ताजा समाचार

धुर्मुस-सुन्तली फाउण्डेसनलाई एनआरएनए नर्वेद्वारा १ लाख ४० हजार सहयोग

काठमाडौं, २० कात्तिक । गैरआवासीय नेपाली संघ (एनआरएनए) नर्वेले एकीकृत नमूना वस्ती निर्माण गरिरहेको धुर्मुस(सुन्तली फाउण्डेसनलार्इ आर्थिक सहयोग गरेको छ । कल्याणकारी कार्यका लागि संकलन गरेको एक लाख ४० हजार ७८० रूपैयाँ एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष भवन भट्ट र एनसीसी बेल्जियमका उपाध्यक्ष योगिता थापाले संयुक्त रुपमा फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेललाई हस्तान्तरण गरेका हुन् ।

उक्त रकम रौतहटको सन्तपुरमा निर्माणाधिन एकीकृत नमूना वस्तीमा उपयोग गरिने छ। एकीकृत वस्तीको निर्माण लागत करिब ६ करोड रहेको फाउण्डेसनका अध्यक्ष कट्टेलले जानकारी दिए।

उनले गैरआवासीय नेपाली संघले सहयोग गरेकोमा हार्दिक आभार प्रकट गर्दै थप सहयोगको अपेक्षा पनि गरे। प्रति उत्तरमा संघका अध्यक्ष भट्टले धुर्मुस सुन्तली फाउण्डेसनले संचालन गरेका परोपकारी कार्यको प्रशंसा गर्दै यस्ता परोपकारी कार्यमा संघको सदैव सहयोग रहने विश्वास दिलाए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org