर्थिक वर्ष २०७१÷७२ मा २७५ वटा उजुरी परेकोमा विभागले एउटा मुद्दा दायर गरेको र अन्य निकायले १०९ वटा उजुरीहरू फर्छ्याैट गरेका थिए।
यस्तै आर्थिक वर्ष २०७२÷७३ मा २२१ वटा उजुरी परेकोमा विभागले ४ वटा मुद्दा दर्ता गरि अन्य निकायहरूबाट ६१ वटा उजुरी फर्छ्याैट भएको थियो । आर्थिक वर्ष २०७३÷७४ मा ३०६ वटा उजुरी परेकोमा विभागले ६ वटा मुद्दा दर्ता गरि अन्य निकायले १०४ वटा उजुरी फर्छ्याैट गरेका थिए। आर्थिक वर्ष २०७४÷७५ मा विभागमा २०१ वटा उजुरी परेकोमा ४ वटा मुद्दा दर्ता गरि अन्य निकायबाट २१५ वटा उजुरीहरू फर्छ्याैट भएको थियो। आर्थिक वर्ष २०७५÷७६ मा विभागमा ३२७ वटा उजुरी परेकोमा विभागले ९ वटा मुद्दा दायर गरि अन्य निकायबाट ४३ वटा उजुरीहरू फर्छ्याैट गरेको थियो ।
यसैगरि आर्थिक वर्ष २०७६÷७७ मा २५१ वटा उजुरी परेकोमा विभागले १० वटा मुद्दा दायर गरि अन्य निकायबाट १८१ वटा उजुरीहरू फर्छ्याैट गरेको थियो । आर्थिक वर्ष २०७७÷७८ मा २५० वटा उजुरी परेकोमा विभागले १४ वटा मुद्दा दर्ता गरि अन्य निकायबाट २३६ वटा उजुरी फर्छ्याैट गराएको थियो । यस्तै आर्थिक वर्ष २०७८÷७९ मा १३६ वटा उजुरी परेकोमा विभागले ३ वटा मुद्दा दायर गरि अन्य निकायबाट ८७ वटा उजुरीहरूको फर्छ्याैट गराएको थियो। आर्थिक वर्ष २०७९÷८० मा ७ सय ४२ वटा उजुरीहरू परेकोमा विभागले जम्मा ११ वटा मुद्दा दर्ता गरेको थियो। अन्य निकायबाट ५ सय ४९ वटा उजुरीहरू फर्छ्याैट भएको थियो। आर्थिक वर्ष २०८०÷८१ मा सबै भन्दा धेरै ७ सय ८९ वटा उजुरी परि विभागले १२ वटा मुद्दा दर्ता गरेको थियो भने अन्य निकायहरूले ३ सय २ वटा उजुरी फर्छ्याैट गरेका थिए। आर्थिक वर्ष २०८१÷८२ मा ३० वटा उजुरी परेका छन। यसमा विभागले २०८२ बैशाख १५ गतेसम्म २२ वटा मुद्दा दायरा गरेको छ,अन्य निकायबाट अहिले सम्मकै सबै भन्दा धेरै ७ सय ८८ वटा उजुरी फर्छ्याैट भएका छन। अब विभागमा करिव ९ सय वटा उजुरीहरू कायम छन। ती मध्ये अन्य निकायलाई तीन सय उजुरी फरवार्ड हुने तयारीका छन। यो आर्थिक वर्ष देखिनै विभागले व्याक्तिगत उजुरी लिन छाडेको छ। सरकारी निकायबाट आएका शंकास्पद उजुरीमात्र दर्ता गरि सूक्ष्म अध्ययन, छानवीन र अनुसन्धान गर्दै आएको छ।
सम्बन्धित समाचार शीर्षकः महानिर्देशक दाहालको इन्ट्रिपछि विभागको कार्यशैलीमा व्यापक सुधार, के हुँदैछ ?
१३ वर्षमा १०१ मुद्दा दर्ता
विभागले स्थापना कालदेखि आर्थिक वर्ष २०८०÷८१ सम्म विभागले १०१ थान मुद्दा दायर गरेको छ। त्यसमा कुल बिगो माग दाबी रकम १४ अर्ब २७ करोड २७ लाख रहेको छ। त्यसमध्ये ९७ थान मुद्दाको फैसला भैसकेको छ। त्यसमा बिगो माग दाबी ठहर फैसला ७९ थान भएको र सफाई फैसला १८ थान मुद्दामा भएको छ। विगत १३ वर्षमा २ हजार १ सय ५० वटा उजुरीहरू फर्छ्याैट भएका छन् । त्यसमध्ये विभागले अदालतमा दायर गरेका १०१ थान मुद्दामा सफलता प्रतिशत ८१ प्रतिशत रहेको छ ।
२२ मुद्दामा ८० अर्ब बिगो माग दाबी
यता चालु आर्थिक वर्ष २०८१÷८२ को सुरूवातीमा छानवीन अनुसन्धान हुन अघिल्लो आर्थिक वर्षबाट सरेर आएका १ हजार ६ सय ७६ वटा उजुरी र चालु आर्थिक वर्षमा परेका ३० वटा उजुरी समेत साँढे नौ महिनामा जम्मा एक हजार ७ सय ६ वटा उजुरी विभागमा रहेकोमा त्यसमा विभागले २२ वटा मुद्दा दायर गरि ८० अर्ब रूपैयाँ भन्दा बढी बिगो माग दाबी गरेको छ। यसबीचमा ८ सय १० भन्दा बढी उजुरीहरू फछयौट गरि सकेको महानिर्देशक दाहालले जानकारी बताएका छन् ।
Comments
अरु समाचार
-
उपत्यकामा श्रृंखलाबद्ध सिक्री लुट्ने ‘कर्मा समूह’का नाइकेसहित पाँच पक्राउ
काठमाडौं । उपत्यकाका विभिन्न स्थानमा श्रृंखलाबद्ध रूपमा सुनका सिक्री तथा नगद लुटपाटमा संलग्न ‘कर्मा समूह’का नाइकेसहित पाँच जनालाई प्रहरीले पक्राउ...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...












