ताजा समाचार

पिपुल अफ नेपाली ओरिजिन ‘पीएनओ’ को अध्यक्ष कुमार कार्की चयन

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पिपुल अफ नेपाली ओरिजिन ‘पीएनओ’ को अध्यक्ष कुमार कार्कीलाई तोकेको छ । एनआरएनएका अध्यक्ष हेमराज शर्माले कार्कीलाई ११४ औं आईसीसी बैठकबाट जिम्मेवारी दिएका हुन् ।

कार्की लामो समयदेखि पीएनओ अभियानमा सक्रिय हुँदै आएका छन् । पीएनओ बर्मा, थाइल्यान्ड, मलेसिया, फिजीलगायत सार्क राष्ट्रबाहेकमा बसोबास गर्दै आएका नेपालीहरुलाई नेपाली मुलको विदेशी नागरिकको रुपमा एनआरएनएमा जोड्ने अभियान हो ।

पीएनओ भनेका खास समय र कालखण्डमा नेपाल छाड्न पुगेका नेपाली हुन् । यो नेपालको सबैभन्दा पुरानो डायस्पोरा समाज पनि हो । नेपालीमुलका उनीहरुका पुर्खा ती देशमा पहिलो र दोस्रो विश्वयुद्धका क्रममा यसरी नै पुगेका थिए । त्यसबेलाको अवस्थामा नागरिकता बन्ने र बोकेर हिँड्ने कुनै चलन र परिपाटी थिएन ।

यही कारण उनीहरु एनआरएनएको परिचयपत्र पाउनबाट छुटेपछि एनआरएनएले नै पीएनओ अभियान सुरु गरेको थियो । उनी थाइ नेपाली संघका पूर्वअध्यक्ष हुन् । सन् २०१७ देखि कार्की यो अभियानमा सक्रिय थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org