ताजा समाचार

इरान विश्वकपमा छनोट, एसियाबाट पहिलो मुलुक बन्यो

काठमाडौं, ३० जेठ । इरान विश्वकप फुटबलमा छनौट हुने एसियाको पहिलो मुलुक बनेको छ । सोमबार राति भएको खेलमा उज्वेकिस्तानलाई २-० गोल अन्तरले हराउँदै इरान आउँदो वर्ष रसियामा हुने विश्वकप खेल्ने तेश्रो टिम बनेको हो । छनौट चरणबाट ब्राजिल तथा रसियाले आयोजकको नाताले विश्वकपमा यसअघि नै स्थान सुरक्षित गरेका छन् ।

इरान आउँदो वर्षको विश्वकपमा छानिने एसियाको पहिलो टिम हो । विश्वकप छनौटको तेश्रो चरणमा समूह ‘ए’मा छैटौं जित निकाल्ने क्रममा इरानले सोमबार राति उज्वेकिस्तालनई हराएको थियो । इरानको ८ खेलबाट २० अंक भएको छ । तेश्रो स्थानमा रहेको उज्वेकिस्तानको १२ अंक छ । दक्षिण कोरियाको भने ७ खेलबाट १३ अंक छ । समूहका शीर्ष दुई टिम विश्वकपमा छनौट हुन्छन् भने तेश्रो स्थानको टोलीले चौथो चरणमा प्ले अफ खेल्न पाउँछ ।

विश्वकपको एशियाली छनौटको समूह ‘बि’मा रहेका इराक र थाइल्याण्डको भने विश्वकपमा छनौट हुने सम्भावना सकिएको छ । सन् १९७८ मा पहिलो पल्ट विश्वकप खेलेको इरान विश्वकपमा छनौट भएको यो पाँचौं अवसर हो । १९७८, १९९८, २००६ र २०१४ का विश्वकप खेलेको इरान समूह चरणबाट माथि उक्लिन सकेको छैन ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org