ताजा समाचार

खेल मैदान बनाउन १५ बिगाहा जग्गा

काठमान्डाैं । खेल मैदान निर्माण गर्न कञ्चनरुप नगरपालिकाले १५ बिगाहा जग्गा उपलब्ध गराएको छ ।  जिल्ला खेलकूद विकास समिति सप्तरीलाई नगरपालिकाको हालै बसेको बैठकले खेल मैदान बनाउन सोही नगरपालिका–९ स्थित खाली जग्गा उपलब्ध गराएको खेलकूद विकास समिति सप्तरीका उपाध्यक्ष धीरेन्द्र बर्मा (धिरु)ले बताए ।

साविकको रुपनगर वडा नं ५, ६, ८ र ९ मा रहेको सार्वजनिक तथा ऐलानी जग्गामा खेल मैदानका लागि सो जग्गा उपलब्ध गराएको नगरपालिकाले जनाएको छ । उक्त खाली जग्गामा चाँडै नै खेल मैदान निर्माण कार्य अगाडि बढाइने उपाध्यक्ष बर्माले जानकारी दिएका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org