ताजा समाचार

फोरमका अध्यक्ष यादव र मोहम्मद ईस्तियाक राइ सहित आज चौथो पटक मन्त्रिपरिषद विस्तार हुँदै

फोरम अध्यक्ष उपेन्द्र यादव स्वास्थ्यमन्त्री हुनेछन् भने इस्तियाक राइन शहरी विकासमन्त्री बन्नेछन् ।

काठमाडौं १८, जेष्ठ । प्रधानमन्त्री केपी शर्मा ओलीले चौथोपटक मन्त्रिपरिषद विस्तार गरेका छन् । प्रधानमन्त्री ओलीले संघीय समाजवादी फोरमका तर्फबाट २ जनालाई सरकारमा सहभागि गराएर मन्त्रिपरिषद विस्तार गरेका हुन् ।

पछिल्लो पटक फोरमबाट अध्यक्ष उपेन्द्र यादव र मोहम्मद ईस्तियाक राइ सरकारमा सहभागि भएका हुन् ।

उनीहरुलाई आजै सपथ गराइने तयारी भएको छ । अध्यक्ष यादव स्वास्थ्यमन्त्री हुनेछन् भने इस्तियाक राइ शहरी विकासमन्त्री बन्नेछन् ।

प्रधानमन्त्री कार्यालयले थपिएका मन्त्रिको सपथका लागि राष्ट्रपति कार्यलयलाई तयारी गर्न पत्राचार गरिसकेको बताइएको छ ।

गत फागुन तीन गते प्रधानमन्त्रीको सपथ लिएका प्रधानमन्त्री ओलीले यसअघि २२ सदस्यीय मन्त्रिपरिषद बनाएका थिए ।

 शहरी विकास मोहम्मद इस्तियाक राइ हुनुपर्नेमा अन्यथा भएकोमा सच्याइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org