ताजा समाचार

विभिन्न अवरोध तथा शंका उपशंकाबीच मतदाताको उत्साहजनक सहभागिता (फोटोफिचर)

काठमाडौं, १० मंसिर । प्रतिनिधि र प्रदेशसभा निर्वाचनको पहिलो चरण अन्तर्गत आज हिमाली तथा उच्च पहाडी ३२ जिल्लामा मतदान जारी छ। मतदाता बिहानैदेखि आफ्नो निर्वाचन केन्द्रमा पुगेर मतदान गरिरहेका छन्। मतदानमा बिहानैदेखि उत्साहजनक सहभागिता देखिएको छ ।

बिहान ७ बजेदेखि शुरु पहिलो चरणको प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदाताहरु त्रास र चिसो मौसमको प्रवाह नगरी मतदान केन्द्रमा लाम लागेका छन् । छिटफुट घटना बाहेक देशभर अहिले शान्तिपूर्णरूपमा मतदान भइरहेको छ ।

बम आक्रमणको त्रास र चिसो मौसमले कतै चुनावमा असर गर्ने त होइन भन्ने धेरैको आशंका थियो । तर, यी सबै आशंकालाई चिर्दै मतदाताहरु उत्साहपूर्वक चुनावमा जुटेका छन् ।

म्याग्दीको धौलागिरी गाउँपालिका–७ मा रहेको ताकम मावि मतदान केन्द्रमा मतदानका लागि लामबद्ध मतदाता । तस्बिर: सन्तोष गौतम, म्याग्दी, रासस
दार्चुलामा प्रदेशसभा (क) का नेपाली काँग्रेसका उम्मेदवार मदन गिरी मालिकार्जुन गाउँपालिका– ५ स्थित लटिनाथ निमावि मतदान केन्द्रमा मतदान गर्दै । तस्बिर : किरन धामी, दार्चुला, रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org