कहिले हेर्न पाइएला श्रीपेच?
काठमाडौं- नारायणहिटी दरबार संग्रहालय पुग्ने जोकोहीलाई लाग्छ, श्रीपेच कहाँ छ? राजसंस्थाको प्रतीक मानिने श्रीपेच त्यहाँ देख्ने गरी राखिएको भने छैन। अब भने दरबार संग्रहालय पुग्नेको यो इच्छा पूरा हुनेछ।
सग्रंहालयका प्रमुख रोहितकुमार ढुंगानाले विविध कारण श्रीपेच सार्वजनिक गर्न ढिलाइ भए पनि चाँडै यस्तो व्यवस्था मिलाइने जानकारी दिए।
‘श्रीपेच देखाउन संग्रहालय जहिले पनि तयार छ। केही प्राविधिक प्रक्रिया पूरा हुनेबित्तिकै प्रदर्शनीमा राखिनेछ,’ उनले भने, ‘नयाँ वर्षभित्रै प्रदर्शनीमा राख्ने लक्ष्य छ।’
संग्रहालयमा श्रीपेच, राजदण्ड, रानीले प्रयोग गर्ने टायरा, झिँगाबाट बच्न प्रयोग गरिने सुनको चमर, तत्कालीन समयमा राष्ट्रिय सभामा प्रयोग गरिने मेस, राजतरबार लगायत बहुमूल्य सामग्री प्रदर्शनीमा राखिनेछ।
अहिले श्रीपेच नारायणहिटी दरबारको सैलुन कक्षमा नेपाली सेनाको २४ घन्टे पहरामा राखिएको छ। भूकम्पले श्रीपेच राख्ने ‘इन्टिग्रेटेड सर्भिलेन्स सेक्युरिटी सिस्टम’ को उपकरणमा क्षति पुर्याएकाले सार्वजनिक गर्न केही ढिलाइ भएको दाबी उनले गरे।
‘मन्त्रालयबाट उपकरण मर्मतसम्भारको बजेट आइसकेको छ। दुई–तीन महिनाभित्रै बिग्रिएका उपकरण बनाइसक्छौं,’ उनले भने, ‘सबै सुरक्षा निकायका सुरक्षाविज्ञले श्रीपेचको सुरक्षा निर्क्याेल गरेपछि मात्रै प्रदर्शनीमा राखिनेछ।’
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २०६७ सालमा श्रीपेच संग्रहालयमा प्रदर्शनी गर्न मन्त्रालयका सहसचिव नारायण रेग्मीको संयोजकत्वमा सातसदस्यीय कार्यदल गठन गरिएको थियो। कार्यदलले उपयुक्त सुरक्षा रणनीति अपनाएर दरबारको सुर्खेत कक्षमा राखेर प्रदर्शन गर्न सुझाएको थियो।
कार्यदलले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धानका सुरक्षाविज्ञले सुरक्षाको निर्क्याेल गरेपछि मात्रै बुलेटप्रुफसहितको अत्याधुनिक उपकरणमा राख्न सुझाएको थियो।
‘२०७१ चैतको अन्तिमबाटै श्रीपेच प्रदर्शनी गर्ने तयारीमा जुटिरहेका थियौं। सरकारी प्रक्रिया अघि बढ्दाबढदै भूकम्प आयो,’ संग्रहालय प्रमुख ढुंगानाले भने। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले केही समयअघि संग्रहालय अवलोकन गरेर श्रीपेच सार्वजनिक गर्न संग्रहालयलाई निर्देशन दिएका थिए।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायले मन्त्रालय श्रीपेच जनतालाई देखाउने पक्षमा रहेको बताए। ‘मन्त्रालयले श्रीपेच प्रदर्शनीमा राख्न घच्घच्यारहेका छौं,’ उनले भने, ‘प्रदर्शनी गर्न सुरक्षा चुनौती देखिएको छ।’
संस्कृति महाशाखाका सहसचिव भरतमणि सुवेदीले श्रीपेच सार्वजनिक गर्न केही अप्ठेरा भए महाशाखाका तर्फबाट बाधाअड्चन फुकाउने प्रतिबद्धता व्यक्त गरे। राजतन्त्र अन्त्यपछि तत्कालीन राजाले दरबार त्यागेपछि स्थापना गरिएको नारायणहिटी दरबार संग्रहालय प्रधानमन्त्री पुष्पकमल दाहालले २०६५ फागुन १५ गते उद्घाटन गरेका थिए। त्यसयता सर्वसाधारणका लागि अवलोकन खुला गरिएको संग्रहालयमा अहिलेसम्म श्रीपेच भने देखाइएको छैन।नागरिक दैनिकबाट
Comments
अरु समाचार
-
बाटो काटिरहेको कुकुरसँग मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु
काठमाडौं । झापाको कमल गाउँपालिकामा कुकुरसँग ठोक्किएर मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय झापाका...
-
लालीगुराँस सहकारीका अध्यक्षसहित ४ जना पक्राउ
काठमाडौं । ललितपुरको लालीगुराँस सहकारी संस्थाका अध्यक्ष अमरदास श्रेष्ठसहित ४ जना पक्राउ परेका छन् । सहकारीको रकम हिनामिनाको आरोपमा प्रहरीले...
-
पहिरोले गाईघाट–दिक्तेल सडक अवरुद्ध
काठमाडौं । उदयपुरको त्रियुगा नगरपालिका–१४ स्थित साउनेको हाडेथुम्कास्थित गाईघाट–दिक्तेल सडक गएराति खसेको पहिरोका कारण बिहानैदेखि अवरुद्ध भएको छ । त्रियुगा–१४...
-
बुहारीले लगाइदिइन् ससुराको गोठमा आगो
काठमाडौं । दाङमा आफ्नै ससुराको गोठमा आगो लगाएको अभियोगमा एकजना महिला पक्राउ परेकी छन् । बङलाचुली गाउँपालिका-५ साकिने निवासी ७३...
-
राजस्व अनुसन्धान विभागलाई बदनाम गर्न तस्कर सक्रिय
काठमाडौं । राजस्व चुहावट र छलीका घटना नियन्त्रण गरि कानुनी कारवाही गर्न राजस्व अनुसन्धान विभागमा अघिल्ला महानिर्देशक नवराज ढुंगाना आएदेखि...
-
माईक्रोबस दुर्घटना हुँदा सात जना घाइते
काठमाडौं । चितवनमा माईक्रोबस दुर्घटना हुँदा एकै परिवारका पाँच सहित सात जना घाइते भएका छन्। भरतपुर महानगरपालिका–१ पानी ट्याङ्की ओरालोस्थित...
-
युथ रेडक्रस पब्लिक युथ क्याम्पसको आयोजनामा क्याम्पस परिसरमा सरसफाइ कार्यक्रम सम्पन्न
काठमाडौं । युथ रेडक्रस पब्लिक युथ क्याम्पस र पब्लिक युथ क्याम्पस कर्मचारी संघको संयुक्त आयोजनामा पब्लिक युथ क्याम्पस परिसरमा सरसफाइ...
-
गुल्मीमा पहिरोले घर पुरिँदा एकै परिवारका ५ जनाको मृत्यु
काठमाडौं। गुल्मीमा गए राति पहिरोले घर पुरिँदा एकै परिवारका ५ जनाको मृत्यु भएको छ । मालिका गाउँपालिका–६ अर्जेको कँडेलपाटामा भेषबहादुर...
-
राजस्व अनुसन्धान विभागकाे टाेली भैरहवा र नेपालगन्जमा, स्थानीय उद्यमी–व्यवसायीहरूसँग अन्तरकिया सम्पन्न
काठमाडौं । राजस्व अनुसन्धान विभागका महानिर्देशक चक्रबहादुर बुढा भैरहवा,बुटवल,कपिलवस्तु,बाँके र वर्दिया लगायतका जिल्लाको राजस्व चुहावट,राजस्व अनुसन्धान कार्यालय बुटवल, कोहलपुरको अनुगमन...