इरा र अभिलाषाको जोडी सफल
इरा र अभिलाषाको जोडी सफलकाठमाडौं, १० असोज । इरा रावत र अभिलाषाको जोडीले प्रथम राष्ट्रिय खुला लनटेनिस प्रतियोगिताको महिला डबल्समा आइतबार जित हात पारेका छन् ।
सातदोबाटोस्थित टेनिस कोर्टमा भएको राउन्ड रोविन लिगमा उक्त जोडीले विजिशा श्रेष्ठ र विभूति कार्कीको जोडीलाई ६–४ र ६–३ को सोझो सेटमा पराजित गरे ।
ललितपुर जिल्ला लनटेनिस संघद्वारा आयोजित प्रतियोगिताको महिला सिंगल्समा इरा र मायांका राणा सेमिफाइनलमा पुगे । इराले अभिलाषालाई ६–१ र ६–२ तथा मायांकाले गंगा शर्मालाई ६–३ र ६–३ को सीधा सेटमा हराए ।
पुरुष सिंगल्समा संरक्षकभूषण वज्राचार्यले जीवन घिमिरेलाई ६–१ र ६–१, रेन्जन लामाले सुब्रत बस्नेतलाई ६–२ र ६–३, सन्तोष खत्रीले अभिनव आचार्यलाई ६–२ र ६–३, नवीन मगरले महेश श्रेष्ठलाई ०–६, ६–१ र ६–४, कमल भण्डारीले राजु श्रेष्ठलाई ६–१ र ६–१, अनिल शाहीले सम्यकभूषण वज्राचार्यलाई ४–६, ६–१ र ६–१ तथा श्रीराम मगरले रोहित सुनुवारलाई ६–० र ६–४ ले पाखा लगाउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।
प्रणव खनाल पनि क्वाटरफाइनलमा पुग्न सफल भए । पहिलो सेट ६–१ ले आफ्नो पक्षमा रहेको अवस्थामा प्रतिद्वन्द्वी प्रताप मोक्तान रिटायर्ड हर्ट भएपछि प्रणव विजेता घोषित भएका थिए ।
पुरुष डबल्समा कमल भण्डारी र श्रीराम मगरको जोडीले राजु क्षेत्री र राजेश क्षेत्रीको जोडीलाई ६–३ र ६–१, आत्माराम कार्की र सन्तोष खत्रीको जोडीले नवीन पुन र प्रदीप खड्काको जोडीलाई ३–६, ६–४ र १०–४, महेश श्रेष्ठ र संरक्षकभूषण वज्राचार्यको जोडीले विवेक श्रेष्ठ र छेवाङ लामाको जोडीलाई ६–२ र ६–३ तथा अनिल शाही र शक्ति शर्माको जोडीले प्रणव खनाल र रेन्जन लामाको जोडीलाई ६–३ र ६–२ ले पन्छाए । जितसंगै विजेता जोडी सेमिफाइनलमा प्रवेश गरे ।
Comments
अरु समाचार
-
धरानमा खुल्ला ब्याडमिन्टन प्रतियोगिता हुने
काठमाडौं । धरानमा पहिलो पटक राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । धरान ब्याडमिन्टन क्लबले आज पत्रकार सम्मेलन आयोजना...
-
एएफसी यु–२० एसियन कप छनोटको तेस्रो खेलमा उज्वेकिस्तानसँग नेपालको लज्जास्पद हार
काठमाडौं । नेपालले एएफसी यु–२० एसियन कप छनोटको तेस्रो खेलमा उज्वेकिस्तानसँग लज्जास्पद हार खेपेको छ । चाइनिज ताइपेईमा जारी छनोटअन्तर्गत...
-
आइसिसी विश्वकप क्रिकेट : नेपाल क्यानडासँग पाँच विकेटले पराजित
काठमाडौँ, ७ असोजः क्यानडामा जारी आइसिसी विश्वकप क्रिकेट लिग दुईको आफ्नो तेस्रो खेलमा पनि नेपाल पराजित भएको छ । क्यानडाको...
-
विश्वकप लिग–२: आज नेपाल र क्यानडा भिड्दै
काठमाडौं । क्यानडामा जारि विश्वकप लिग–२ अन्तर्गतका सुरुवाति दुई खेलका नतिजा आफ्नो पक्षमा पार्न असफल नेपाली क्रिकेट टोलीले आज चिरपचिरचित...
-
फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झर्यो
काठमाडौं । फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झरेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १७६औँ...
-
आईसीसी विश्वकप लिग–२ : नेपाल ओमनसँग पराजित
काठमाडौं । आईसीसी विश्वकप लिग–२ प्रतियोगितामा नेपाल ओमनसँग एक विकेटले पराजित भएको छ । नेपालले दिएको दुई सय २० रनको...
-
विश्वकप लिग-२: नेपालले आज चिरपरिचित प्रतिद्वन्दी ओमानसँग प्रतिस्पर्धा गर्दै
काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग दुईअन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलाको आफ्नो दोस्रो खेलमा नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्दैछ । क्यानडाको...
-
कमजोर ब्याटिङका कारण पहिलोपटक ओडीआईमा क्यानडासँग नेपालको हार
काठमाडौं । नेपाल आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिजमा घरेलु टोली क्यानडासँग खराब ब्याटिङ गर्दै १०३ रनले पराजित भएको छ ।...
-
विश्वकप लिग–२ मा नेपालले आज घरेलु टोली क्यानडासँग प्रतिस्पर्धा गर्दै
काठमाडौं । आईसिसि विश्वकप लिग–२ मा नेपालले आज घरेलु टोली क्यानडासँग प्रतिस्पर्धा गर्दै छ । लिग–२ अन्तरगतको पहिलो खेल आज...