ताजा समाचार

बाक्लो हिमपातबाट एघार गाविसको आवतजावत ठप्प

बाजुरा, २४ पुस । शनिबारदेखि बाजुरामा हिमपात सुरु भएको छ । हिमपातका कारण जिल्लाको उत्तरी भेगका ११ गाविस बढी प्रभावित बनेका छन् ।
शनिबार बिहानैदेखि बादलले आकाश पूर्ण रुपमा ढाक्दा बाजुरालगायत सुदूरपश्चिमका क्षेत्रमा निकै चिसो बढेको छ । बाजुरामा राति हिमपात सुरु भए पनि सुदूरपश्चिमका अन्य÷अग्ला लेक सैपाल, बडिमालिका, खप्तड, अपी सैपाल, बूढीनन्दालगायत ठाउँमा शनिबारदेखि नै पर्न थालेको थियो ।
पोरखे लेकमा पाँचदेखि छ फिट हिउँ परेका कारणले मानिस र अन्य सवारीका साधन नचलेको प्रजिअ देवेन्द्र लामिछानेले बताउनुभयो । उहाँले हिउँ पर्न थालेपछि उत्तरी भेगमा जाने सवारी साधन, खच्चर, भेंडासमेत चल्न–हिँड्न बन्द भएको जानकारी दिनुभयो ।
जिल्लामा बाक्लो हिमपात भएपछि ११ गाविसमा रहेका विद्यालय चिसोका कारणले बन्द भएका छन् । विच्छ्या गाविसमा पूरै हिउँ परेर मानिसहरु घर बाहिर निस्कन पाएका छैनन् ।

जिल्लामा बाक्लो हिमपात भएपछि उत्तरी भेगका ११ गाविसमा सवारी साधन र बाटो बन्द भएका छन् ।
यसैबीच पानी परेपछि भने किसान खुसी भएका छन् । लगाइएको गहुँखेती राम्रो हुने भन्दै उनीहरुको अनुहारमा खुसी देखिएको छ । लामो समयको खडेरीले जिल्लाको वाइ गाविसमा तीन खेती नलगाएर खेत बाँझै राखिएको थियो ।

बाह्रबीस गाविस पूर्ण खोपमुक्त

बाह्रबीस गाविस आठाँै पूर्ण खोपमुक्त घोषणा भएको छ । गाविसमा जन्मेदेखि अढाइ वर्षमुनिका बालबालिकाले सबै किसिमका खोप पाएपछि पूर्ण खोपमुक्त घोषणा भएको बाह्रबीस स्वास्थ्य चौकी इन्चार्ज कुलबहादुर रावलले बताउनुभयो ।

गाविसमा रहेका तीन सय ६५ बालबालिकले खोप लगाएका छन् । बाह्रबीस गाविस र स्वास्थ्य चौकीको आायोजना र जिल्ला स्वास्थ्य कार्यालय बाजुराको समन्वयमा उक्त गाविसलाई पूर्ण खोपमुक्त घोषणा गरिएको हो । गाविसलाई पूर्ण खोपमुक्त घोषणा गर्नका लागि सहयोग गर्ने एक सय एक जनालाई सम्मान पनि गरिएको छ ।

‘यसभन्दा पहिले कुल्देवमान्डौँ कोल्टी, डोगडी, कैलाशमान्डाँै, लगायत गाविस पूर्ण खोपमुक्त घोषणा गरिएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका सूचना अधिकारी रामचन्द्र यादवले जानकारी दिनुभयो ।

 
बडिमालिकाको बजेट रु १० करोड

आव ०७४/७५ का लागि बडिमालिका नगरपालिकाको बजेट रु १० करोड ६० लाख ३४ हजार चार सय पारित भएको छ ।

कार्यकारी अधिकृत प्रदीपचन्द्र सुवेदीले बजेटमा नगरपालिकाको भवन निर्माण, विकास पूर्वाधार, सीपमूलक कार्यक्रम, लोकसेवा तयारी कक्षा, खानेपानी, सामुदायिक भवन निर्माण, सामाजिक, आर्थिक तथा भौतिक पूर्वाधारसम्बन्धी आयोजना प्रस्तुत गरिएको जानकारी दिनुभयो ।

बजेटमा ‘सबैको रहर समृद्ध बडिमालिका नगर’ कार्यक्रम पनि राखिएको छ । त्यस्तै स्थानीयस्तरका सञ्चारमाध्यमको संस्थागत विकास गर्न, पत्रकारका क्षमता अभिवृिद्ध गर्न तथा हरेक वर्ष जिल्ला र राष्ट्रियस्तरका पत्रकारको सम्मानका लागि बडिमालिका पत्रकारिता पुरस्कार पनि स्थापना गरिने बजेटमा उल्लेख छ ।

नगरपरिषद्ले स्वास्थ्य, शिक्षा, खानेपानी सञ्चार, सडक विद्युत्लगायत क्षेत्रमा बढी रकम विनियोजन गरिएको जनाइएको छ । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org