ताजा समाचार

दुबईमा बुधबार विश्वकै महँगो स्यान्डल सार्वजनिक गरिने

काठमान्डाै १० असोज । दुबईमा आज बुधबार विश्वकै महँगो स्यान्डल सार्वजनिक गरिने भएको छ । यसको मूल्य १.७ करोड डलर अर्थात १ अर्ब ९० करोड रुपैयाँ रहेको छ । खलिज टाइम्सका अनुसार यो विलाशी स्यान्डल हिरा तथा शुद्ध सुनबाट बनेको छ । यो स्यान्डल बनाउन र डिजाइन गर्नका लागि ९ महिनाको समय लाग्ने पनि अखबारले जनाएको छ ।
यो स्यान्डललाई प्यासन डायमन्ड शू नाम दिइएको छ । यसमा सैयौ हिरा राखिएको छ । यसका अतिरिक्त यसमा १५–१५ क्यारेटको २ इम्पोजिङ डी–फ्लालेस पनि राखिएको छ । स्यान्डलको यो जोडीलाई यूएईको ब्रान्ड जदा दुबईले प्यासन ज्वेलर्सका सहयोगमा बनाएको हो । जदा दुबई हिरा भएको जुत्ता बनाउनका लागि प्रख्यात रहदै आएको छ । बुधबार विश्वकै १ मात्र सात तारे होटल बुर्ज अल अरबमा यसको प्रस्तुती गरिने कार्यक्रम रहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org