तीन दिनदेखि टेलिफोन सेवा अवरुद्ध, सरकारी अस्पतालमा औषधि पाइएन्
जाजरकोट ।
जिल्लाको मछाइनामा रहेको नेपाल टेलिकमको रिपिटर टावरमा चट्याङ पर्दा जाजरकोटको टेलिफोन सेवा अवरुद्ध भएको छ ।
चट्याङले तीन दिनअघि मछाइनमा रहेको जिएसएम नमस्ते र स्काइ प्रविधिको टावरमा क्षति पु¥याउँदा जाजरकोट टेलिफोन सेवाबाट बञ्चित भएको हो ।
मछाइनमा रहेको टावरले नै रुकुमको घेत्मा, जाजरकोट बारेकोट रतनकोट, नलगाड नगरपालिकाको गराइलालगायतका पाँच ठाउँमा रहेका टावरलाई रिले गर्दै आएको छ । रिपिटर टावरमा परेको चट्याङले त्यहाँ रहेको सोलार व्याट्री, अन्य उपकरणमा क्षति पुगेको नेपाल टेलिकम जाजरकोटका प्रमुख लोकेन्द्र भण्डारीले जानकारी दिए ।
दुई दिनदेखि प्राविधिक टोली कामका खटिए पनि टावर निर्माणको काम सफल नभएको उहाँले बताउनुभयो । शुक्रबार पनि टावरमा आएको समस्या निराकरण गर्न नसके नेपालगञ्जबाट थप जनशक्ति ल्याएर मर्मतकार्य गरिने भण्डारीले बताए ।
टावरले काम नगर्दा जिल्ला सदरमुकाम र गाउँगाउँमा रहेका स्थानीय सरकारको सम्पर्क टुटेको छ । मछाइनामा रहेको टावरमा बेलाबेलामा समस्या आउँदा यहाँका हजारौं स्थानीयवासीले सास्ती भोग्दै आएका छन् । निजी क्षेत्रका सञ्चार प्रदायक कम्पनीको जाजरकोटका गाउँगाउँमा सेवा विस्तार नहुँदा नेपाल टेलिकमको सेवामा नै भर पर्नु पर्ने बाध्यता रहेको छ ।
सरकारी अस्पतालमा औषधि पाइएन्
ठूलीभेरी नगरपालिका–६ माझपाल थर गाउँका इ गुरुङ जिल्ला अस्पताल डोल्पामा उपचारमा लागि दिनभरी हिँडेर पुगे ।
अस्पतालमा चिकित्सकले उनलाई जाँच गरेर औषधि किन्न स्थानीय मेडिकल पठाएपछि समस्यामा परेको बताए ।
टाउँको दुखेर हैरान भई उपचारका लागि अस्पताल आएका गुरुङले जिल्ला अस्पतालमा ७० प्रकारका औषधि निःशुल्क पाइन्छन् भनेको रेडियोबाट सुनेको भन्दै उनले भने, “अस्पतालमा औषधि छैन, भन्दै मेडिकलमा पठाए, मसँग औषधि किन्ने पैसा पनि थिएन, पल्लो दुनै गएर काका घरमा गई पैसा सापटी काडेर औषधि किनेको छु ।”
उहाँ जस्तै ठूलीभेरी नगरपालिका–११ का पदम कार्कीले श्रीमती बिरामी भएर उपचारका लागि जिल्ला अस्पतालमा ल्याएर जाँचपछि मेडिकलमै औषधि किनेर उपचार गरेको बताए । उनले भने, “सबै बिरामीलाई औषधि छैन, भन्दै स्थानीय मेडिकलमा पठाएको देखेँ, जाँच मात्र अस्पतालमा हुने तर औषधि मेडिकलमा किन्नुपर्ने कस्तो अच्चम्म रहेछ ।”
गुरुङ र कार्की औषधि किन्नुपरेको गुनासो गर्ने प्रतिनिधि पात्र हुन् । जिल्ला अस्पतालमा उपचारका लागि आउने अधिकांश बिरामी औषधि नपाएर मेडिकलमा किन्न बाध्य भएको गुनासो गर्छन् ।
करीब तीन हप्तादेखि डोल्पा अस्पतालमा औषधि अभाव भए पनि सरोकारवाला निकायले औषधि आपूर्ति गर्न पहल नगरेको स्थानीयको गुनासो छ ।
कर्णाली प्रदेश सरकारको मातहातमा भदौदेखि आएको जिल्ला अस्पतालले ठूलीभेरी नगरपालिकाबाट पनि सोचेजस्तो सहयोग नपाएको स्थानीयको भनाइ छ ।
Comments
अरु समाचार
-
भारतमा नाइट क्लबमा आगलागी ४ नेपालीसहित २५ जनाको मृत्यु !
काठमाडौं । भारतको गोवास्थित नाइट क्लबमा भएको आगलागीमा परी चार नेपाली नागरिकको समेत मृत्यु भएको छ । आइतबार बिहान भएको...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...
-
एनपिएलः आज खेल नहुने
काठमाडाैं । काठमाडाैंकाे कीतिर्पुर अवस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज कुनै खेल...
-
बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु, ससुरा गम्भीर
काठमाडौं । भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने...
-
थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप !
काठमाडौं । थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप भएको छ। गत जुलाईमा दुई देशका सेनाबीच सिमानामा ५ दिनसम्म आक्रमण प्रत्याक्रमण...
-
ढुङ्गाले लाग्दा स्काभेटर सहचालकको मृत्यु
काठमाडाैं । बागलुङको ताराखोला गाउँपालिका–५ मराममा आइतबार स्काभेटर चलाइरहेको बेला सडक माथिदेखि खसेको ढुङ्गाले लाग्दा सहचालक रोल्पाका १९ वर्षीय विशाल...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...
-
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
काठमाडाैं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...












