ताजा समाचार

बजेटले बाइकको मूल्य पुग्यो एक करोड, दर्ता शूल्क मात्रै दुई लाख

अहिले मुलुकभित्र १ सय ६० वटा डुकाटी बाइकहरु गुडिरहेका छन्

काठमाडाैं २७, असार । सामान्यतया डुकाटी मोटरसाइकलको मूल्य कति पर्ला भन्दा ४०/५० लाखसम्म भन्दा जिब्रो टोक्ने नेपालीका लागि होस नै उड्ने गरि मूल्यमा बृद्वी भएको छ ।

बजेटबाट अन्तशुल्क बढेपछि महँगा मोटरसाइकलको मूल्य करोड हाराहारीमा पर्ने देखिएको छ ।

नेपालमा साेखका लागि धनिमानी वर्गले प्रयोग गर्दै आएको बाइकको मूल्य दोब्बरले बढेको छ । ४ सय सीसी भन्दा माथिका बाइकको मूल्य प्रायमा दोब्बर मूल्य बढ्ने जनाइएको छ । त्यस्तै, केहि मात्रमा बिक्रि हुने डुकाटी ब्राण्डको बाइक बजेट अघि ५० लाख पर्नेको मुल्य करोड पुगेको छ ।

डुकाटी बाइकको अधिकृत बिक्रेता डुकाटी काठमाडौंका चेयरम्यान अभिनवजंग बहादुर राणाका अनुसार १२ सय सीसीको डियाभेल,मल्टीस्ट्राडा बाइकको मूल्य करोड हाराहारीमा पुगेको छ। यो बाइकको मूल्य ५०देखि ६० लाख रुपैयाँ थियो। उनका अनुसार यी बाइक वर्षमा चार वटासम्म बिक्री हुन्थे ।

चार सय सीसीको डुकाटी स्ट्राम्ब्लर समेत महँगो भएको छ। उनका अनुसार बजेट अघि १८ लाख रुपैयाँ पर्ने स्ट्राम्ब्लरको नयाँ मूल्य २४ लाख रुपैयाँ पुगेको छ।अन्तशुल्क मात्रै होइन चार सय सीसी माथिका वाइकको सवारी दर्ता शुल्क मात्रै दुर्इ लाख रुपैयाँ पुगेको छ ।

कम्पनीले आठ वर्ष अगाडीदेखि नेपालमा डुकाटी बाइक विक्री गर्दै आएको हो। सुरुवातको पहिलो वर्षमै कम्पनीले २५ वटा मोन्सटर र हाइपरमोटार्ड विक्री गरेको थियो । अहिले मुलुकभित्र १ सय ६० वटा डुकाटी बाइकहरु गुडिरहेको जनाइन्छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org