कथा : नमिठो यात्रा
सरस पाण्डे/काठमाडौँको बसुन्धाराको इसान अस्पतालमा साथी सुनिताको छोरी बिरामी भएर राखेको पाँच दिन भएको थियो । बिरामी भएकै दिन फोन गरेकी थिइन् । ‘छोरीलाई निमोनिया भएछ । तँ आइज न है ? मलाई डर लागिरहेछ’ भनेकी थिइन् । म गाउँमा महिला हिंसाविरूद्धको १६ दिने अभियानमा थिएँ । अभियान १२औं दिनमा थियो । सुनिता मेरी बालसखी हुन् । हामी अत्यन्तै मिल्ने साथी हौँ । त्यसैले एकअर्काको सुख, दुःख सजिलै थाहा पाइन्छ । तर दुई/चार महिनादेखि आआफ्नो व्यस्तताले हामीबीच धेरै कुरा हुन्थेन ।
महिला हिंसाविरुद्धको अन्तिम दिनको कार्यक्रम ३ बजे सकियो । म गल्छीबाट बसमा सुनिताको छोरी सम्झँदै आएँ । ५ बजे कलंकी आइपुगेँ । सिटी यातायातका सहचालकले ‘सीतापाइला, स्वयम्भू, बालाजु ,बसुन्धारा, चावेल, चावेल…’ भन्दै कराइरहेको सुनेर हतारहतार बसमा चढेँ । अन्तिम सिट खाली रहेछ । त्यहीँ गएर बसेँ। सँगैको बसेको २५/३० बर्षको एक युवाको बोली राम्रो लागेन । ऊ बोल्न खोज्दै थियो मसित । तर फोन आयो साथीको ।
काँ आइपुगिस् ?
सीतापाइला ।
ए… ! ल ल आइज ।
म आफ्नै सुरमा थिएँ । स्वयम्भू आइपुगियो ।
तिम्रो घर कहाँ हो ?
किन ?
भन्न हुन्न र ?
चिन्नु न जान्नु घचेडी माग्नु ! भनेको यही हो । सिधै घर सोध्ने ?
मभित्र रिसको ज्वाला दन्किसकेको थियो । अब एउटा प्रश्नमात्र सोधेको भए कस्सम ! मेरो हात त्यसको गालामा हुन्थ्यो होला । पहिलो चोटी भेटेको मान्छेले सीधै तिमी भन्यो । आफूभन्दा बढी उमेर भएकाहरूले त ‘तिमी’ भन्दैनन् । कस्तो जवाफ दिने त्यो मान्छे हेरेर हुन्छ । विचार गर्नुपर्छ धेरै । हुलियाले बताउँछ सबै । टाउकोमा नौ रंग घसेकोस । भर्खर जुँगाको रेखी बसेकोस । रातभर फेसबुक चलाएर होकी जाँड खाएर हो आँखाभित्र पसेको केटो ‘तिमी’ भन्छ बा ! अनि रिस उठ्दैन ? भन्नुस् त ? म छेउमा सर्न खोज्छु ऊ झन् टाँस्सिन खोज्छ ।
अलि पर सर्नुस् !
तिमी अलि वर आउ न !
काम छैन तेरो ?
नरिसाउ न !
मैले त्यसको नियत बुझिसकेको थिएँ । किनकि जमुना काकीको छोरी जुनालाई काठमाडौँ जाँदा एउटा नकच्चरोले त्यस्तै गरेछ । जुना सोझी थिइन् । गल्छी बजारमा जमुना काकीले कपडाको पसल राख्नुभएको छ । जुना सात कक्षामा पढ्थी । शनिवारको दिन जमुना काकीले पसलको लागि कपडा किन्न छोरी जुनालाई पनि सँगै काठमाडौँ लैजानु भएछ । धादिङको बसमा दुई आमाछोरी चढेछन् । उनीहरू छुट्टाछुट्टै सिटमा बसेछन् । किनकि दुई सिटमा एकएक सिट मात्र खाली रहेछ । जुना सात कक्षामा पढ्ने भए पनि हेर्दा बाह्र पढ्ने जस्तै देखिन्थी । गोरी, अग्ली सलक्क परेकी जुना भर्खर फक्रिएकी सुन्दर फूल थिइन् ।
भाइ ! तपाईं त्यो सिटमा बस्नुस् न ।
हैन ! म यहीँ बस्छु ।
हामी आमाछोरी एकैठाउँमा बसौँ भनेर ।
मैले यही सिटको टिकट काटेको छु दिदी ! म अन्त जान्न ।
लौ लौ भैगो ।
छोरी तँ त्यहीँ बस् । म यता बस्छु है !
हस आमा ।
त्यो पिचासले सोझी जुनालाई मौकाको फाइदा उठाएछ । कताकता हात लग्यो भनेर मसँग आएर रोएकी थिइन् त्यो दिन जुनाले ।
काकीलाई भन्नुपथ्र्यो नि !
भन्दा …
कसरी भन्नु आमा अर्कै सिटमा ।
गाडिबाट ओर्लेर नि भनिनस् ?
भनेँ ।
अनि,
आमाले भै’गो चुपलाग् ! यस्तो कुरा कसैसित नगर है ? लाज हुन्छ ।
किन आमा लाज हुने ।
किन हुनु नि देखेकी छैनस् ? हाम्रो गाउँकी ममतालाई ।
के भा’छ र आमा ?
के हुनु नि ! पल्लो गाउँको नकुले बज्याले सानैमा जंगलाँ लगेर केके गरेको भनेर गाउँभरी हल्ला भाथ्यो । त्यसपछि कसैले माग्न आएन । बुढी भैसकी बिचरी ।
बुढी भएर के भो त आमा ।
नकरा !
यस्तो भा’को कुरा कसैलाई नभन्नु तेरो नि फेरि बिहे हुँदैन ।
जमुना काकी आमा समूहको अध्यक्ष हुनुहुन्थ्यो । समय समय आमा समूहले विभिन्न महिला मैत्री नारा लगाएर गाउँ थर्काउँथ्यो । तर त्यही आमाले आफ्नी छोरीमाथि भएको अन्याय चुपचाप सहनाले जुनाको मस्तिष्कमा असर परेको थियो । जुना त्यो दिनदेखि कोही केटासँग पनि नजिक भइनन् । कोहीसँग पनि बोलिनन् । एकोहोर भएर झोक्राइरहन्थी । किनकि उसको अबोध दिमाखमा आमाले डर जन्माइदिएकी थिइन् । जमुनाको सबैभन्दा मिल्ने साथी म नै थिएँ । घरमा आमाबुवाको झगडादेखि के तरकारी खाएकोसम्म भेट हुँदा मसँग भन्थिन ।
म भन्दा उमेरले धेरै कान्छी थिई जुना ।तर पनि हाम्रो कुरा मिल्थ्यो।हुन त म प्राय सबै सँग उत्तिकै मिल्छु। बुढा,बुढी, साना बच्चा,बच्ची सबैले सजिलै मसित कुरा गर्ने वातावरण मैले बनाएको थिएँ।जुना साँच्चै मायालु थिई । कोही सँग नबोल्ने भएकी जुनालाई मैले लाख कोसिस गर्दा बल्ल उसमाथि भएको अन्याय मलाई सुनाएकी थिई। जमुना काकीले छोरीको अवस्था देखेर हार खाइसक्नु भएको थियो । मैले आफ्नै घरमा ल्याएर दुई महिनासम्म जुनालाई सम्झाएर सामान्य अवस्थामा फर्काएर पठाएको थिएँ । अहिले जुनाले मनोविज्ञान विषयमा स्नातक तह पार गरेर गाउँमै हिंसामा परेका महिलाहरूलाई मनोपरामर्श दिँदै हिँडेकी छिन् । उसकी आमाले आफ्नो गल्तीप्रति लज्जीत हुँदै छोरीले नयाँ जीवन पाएकोमा मलाई धन्यवाद पनि दिनुभयो । म मेरो गाउँमा कसैले अन्याय नपाउन् भन्ने चाहन्थेँ । त्यसैले सहरमा मनोविज्ञान विषय पढेर गाउँमै गएँ । त्यसपछि हरेक घरका महिला, छोरी बुहारीको कुरा सुन्न थालेँ । सुरुमा त धेरै गाह्रो भयो ।
हाम्रो घरको कुरामा तलाई केको टाउको दुखाई ?
आफ्नो बाटो हिँड ?
धेरै जान्नी न हो ।
यस्ता प्रश्नसँग जुधेर अगाडि बढेँ । जुनाजस्ता धेरैलाई सही बाटो देखाएँ ।
आज मलाई नै यस्तो समस्या प¥यो । तर मैले सहिन । सहेर बस्न कुरा पनि होइन । बस रोक्न लगाएँ । जुत्ता फुकालेँ । सकेको बल लगाएर जुत्ता त्यसको गालामा बजारेँ । मैले नभने पनि सबै बसका पेसिन्जरले बुझिसके छन् । एकदुई जनाले त नराम्रोसँग लछारपछार गरेर पिटे । सहचालकले बसबाट घिसार्दै ओराल्यो जुन ठाउँ बसुन्धारा थियो । म पनि त्यहीँ ओर्लिनु पर्ने । साँझ परिसकेको छ । केटो मलाई मलाई आँखा तरेर हेर्दै थियो । म अस्पताल लागेँ । केटो पनि पछिपछि आयो । मेरो मन डराउन थाल्यो । तै पनि नडराएझैँ गरेर हिँडे । केटो मभन्दा अगाडि पुगेर फेरि आँखा तर्दै गयो ।
साथीलाई फोन गरेँ । अस्पतालको ५ नम्बरको कोठामा जानुपर्ने थियो । म पनि केटाको पछिपछि सोही कोठामा पसेँ । सुनितालाई पनि देखेँ । उसको नजिक पुग्न मात्र के आँटेको थिएँ ।
केटाले साथीलाई भाउजू भन्दै नमस्कार ग¥यो ।
भाउजू ! नमस्कार ।
नमस्कार ।
ओहो ! सँगै ?
तैँले बाबु (देवर) लाई चिनेकी थिइस् ?
सुनिताको प्रश्नले म चकित भएँ । मैले टाउको हल्लाएर नचिनेको संकेत गरेँ । मेरो मामा ससुराको छोरो नविन के त ! अस्तिन कुरा गरेको थिएँ नि ? अमेरिकाबाट हिजो भर्खर आउनुभएको । बहिनी ‘दे’ भन्दा मानिनस् । कति सज्जन हुनुहुन्छ । अहिले त नुवाकोटको केटी फिक्स भएर बिहे गर्न आउनु भएको । म छक्क परेँ । केटो सुतिरहेकी विरामी छोरीको हात समाएर, कस्तो छ भन्दै थियो ।
बाबु हजुरको सर्ट च्यातिए छ नि !
हो र भाउजू ! (काँपेको स्वरमा)
हैन के भयो हजुरलाई ?
केटोको मुन्टो
जमिनमा केही खोजेझैँ गरी निहुरीरहेको थियो ।
त्यसपछि…
यो पनि पढ्नुस् ।
http://news-nepal.com/archives/100128?fbclid=IwAR2qF2dlNj3_fNeUwMvt2JZLWnkd-dIiH3M7vzr3CzCWdl80Git3iXua8w0
http://news-nepal.com/archives/99441?fbclid=IwAR2wDq1k0WMHP7W_MXVbbQCiOygMcKSrh2gJ21IxnmlGRY07MqFmWGRd-yc
http://news-nepal.com/archives/99066?fbclid=IwAR1ysXb0zv03FXFixuK5w2RNprcB5f9YDOP-6wHZqSZqMvd–3QEWeZRGC4
http://news-nepal.com/archives/98569?fbclid=IwAR1WUwPeIAMiSRwsFogA19Jqk1YM0GgG-4kM_MnWugbwFWp9_kvuthU1rBQ
http://news-nepal.com/archives/98006?fbclid=IwAR2lrocMpZY4t1pO-EkQCzOQ3dUWQK6nKUUM96CuFhkq8cg8z_2ffOeCEKc
http://news-nepal.com/archives/98158?fbclid=IwAR1eptIyxud_w6GJXKpeOfCvaLNDxetI_BYsNUrhCO3QbHlEG5HYjmxTlkg
http://news-nepal.com/archives/97816
http://news-nepal.com/archives/97281
Comments
अरु समाचार
-
चिनियाँ जनताको जापानी आक्रमणविरुद्दको युद्ध विजय र विश्व फासिष्टविरुद्दको युद्ध विजयको ८० औं वार्षिकोत्सव हामीले किन मनाउनुपर्दछ ?
चिनियाँ राष्ट्रपति सी चिन् फीङ्ले भन्नु भएको छ, इतिहास भनेको एउटा ऐना हो , जसले वर्तमान र भविष्यलाई उजागर गर्दछ।...
-
राष्ट्रपति सी चिनपिङसँग नजिकका दुई दिन
नेपाल सरकारले मलाई सन् २०२४ को अगष्ट २९ का दिन ल्हासाका लागि महावाणिज्यदूतका रुपमा नियुक्त गरेपछि ममा एक प्रकारको खुशी...
-
‘कानुन निर्माणमा संसद् सकारात्मक र दृढताका साथ लागेको छ’ : सुहाङ
काठमाडाैं । बुबा सुवासचन्द्र र आमा विशाल नेम्वाङका कान्छा छोरा सुहाङको जन्म विसं २०४६ फागुन ६ गते काठमाडौँमा भएको हो...
-
डा. टेकबहादुर घिमिरे: अब्बल सरकारी वकिलदेखि अनुसन्धान र प्रविधिका ज्ञातासम्म
काठमाडाैं । सरकारी सेवा तथा रोजगारीमा धेरै आउँछन्-जान्छन्। सप्तकोशी नदीमा आज भएको पानी भोलि त्यहाँ रहँदैन, त्यो बगेर जान्छ। यो...
-
‘संवैधानिक निकायमा हस्तक्षेपको प्रवृति लोकतन्त्रमाथिको प्रहार’
सागर पण्डित (विचार): सरकारले संघीय लोकतान्त्रिक गणतन्त्रको मेरुदण्डका रुपमा रहेका संवैधानिक निकायहरु– अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोक सेवा आयोग, निर्वाचन...
-
‘गणतन्त्रको रक्षा गर्नु संघीय लोकतान्त्रिक गणतन्त्रको मात्र होइन समाजवाद उन्मुख समावेशीताको रक्षा गर्नु हो’
काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायण काजी श्रेष्ठले गणतन्त्रको रक्षा गर्नु भनेको संघीय लोकतान्त्रिक गणतन्त्रको मात्र नभएर समाजवाद...
-
मृत्युनजिक पुगेको मानिसले कस्तो अनुभव गर्छ ?
काठमाडौं । मृत्यु जीवनको अन्त्य हो, यसको बारेमा हाम्रो ज्ञान धेरै सीमित छ। जब स्नायु प्रणालीको अध्ययन गर्ने वैज्ञानिक जिमो...
-
नेपाल बारको आसन्न निर्वाचन र डीएलए नेतृत्व !
विषय प्रवेश: बहुदलीय व्यवस्थाको प्रार्दुभावसँगै प्रजातन्त्रवादी कानून व्यावसायीहरुको समूहले गठन गरेको संस्था हो, डीएलए नेपाल। हाल यसको नेतृत्व सिताराम के.सी.जी...
-
अनुहारमा होइन विचारमा सुन्दरताको खोजी
काठमाडौं । जङ्गबहादुरको बेलायत यात्रा वृत्तान्तमा उमेरदार युरोपेली नारीहरुको सौन्दर्यको थोरै बयान गरिएको पढ्न पाइन्छ । त्यस यात्रा वृत्तान्तमा युरोपेली...












