दशगजा क्षेत्रमा बनाउन थालेका डिललाई नेपाली पक्षबाट रोक्का
कञ्चनपुरको पुनर्वास नगरपालिका–११ को डोकेबजार नजीक नेपाल भारत सीमा क्षेत्रको दशगजामा भारतले बिना सहमति डोजरको प्रयोग गरी डिल बनाउन थालेपछि त्यसलाई नेपाली पक्षले रोक्न लगाएको छ ।
स्थानीय बासिन्दाका अनुसार सीमा स्तम्भ नं १७१ र ७७३ नजीकको क्षेत्रमा भारतले डिल र नाली निर्माण गर्न थालेको हो । दुवै देशबीच दशगजा क्षेत्रमा कुनै पनि किसिमको संरचना बनाउन नपाइने नियम छ । भारतीय पक्षले बुधबारदेखि सीमा क्षेत्रमा डोजरको प्रयोग गरी डिल र नाली बनाउन थालेको स्थानीय बासिन्दाले बताएका छन् ।
स्थानीय सञ्चारकर्मी दीपेन्द्र बस्नेतका अनुसार भारतीय पक्षले दशगजा क्षेत्रको झण्डै ६० मिटरभन्दा बढी क्षेत्रमा नाली र माटोको डिल बनाएको छ । नेपाल पक्षसँग कुनै पनि सहमति नलिईकन भारतीय पक्षले नाली र डिल बनाउन थालेपछि अर्को आदेश नहुँदासम्मका लागि रोक्न लगाएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले बताए ।
“अहिले डिल र नाली बनाउने कार्य रोक्न लगाएका छौँ,” उनले भने । भारतले दशगजा क्षेत्रमा बनाउँदै गरेको डिलबारे बुझ्नका लागि प्रजिअ र सुरक्षा निकायको टोली त्यसतर्फ गएको उनले जानकारी दिए। सीमामा रहेको फोहर र छाडा चौपाया भारतीय संरक्षित वन दुधुवा क्षेत्रमा नजाओस् भनेर डिल बनाउन थालेको भारतीय पक्षले जनाएको छ ।
Comments
अरु समाचार
-
चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत
काठमाडौँ । चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरी जारी गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्...
-
मध्यपूर्वमा ऊर्जा र अन्य आपूर्ति अवरोध हट्न अझै समय लाग्छ : आइएमएफ
काठमाण्डौ । अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू हट्न अझै समय लाग्ने...
-
स्वास्थ्य मन्त्रालय बेथितीको अखडा !
काठमाडौं। कर्मचारीको बढुवा जस्तो संवेदनशील विषयमा पनि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले कुनै गम्भीरता देखाउँदैन। लोकसेवा आयोगको माननीय सदस्य अध्यक्ष...
-
उरुग्वे र साउदी अरब, स्पेन र केप भेर्दे तथा बेल्जियम र इजिप्टको बराबरी गोल
काठमाण्डौ । फिफा विश्वकप फुटबलमा उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेल्दै अङ्क...
-
निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारीबारे निजामती कर्मचारी वृत्तमा व्यापक चासो
काठमाडौं । सरकारले निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारी गरिरहेको भन्ने चर्चा सार्वजनिक भएपछि निजामती कर्मचारी वृत्तमा व्यापक चासो र...
-
अर्थमन्त्री वाग्लेको अभिव्यक्तिप्रति एमाले सांसदकाे आपत्ति, स्पष्टीकरणा दिन माग
काठमाडौं । नेकपा (एमाले) ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदमा उठाइएका प्रश्नहरूको जवाफ दिने क्रममा विपक्षी सांसदहरूलाई लक्षित गर्दै दिएको...
-
जर्मनीले कुरासाओलाई ७–१ ले हरायो, जापान र नेदरल्याण्ड्सले बाँडे बराबरी अंक
काठमाडौं। २०२६ फिफा विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा जर्मनीले कुरासाओलाई ७–१ गोलअन्तरले पराजित गर्दै प्रभावशाली सुरुआत गरेको छ। ह्युस्टनस्थित बन्द रंगशालामा...
-
महोत्तरी प्रहरीको कडा अभियान, प्रहरी कार्यालय वरिपरि सक्रिय दलाल सञ्जालमाथि निगरानी बढ्यो
जलेश्वर । सरकारी कार्यालयहरूमा सेवाग्राहीको भीडसँगै बिचौलियाको चलखेल बढ्दै गएको गुनासो देशभरि सुनिँदै आएको छ। नागरिकले आफ्नै कामका लागि अनावश्यक...
-
फिफा विश्वकप २०२६: ब्राजिल र मोरक्कोले खेले १-१ को बराबरी
काठमाडौं । ब्राजिलले फिफा विश्वकप २०२६ को पहिलो खेलमा मोरक्कोसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको छ । फिफा विश्वकप...












